शिक्षा

जुम्लामा चैत १० देखि १६ गते सम्म ‘लकडाउन’,सय बेडको क्वारेन्टाईन स्थल तयार गरिदै

जुम्लामा चैत १० देखि १६ गते सम्म ‘लकडाउन’,सय बेडको क्वारेन्टाईन स्थल तयार गरिदै

शिक्षा, समाज, स्वास्थ्य
सागर परियार जुम्ला ।  विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाईरस रोगथामको पूर्वतयारीका लागि जुम्लामा एकहप्ता सम्म जनता कफुयू ‘लकडाउन’ गरिने निर्णय गरिएको छ । आईतबार बसेको विपद व्यवस्थापन समितिको बैठकले चैत १० देखि १६ गते सम्म जुम्लामा ‘लकडाउन’ गरिने निर्णय गरेको हो । अत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक हप्ताका लागि ‘लकडाउन’ नीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आबश्यक रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मंगल रावलले कोरोना संक्रमरणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताए । उनले भने, आईतबारनै जुम्ला विमानस्थल तथा नाग्म जुम्लाको सिमाना नाग्ममा हेल्थडेक्स स्थापन
खस भाषा संरक्षण अभियान : नेपाली भाषाको जननी जोगाउने जमर्को

खस भाषा संरक्षण अभियान : नेपाली भाषाको जननी जोगाउने जमर्को

शिक्षा, समाज
जुम्ला चन्दननाथ नगरपालिका–१ का रमानन्द आचार्यको एक दशकको प्रयासले सार्थकता पाउँदै छ । ३५ हजार शब्दसहितको खस भाषाको शब्दकोश बजारमा ल्याउने तयारीमा छन्, उनी । ७५ वर्षीय आचार्य पूर्वशिक्षक हुन् । भन्छन्, ‘आफ्नो जीवनकालमै शब्दकोश तयार पार्ने लक्ष्य पूरा हुँदै छ ।’ प्राचीन खस राज्यको आधिकारिक भाषा खस वर्तमान नेपाली भाषाको जननी पनि मानिन्छ । डोटेली, बैतडेली, अछामी, दैलेखी, बझांगी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेलधुरी र गढवाली भाषाको जन्म पनि खसबाटै भएको मानिन्छ । पछिल्ला वर्षमा यो प्राचीन भाषा जोखिममा परेको छ । त्यसैले कर्णाली प्रदेशमा यो भाषाको संरक्षणलाई अभियानकै रूप दिने प्रयास सुरु भएको छ । त्यसैको एक अंग हो, पूर्वशिक्षक आचार्यले तयार पारेको शब्दकोश पनि । जुम्लाको सिँजा उपत्यकालाई खस भाषाको उद्गम थलो मानिन्छ ।  खस भाषामा पाठ्यपुस्तक कर्णालीका स्रष्टाले त खस भाषा संरक्षण अभ
कोरोना बिरुद गाउँगाउँमा सचेत जोगाउँदै पातारासी गाउँपालिका

कोरोना बिरुद गाउँगाउँमा सचेत जोगाउँदै पातारासी गाउँपालिका

शिक्षा, स्वास्थ्य
सागर परियार । पातारासी गाउँपालिकाले नोवल कोरोना भाईरसबाट त्रसित नहुन तथा संक्रमण हुनबाट बच्न गाउँगाउँमा सचेतना अभियान संचालन गरेको छ । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोनाबारे नागरिकलाई सचेत गराउन गाउँगाउँमा अभियान चलाईएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । उनका अनुसार पहिलो दिन बिहिवार गाउँपालिकाको पूर्वमा पर्ने १,२, र ३ वडाका तल्फी, परे, छुमचौर लगायतका गाउँमा कोरोना भाईरसबाट बच्ने उपायका बारेमा सिकाईएको छ । कोरोनाबाट वचन तथा बचाउन सम्पुर्ण तयारी तिब्र भैईरहेको अध्यक्ष बोहोराको दाबी छ । पालिकाभरीका ७ वटै वडाका करिब २७ वटा गाउँ बस्तीमा पुग्ने गरि अभियानै संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताए । स्वास्थ्यकर्मि सहितको टोली लिएर गाउँगाउँ सर्वसाधारणहरु कोरोनाबाट बच्ने उपाय तथा यसको मनोबैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत गरिएको बु
भैरब माबि नराकोटको डकुमेन्ट्री सार्वजनिक

