मनोरञ्जन

माग २० देखि जुम्लामा चलचित्र ‘कचहरी’ प्रर्दशन हुँदै

माग २० देखि जुम्लामा चलचित्र ‘कचहरी’ प्रर्दशन हुँदै

मनोरञ्जन, साहित्य, स्थानिय तह
नन्दराम जैसी जुम्ला । आउँदो माग २० गतेदेखि जुम्लामा कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत कथानक चलचित्र ‘कचहरी’ को च्यारीटी सो शुरुहुने भएको छ । चलचित्रको छायांकनपछि निर्माण कार्य सम्पन्न भएकाले जुम्लामा करीब एक हप्तासम्म च्यारीटी सो हुने पावर मुभिज प्रोडक्सन प्रा.लिले जनाएको छ । प्रा.लि द्धारा जिल्लामा शुक्रबार गरीएको पत्रकार सम्मेलन मार्फत एक हप्तासम्म प्रर्दशन हुने च्यारीटी सो का अवसरमा चलचित्र हेर्ने मौका नगुमाउन सबैलाई आग्रह गरीएको छ । चलचित्रको कथा, बिषयबस्तु र लोकेसनका आधारमा गतबर्ष पुस ५ गतेदेखि छाँयांकन शुरु भएको थियो । भने केहि दिन अघि मात्र निर्माण कार्य सकिएको छ । पावर मुभिज प्रोडक्सन प्रा.लि का अनुसार केहिदिनपछि चलचित्रको टेलर समेत सार्वजनिक हुने भएको छ । त्यस्तै जिल्लाका हरेक स्थानिय तहमा चलचित्र प्रर्दशन गर्ने तयारी भैरहेको छ । जिल्लाको ४० बर्ष पुरानो कला संस्कृतिको अवस
हामी सिजाली बोलको गित सार्वजनिक

हामी सिजाली बोलको गित सार्वजनिक

मनोरञ्जन
जुम्ला ः सिजा गाउँपालिकाका मोहन विक्रम शाहीको शब्द तथा लय संकलनमा हामी सिजाली बोलको गित बजारमा आएको छ । शब्द तथा लय संकलनका धनी शाहीले शनिबार जुम्लाको सदरमुकाम खलंगामा पत्रकार भेटघाट कार्यक्रम गरी उक्त गितलाई सार्वजनिक गरेका हुन् । सिजा सव्यताको विशाल इतिहासलाई गितका माध्यमबाट चिनाउनु पर्छ भन्ने उद्देश्यका यहाँका इतिहास झल्काउने शब्दहरु संकलन गरेर बजारमा हामी सिजालीको बोलको गित ल्याएको उनले बताए । अहिले अध्ययन भन्दा पनि गित संगितका माध्यमबाट सबैमा छिटोछरितो खबर पुग्ने भएकाले यहाँका स्थानीय कलाकार, भेषभुषा, रैथाने बाली उत्पादन र पर्यटकिय गन्तव्यलाई चिनाउन यो गितको महत्वपुर्ण भुमिका रहेको कलाकार शाहीले बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष नेत्रबहादुर शाहीका अनुसार अहिले नेपाल सरकारले सिजा सव्यतालाई पर्यटकिय गन्तव्यको रुपमा सुचिकृत गरेको छ । यो गितले पनि सिजाको इतिहास
मन्लाग्दी गर – गजल

मन्लाग्दी गर – गजल

मनोरञ्जन, लेख/विचार, साहित्य
जन नेता व्यथा बन्यौ, लौ मन्लाग्दी गर साथि । जन्ता भोकै मरे मर्लान्, आफ्नो भूडि भर साथि ।। तलब भत्ता वाइक गाडी, तिमीलाई नै चाहिने भयो । सोझा गरिब जनतालाई, लगाउदै जाऊ कर साथि ।। न त तिम्रा बाले सके, न त तिमी किन्न सक्थ्यौ । निशुल्क बाइक गाडी पाछौ, भवसागर तर साथि ।। जनताको सम्पति छ, तिम्रो बा को बिर्ता हैन । स्वदेश बिदेश घुम्न जाऊ, फ्री पाइने छर साथि ।। तलदेखि माथिसम्म, च्यानल आफ्नै मिला हौला । घुस खान भ्रष्ट बन्न, तिम्लाइ के को डर साथि ।। डोजर किन्नु ट्याक्टर किन्नु, बिकास गर्ने वाहनामा । जन्ता ठगी आनुदानु, आफ्नै गोजि भर साथि ।। एक छाक टार्न एक जोड लाउन, हम्मे हम्मे थियोे तिम्लाइ । मामाको धन फूपू श्रद्धा, मोज मस्ती गर साथी ।। मामा भान्जा साला साली, अरु अरु नातागोता । ठेक्का पट्टा अनि जागिर, आफ्नै मान्छे भर साथि ।। कति बाड्यौ झुटा आशा, चुनाव हुँदा जनतालाई ।
अप्सरा हुन् कि रारा

