शिक्षा

सेवा सुविधा नपाएको भन्दै मुगुका राहात शिक्षक आन्दोलित, संर्घष कार्यक्रमको घोषणा

प्रदेश खबर, प्रदेश न. ६, शिक्षा, स्थानिय तह
शुभाकर विश्वकर्मा,मुगु । मुगु जिल्लाका सरकारी विद्यालयमा कार्यरत राहत दरबन्दीम्ाँ कार्यरत शिक्षकहरुले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । लामो समय देखि राहत दरबन्दिमा कार्यरत रहे पनि सरकारले विभिन्न सेवा सुविधाबाट बञ्चित गराएको भन्दै उनीहरुको आन्दोलित भएका हुन् । राज्यले राहत दरबन्दिका शिक्षक अन्यायमा परेको भन्दै संघर्षमा उत्रनु परेको उनीहरुले बताएका छन । अन्य शिक्षक सरह विद्यालयमा खटिए पनि पारिश्रमिक न्युन भएको , आन्तरिक शिक्षक सरह दुर्गम भत्ता उपलब्ध नगराएको, योग्यता पुगेका राहत शिक्षक कार्यरत विद्यालयमा प्रधानाध्यापक हुन पाउने व्यवस्था नभएको , पोषाक खर्च व्यवस्था नभएको तथा पायक पर्ने स्थानमा सरुवा गर्न नमिल्ने जस्ता विभेदकारी कार्य सरकारले गर्दै आएकाले आफुहरु संघर्षमा उत्रनु परेको राहत शिक्षक संघर्ष समितिले जनाएको छ । आफनो मागहरु समयमा नै पुरा नगरे आउदो वैशाख १ गते देखि विहान द
नेपाली सेनाद्धारा विद्यालय भवन निर्माण

नेपाली सेनाद्धारा विद्यालय भवन निर्माण

प्रदेश न. ६, शिक्षा, समाज, स्थानिय तह
जुम्ला ः तातोपानी गाउँपालिका ४ गिडिचौर स्थित गणेश आधारभुत प्रथामिक विद्यालयको दुई कोठे भवन निर्माण गर्न शुरु गरेका छन् । भगवती दल गणका नेपाली सेनाको टोलीले उक्त दुई कोठे भवन माघ ५ गते देखि निर्माण कार्य शुरु गरेको हो । दुई कोठे भवन निर्माण कार्यमा जम्मा ९ लाखको लागतमा नेपाली सेनाको २ लाख ५० हजार र बाँकी रकम गाउँपालिका र वडापालिकाको रहेको छ । यसै महिना भित्र निर्माण कार्यालय सम्पन्न हुने उक्त विद्यालयले जनाएको छ । भगवती दल गणका गणपति सुशिल थापाका अनुसार स्थानीय स्तरमा तत्काल प्रतिफल प्राप्त हुने परियोजना उक्त निर्माण कार्य शुरु गरिएको बताए । उनले भने आवश्यकता अनुसार नेपाली सेनाको जनशक्ति प्रयोग गर्ने गरिएको छ । विद्यालयको गज निर्माण गर्ने क्रममा ६० जना जति जनशक्ति प्रयोग गरिएको अहिले दैनिक २० जनाले काम गर्दै आईरहेका छन् उनले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा
शैक्षिक सत्र शुरु भइसक्दा पनि कर्णालीका कुनै जिल्लामा पुगेन पाठ्य पुस्तक

शैक्षिक सत्र शुरु भइसक्दा पनि कर्णालीका कुनै जिल्लामा पुगेन पाठ्य पुस्तक

प्रदेश न. ६, शिक्षा, स्थानिय तह
सागर परियार ः नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पाका बालबालिकाको हातमा किताब पुगेको छैन । फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिए । त्यसैगरी दुनै र फोक्सुण्डोको जिम्मा लिएका विष्णुलाल बुढाले पनि दुनैसम्म किताब पुर्याएका छन् । अर्का स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले आइतबारबाटै किताब वितरण हुने बताए । जिल्लाका विभिन्न क्षेत्रका लागि सातवटा स्थानीय एजेन्टले ढुवानी गर्ने भए पनि कति जनाले विद्यार्थीको हातमा किताब पारे भन्ने जानकारी नदिएको तर कार्यालय निरन्तर पहल
मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान आजबाट शुरु

मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान आजबाट शुरु

प्रदेश न. २, शिक्षा, समाज
काठमान्डौ ः माईती नेपालले मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ जनचेतना अभियान शुरु गरेको छ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखन बिरुद्ध गरौँ खबरदारी’ भन्ने मुल नाराका साथ आजबाट पश्चिम नेपालको कञ्चनपुरदेखि अभियान शुरु भएको हो । ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभियानको उद्घाटन गरेका हुन । अभियानको उद्घाटन गर्दै मन्त्री भट्टले ७ नम्बर प्रदेशलाई मानव बेचबिखन सुन्यतामा झार्ने घोषणा गरेका छन् । कानुन कडा बनाएर भएपनि बेचबिखन न्यूनिकरण गर्ने उनको भनाई छ । ‘बेचबिखनमा संलग्न कुनैपनि व्यक्तिलाई उत्मुक्ति दिदैन्, ‘मुख्यमन्त्री भट्टले भने, ‘दोषिलाई कानुनको दायरामा ल्याई छाड्छौँ ।’ मिलोमतोमा हुने मानव बेचबिखनमा अपराध क्षम्य नहुने बताउदै मुख्य मन्त्री भट्टले मानव बेचबिखन रोक्नका लागि सबैले प्रण गर्नुपर्नेमा जोडदिए । जनचेतनाको विकास नहुन्जेलसम्म बेचबिखनका घटना भईरहने, त्यसमा प्र

स्टेशनरीमा आगलागी लाखौँको क्षेति, पाठ्यपुस्तक भने सुरक्षित

प्रदेश खबर, प्रदेश न. ६, शिक्षा, समाज, स्थानिय तह
मानदत्त रावल जुम्ला ः चन्दननाथ नगरपालिका स्थित कार्कीमा रहेको जीपी स्टेशनरीमा आगलागी हुदा लाखौको क्षेति भएको छ भने सादायिक तथा निजि विद्यालयका पाठ्यपुस्तक भने जोगिएका छन् । निजि तथा सामुदायिक विद्यालयका पाठ्यपुस्तकको विग्रेता जीपी स्टेशनरीमा विद्युत सट भएर आगलागी हुदा स्टेशनरीका सामाग्री जलेर नष्ट भएका छन् भने पाठ्यपुस्तकहरु अर्काे नयाँ भवनमा स्टोर गरिएको हुनाले जल्नबाट जोगिएका हुन् । फागुन ७ गते विहान करिव ४ बजेतिर सामुदायिक विद्यालयको विग्रेता जीपी स्टेशनरीमा विद्युत सट् भएर आगलागी हुदा स्टेशनरीका सामाग्री जलेर नष्ट भएको जनाएको छ । जीपी स्टेशनरीका प्रोपाईटर गणेश रोकायाका अनुसार एक्कासी विद्युत सट भई प्रहरी घटना मुचुल्का अनुसार स्टेशनरीका सामाग्री करिव ४२ लाख ४९ हजार बराबरको क्षेति भएको छ । उनले भने अन्या सामाग्री जले पनि सामुदायिक तथा निजि विद्यालयका पाठ्यपुस्तक भने अर्काे नयाँ
शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेन

शैक्षिक सत्र सुरु भएपनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेन

प्रदेश खबर, प्रदेश न. ६, शिक्षा, स्थानिय तह
मानदत्त रावल जुम्ला ः हिमाली जिल्लाहरुमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि पाठ्यपुस्तक भने आएका छैनन् । हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, डोल्पा, हुम्ला लगायतका हिमाली जिल्लामाहरुमा फागुन देखि मंसिर सम्म विद्यालय संचालन हुने र पुस र माघ जाडो हुने भएकाले जाडो विदा हुने गर्दछ । सामुदायिक विद्यालय माघ २६ गते देखि संचालनमा आएपनि पाठ्यपुस्तक नपुगेका कारण विद्यार्थीहरु पुस्तक नलिएर विद्यालय जाने गर्दछन् । जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठका अनुसार प्रावि तह १ देखि ५ कक्षा सम्मको पाठ्यपुस्तक नेपालगज्जसम्म आईपुगेको छ भने अरु मावि तहसम्म पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीले केही जिल्लामा पुर्याएको र केही आउन बाँकी रहेको छ । उनले भने अहिल विद्यार्थीको हातमा पुगेको छैन फागुन दोस्रो सातासम्म पुग्ने छ । अहिले पाठ्यपुस्तकको रकम सवै स्थानीय तहमा गएकोले गाउँपालिका नगरपालिकाले विद्यालयमा
बालबालिकाकालाई शिक्षाको पहुचमा ल्याउन भर्ना अभियान

बालबालिकाकालाई शिक्षाको पहुचमा ल्याउन भर्ना अभियान

प्रदेश न. ६, शिक्षा, स्थानिय तह
मानदत्त रावल जुम्ला ः विद्यालय जाने उमेर समुहका बालबालिकालाई शिक्षाको पहुचमा ल्याउनका लागि जुम्लामा भर्ना अभियान सुरु गरिएको छ । नयाँ शिक्षिक सत्र सुरु भएपछि विद्यालय जाने सवै उमेर समुहका बालबालिकालाई विद्यालयका हाता भित्र ल्याउनका लागि भर्ना अभियान शुरु गरिएको हो । कर्णाली लगायत हिमाली जिल्लाहरुमा हरेक बर्ष फागुन महिना देखि नयाँ शैक्षिक सत्र सुरु हुने र मंसिर मसान्तसम्म शैक्षिक सत्र सम्पन्न भएर पुस माघ महिनामा जाडो विदा गरिन्छ । निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देवकोटाका अनुसार अझै पनि जुम्लामा २ दशमलब ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यलय जुम्लाले विद्यार्थी भर्ना अभियानको विषयमा सरोकारवाला निकायसँग छलफल गरी विद्यालयमा स्वागत तथा भर्ना अभियान सुरु छ । माघ २६ गते देखि फागुन १० गतेसम्म सवै उमेर समुहका बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन भर्ना अभियान
साथी बचाउन चिया बेच्दै विद्यार्थी