भैरब माबि नराकोटको डकुमेन्ट्री सार्वजनिक

शिक्षा
जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकामा रहेको भैरब माध्यमिक बिध्यालय नराकोटको बृत्तचित्र सार्बजनिक गरिएको छ । २०१७ सालमा स्थापना भएको भैरब माध्यमिक बिद्यालयमा अहिले कक्षा १–१२, १५ महिने कृषि जेटिए र ३ बर्षे वाली बिज्ञानको पठान पाठन भईरहेको छ । यस बिद्यालयले गरेका उपलब्धी, हालको शैक्षिक वातावरण विभिन्न सुबिधाको वर्णन डकुमेन्ट्रीमा देखाइएको छ । पत्रकार मोहन बिक्रम शाहीले छायांकन र निर्देशन गरेको डकुमेन्ट्रीको विहिबार भैरब मावि नराकोटमा अबिभाबक, बिद्यार्थी र जनप्रतिनिधिको उपस्थितिमा सार्वजनिक गरिएको हो । सिजा गाउँपालिका सामाजिक शाखा प्रमुख नवीन शर्माले डकुमेन्ट्री बिद्यालय क्षेत्रमा बनाईएको यो डकुमेन्ट्री कर्णालीकै पहिलो प्रयास भएकाले बिद्यालय प्रति सरोकारवाला सबैको जिम्मेवारी थप बढेको बताए । करिब चार लाख रुपैयाँ खर्चमा बनाईएको डकुमेन्ट्रीमा बिद्यालयको भौगोलिक वातावरण प्रस्ट देखाइनुका सा
एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

शिक्षा
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि  उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् । एसइईको परि
एसइई परीक्षा ः जुम्लामा एक मात्र महिला केन्द्राध्यक्ष

एसइई परीक्षा ः जुम्लामा एक मात्र महिला केन्द्राध्यक्ष

शिक्षा
जुम्ला ः चैत ६ देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि जुम्ला जिल्लामा एक जना मात्र महिला केन्द्राध्यक्ष नियूक्ति भएकी छन् । एक नगरपालिका सहित सात गाउँपालिकामा कुल १६ वटा परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्दाध्यक्ष नियूक्त गरिएको जिल्ला परीक्षा समन्वय समितिका सदस्य सचिव तथा शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । चन्दननाथ माध्यामिक विद्यालयका मावि शिक्षक समृता बुढालाई जनता माध्यामिक विद्यालय महतगाउँ परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियूक्त गरिएको उनले बताए । माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८(संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यामिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापक तथा शिक्षकलाई नै केन्द्राध्यक्ष नियूक्ति गर्ने प्रावधान रहेको छ । जनता माध्य
एसइई परीक्षा हलमा मोवाइल निषेध

एसइई परीक्षा हलमा मोवाइल निषेध

शिक्षा
जुम्ला ः आगामी ६ चैत देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) हलमा मोवाइल निषेध गरिने भएको छ । मोवाइल, इमेल इन्टरनेट, सामाजिक सञ्जालबाट प्रश्न पत्र बाहिरी सम्भावना बढी भएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा हलमा मोवाइल निषेध गर्ने निर्णय गरेको हो । सोमबार जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको संयोजकत्वमा बसेको बैठक तथा केन्द्राध्यक्षलाई अभिमुखिकरण कार्यक्रममा एसइइ परीक्षा हलमा मोवाइल निषेध गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए । उनले भने परीषालाई मर्यादित बनाउनका लागि यस्तो समितिले यस्तो निर्णय गरेको हो । कतिपय बिद्यालयका सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएको छ भने कतिपय केन्द्रमा अन्य बिद्यालयका प्रधानाध्यापक तथा मावि शिक्षकलाई केन्द्राध्यक्
राष्ट्रिय परिचयपत्र व्यवस्थापन बारे छलफल