अप्सरा हुन् कि रारा

मनोरञ्जन, साहित्य
  हेर्दै जाँदा जगत दुनियाँ, वेदना भूल्छ सारा लेटेकीछिन् सुरम मुगुमा, अप्सरा हुन् कि रारा निलो पानी टिलपिल गरी, देखिने कुण्ड कस्तो छल्का सुन्दा छमछम गरी, नाचने ताल जस्तो ह्ेर्दा लाग्ने गगन यसमा, एक चांैटो खसेको हेला लाग्ने हृदय बिचमा, थप्प आई बसेको डाँडा काँडा वरपर यही, ती परी नागवेली लाग्छिन् रारा हृदय सबका, स्वर्गकी हुन् कि चेली डाँफे याँही रनवन उडी, गाउ“ने मिष्ठ गाना नाच्ने सारा मृग पशुहरू, जीवका जाति साना फूलै फुल्दै मगमग गरी, बास छर्ने वनैमा तान्ने साहै्र हृदय सबका, छाप राखी मनैमा टिप्दै उन्दा कुशुम वनका, बन्छ माला गलैमा पौड्ने याँही असल असला, जीव कैँयौ जलैमा कालो भालू मृग र चितुवा, खेलने कश्तुरीको देख्दा हट्छन् विरह मनका, हो कि स्वर्गैपुरी यो सन्ध्यामा ती टिलपिल गरी, देखिने जुनतारा लोभ्याऊने मनहरु सबै,अप्सरा हुन् कि रारा ह्ेरी कल्यै पनि
मखमली फुलेका छन्

मखमली फुलेका छन्

मनोरञ्जन
गोर धौली सयपत्री, मखमली फुलेका छन् । गाम बेसीका खेतभरी, मार्सिधान झुलेका छन् ।। शुभ आशिष बाडिकन, नाता दरो बनाएर, दिदि बहिनी दाजुभाईका, हृदय पो खुलेका छन् ।। मनभरी रहर बोकी, सारा युवा युवती नि, देउसी भैलो खेल्दै रम्दै, गाउँवस्तिमा डुलेका छन् ।। जिन्दगीको यात्रामा, दुख पिडा भए पनि, मन भरिका वेदनालाई, फेरि चट्टै भुलेका छन् ।। दाजु भाइ दिदी बहिनी, आफ्नतजन संगै वसी, उत्साह र उमङ्गले, मन भित्र डुलेका छन् ।। शुभ शुभ कामनाका, फेस्बुक सेयर गर्दा गर्दै, आफ्नतजन सवैतिर, सवैका मन डुलेका छन् ।। दाजु भाईका बैह्री दुस्मन, सारा सारा भस्म होउन्, गाढा गाढा पृतिकाफुल, मनैभरी फुलेका छन् ।। रमेश क्षेत्री, कन्कासुन्दरी गाउँपालिका ३, गौरी जुम्ला)
धनसिंह थापाको दशै कोसेली ‘नरोउ मेरी आमा’ सार्वजनिक (भिडियो-सहित)

धनसिंह थापाको दशै कोसेली ‘नरोउ मेरी आमा’ सार्वजनिक (भिडियो-सहित)