साथी बचाउन चिया बेच्दै विद्यार्थी

शिक्षा, समाज, स्थानिय तह, स्वास्थ्य
बिहिबार, १८ माघ २०७४ चरिकोट ः बुधबार बिहान सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको प्रतीक्षालयमा एक हुल विद्यार्थी चिया बेचिरहेका थिए। गाडीको प्रतीक्षा गरिरहेका र घाम ताप्न चोकमा जम्मा भएका पनि चिया पसलमा नगएर प्रतीक्षालयमा विद्यार्थीले दिएको चिया खाइरहेका थिए। एकै छिनमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले पनि सातदोबाटो चोक आए र चिया पिए। उनले चिया पिएनन् मात्र, सबैलाई पिउन आग्रहसमेत गरे। सदरमुकाम चरिकोटस्थित गौरीशंकर बोर्डिङ स्कुलका पूर्व्विद्यार्थी १४ वर्षीय मदन केसीलाई बचाउन विद्यार्थीले चिया बेचिरहेका हुन्। ब्लड क्यान्सरबाट पीडित साथीलाई बचाउने उद्देश्यले चिया बेचेको उनीहरूले बताए। चिया बेचेरै बुधबार मात्र ५७ हजार नौ सय ६५ रुपैया संकलन गरिएको विद्यार्थी आशिष चौलागाईंले जानकारी दिए। साथीलाई परेको दुःखमा सघाउन आफूहरूले विद्यालय छाडेर चोकमा चिया बेच्न लागेको बताउँदै उनीहरूले सबैलाई सहय
थन्किए मानवअधिकार आयोगका सिफारिस, दोषीलाई उन्मुक्ति

थन्किए मानवअधिकार आयोगका सिफारिस, दोषीलाई उन्मुक्ति

शिक्षा, समाज
बुधबार, १७ माघ २०७४ काठमाडौं ः मानवअधिकार उल्लंघनका गम्भीर अपराधमा छानबिन गरी दोषीलाई दण्ड दिन राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिस १७ वर्षसम्म थन्किएका छन्।आयोगले हत्या, बेपत्ता, अपहरण, यातना र बलात्कारजस्ता अपराधमा सजायका लागि किटानीसहित सरकारसमक्ष सिफारिस गरेको छ। राज्यबाट पीडित पक्षलाई आंशिक क्षतिपूर्ति दिए पनि दोषीलाई फौजदारी कारबाहीको दायराबाट उन्मुक्ति दिँदै आएको छ। आयोगबाट भएका गम्भीर प्रकृतिका सिफारिसमा दोषीलाई सजाय नहुँदा उल्टै अपराधीको मनोबल बढेको छ। यता, स्वतन्त्र आयोगको संवैधानिक हैसियतमा समेत प्रश्न उठेको छ। आयोगले यो अवधिमा नौ सय २७ वटा सिफारिस गरेको छ। कानुनी कारबाहीका आठ सय ५६ र सुधारका लागि ७१ वटा सिफारिस भएका छन्। यी सिफारिसमध्ये अपराधीलाई एउटै कारबाही भएको छैन। ‘दण्डहीनता एउटा ठूलो चुनौतीका रूपमा छ। मानवअधिकार उल्लंघनमा दोषी देखिएका तथा अदालतबाट दोषी ठह
‘कान्छी’को ‘चरी चट्ट’ १ करोड पटक हेरियो (भिडियोसहित)

‘कान्छी’को ‘चरी चट्ट’ १ करोड पटक हेरियो (भिडियोसहित)

प्रदेश खबर, मनोरञ्जन, शिक्षा, समाज, साहित्य, सुचना/प्रविधि
चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ । तर, यो चलचित्रको गीत भने हिट भैसकेको छ । लोकलयमा आधारित चलचित्रको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत १ करोड भन्दा बढी पटक हेरिएको छ । चलचित्र रिलिज अगावै गीतसंगीतले यस्तो लोभलाग्दो सफलता कमै मात्र पाउँछन् । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । यो गीतमा चलचित्रका मुख्यकलाकार दयाहाङ राई, स्वेता खड्का, अनु शाह र भूमिका श्रेष्ठलाई फिचरिङ गरिएको छ । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रको गीत हिट भएपछि नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले, चलचित्रको गीतका कारण पनि व्यापारमा फरक पर्ने बताइन् । यो गीतको भिडियोमा बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । https://www.youtube.com/watch?time_continue=1&v=iPCQmI5yTGE