राष्ट्रिय परिचयपत्र व्यवस्थापन बारे छलफल

शिक्षा, समाज
हस्त बुढा, जुम्लामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यहाँका आठै स्थानीयतहका प्रमुख, नागरिक समाज,प्रहरी प्रशासनको सहभागितामा अन्तरक्रिया गरिएको हो । देशका १५ जिल्ला सहित जुम्लामा पनि राष्ट्यि परिचय पत्रका लागि विवरण संकलन तथा वितरण कार्यलाई अघि बढाउने तयारी स्वरुप आबश्यक व्यवस्थापनका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । १८ वर्षदेखि माथिका हरेक नागरिकलाई राष्ट्यि परिचय पत्रको पहुँचमा ल्याउन सरकारले तिव्र गतीका साथ परिचय पत्र वितरणलाई अघि बढाइरहेको राष्ट्यि परिचय विभागका सुमित्रा पोखरेलले बताइन् । उनका अनुसार एक दिनमा एक क्याम्पबाट दुई जनाको दरले ४० जनाको परिचयपत्र बनाउने तयारी रहेको छ । परिचयपत्रमा व्यक्तिको तिन पुस्ते विवरण सहित सहज तथा स्मार्ट कार्डका रुपमा यसलाई प्रयोग गर्न सकिने छ ।
बाल समृद्धि बहस ः बालबालिका केन्द्रीत पत्रकारितामा जोड

बाल समृद्धि बहस ः बालबालिका केन्द्रीत पत्रकारितामा जोड

शिक्षा
हस्त बुढा जुम्ला । जुम्लाका पत्रकारले बालबालिका सगं सम्बन्धीत विषयबस्तुलाई विशेष प्रथामिकता दिएर समचार सम्प्रेरण गर्नुपर्नेमा जोड छन् । बालबालिकाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लगानी भएपनि अपेक्षा अनुसार उपलब्धी हुन सकेको छैन् । अहिले पनि बालमजदुर, विद्यालय क्षेत्र बाहिर जाने बाललिका समुदायमा धेरै छन् । कापी कमल बोक्ने अबस्थामा हातमा हथौडा समात्ने बालबालिका पनि धेरै छन् । उनिहरुलाई संविधानले दिएको अधिकार अनुसार शिक्षा, स्वास्थ्यको अधिकार प्रत्याभुतिका लागि पनि पत्रकारहरुले बालबालिका विषयबस्तुलाई प्रथामिकता दिनुपर्ने देखिन्छ । जुम्लामा शुक्रबार आयोजित बाल समृद्धीका लागि पत्रकारहरुको भुमिका विषय अन्तरक्रियामा बाल समृद्धीका लागि बालमैत्री पत्रकारितामा जोड दिनुपर्ने निष्कर्ष आएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा विगत तीन वर्षदेखि काम गर्दै आएको किर्डाक नेपाल
पाठ्यपुस्तक उपलव्ध गराउन अन्तरिम आदेश जारी

पाठ्यपुस्तक उपलव्ध गराउन अन्तरिम आदेश जारी

शिक्षा
जुम्ला : कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लामा शैक्षित्र सत्र सुरु भएको तेस्रो सातासम्म विद्यालयमा पाठ्यपुस्तक नपुगेको नेपालको संबिधानको धारा ४६÷१४४(१)(२) बमोजिम परमादेशको आदेश जारी गरीपाउँ भनि परेको रिटमा उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायधीश राकेश कुमार निधिको एकल इजलासले पाठ्यपुस्तक उपलव्ध गराउन अन्तरिम आदेश गरेको छ । पाठ्यपुस्तक अभावले बालबालिकाहरुको भविश्य माथि नकारात्मक प्रभाव पर्ने र संविधानले प्रत्याभूत गरेको शिक्षा सम्बन्धी हक कुण्ठित हुन जाने हुदा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लाका विद्यार्थीको निशुल्क उपलव्ध गराउनु पर्ने पाठ्यपुस्तकहरुको अभावमा अध्ययन अध्यापनमा कठीनाई नहुने गरी विपक्षीहरुले आपसमा समन्वय गरी यथाशिघ्र सम्वद्ध पाठ्यपुस्तक उपलव्ध गराउन भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तर