मनोरञ्जन, साहित्य
नन्दराम जैसी, जुम्ला । गितकार धनसिंह थापाले नेपालिहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलिको अवसरमा सारा नेपालिलाई रुवाउने तथा सबैको मन छुने दशै विषेश गित सार्वजनिक गरेका छन् । गितकार थापाले हालै मात्र ‘नरोउ मेरी आमा’ बोलको दशै गित बजारमा ल्याएका हुन् । जुन गितले परदेशी छोराको पीडामा तड्पिएकी हजारौं आमाको यथार्थ कथा झल्काउँछ । यो गीतमा गरिबी र बेरोजगारीको कारण एउटा युवक छोराले सबै घर परिवार छोडेर खाडी मुलुकमा खुन पसिना बगाउनु परेको, घरमा बुढी आमा छोडेर गएको छोराले आफ्नो पिडा मनमा लुकाएर आमालाई मेरो पिर चिन्ता नमान्नुहोस, धन ल्याउला सुखी जीवन बिताउला आमा भनेर सम्झाई राखेको जस्ता धेरै मर्मस्पर्शी भाव समेटिएका छन् । यो गितमा संगीत पदम रोकायाले गर्नुभएको छ, भने स्वर चर्चीत जनप्रेमी गाएक बद्री पंगेनीको रहेको छ । साथै अभिनय लक्ष्मी गीरी, उत्तम केसी, पदम रोकाया र लोकराज थापाले गरेका छन् ।
नरेश पातलिको ‘गर्लफ्रेन्ड ‘ सार्बजनिक (भिडियो सहित)

नरेश पातलिको ‘गर्लफ्रेन्ड ‘ सार्बजनिक (भिडियो सहित)

मनोरञ्जन
काठ्माडौ । नेपाल आइडल दोश्रो सिजनमा बेसुरको गित गाएर भाइरल भएका नरेश पातलिको स्वरमा आइ ह्याब अ गर्लफ्रेन्ड बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । बादल घिमिरेको शब्द रचना साथै संगीतमा पातलिले स्वर दिएका छन् । श्याम स्वयत रसाइलिको मिक्सिंग रहेको गीतलाई कृष्ण बिकले एरेन्ज गरेका छन् । हेर्नुस रमाइलो भिडियो https://www.youtube.com/watch?v=Y3HsnNg1jw4 सार्बजनिक म्युजिक भिडियोमा नरेश पातली र जसोदा कार्कीको रोमान्स छ भने अर्को जोडी बादल घिमिरे र सिवानी कार्कीको छ । साथै अन्य डान्सरहरुको पनि दमदार नृत्य देख्न सकिन्छ । किरण केसी को निर्देशनमा निर्मित उक्त्त म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ति क्सिले सम्पादन गरेका छन् ।
पढाइ सँगै सांगीतीक यात्रामा रहेका गायक क्षीतीजको नँया गित सार्वजनिक (भिडियो सहित)

पढाइ सँगै सांगीतीक यात्रामा रहेका गायक क्षीतीजको नँया गित सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन
रमन न्यौपाने, सुर्खेत । गायक मोहन क्षीतीज अछाम जिल्लामा जन्मियर काठमाडौमा पढाइ सँगै आफ्नो सांगीतिक यात्रालाई पनि अगाडि बढाई रहेका छन् । क्षीतिजले पछिल्लो समय औसीको रात बोलको गित हालैमात्र बजारमा ल्याएका छन् । यो गितसँगै उनको तेस्रो गित बजारमा आएको हो । गितमा चन्द्रलाल तामाङको शब्द मनोज चौलागाईको संगीत र क्षीतीजको स्वर रहेको छ, भने यो गित बुढा सुब्बा डिजिटल प्रा.लिले सार्वजनिक गरेको हो । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका थिए । पढाइ सँगै आफ्नो संगीतिक यात्रा अगाडि बढाएका क्षीतीज स्नातकोत्तर (भौतिक शास्त्र) मा अध्नरत छन् । २०६८ सालमा गित संगीत क्षेत्रमा प्रवेश गरेका क्षीतिजले पहिलो पटक मेरो देशको झन्डा बोलको गितमा आफ्नो स्वर दिएका थिए । मादब खरेको शब्द र मनोज चौलागाईं को संगीत रहेको उक्त गितले उत्कृष्ट राष्ट्रिय भाबको गित रुवरुप २०१५ को म्युजिक अवार्ड हात पार्न पनि सफल भयको थियो ।
गायक रोशन सिङ्गको, नाच माया तिजगितले बजार तताउँदै (भिडियो सहित)

गायक रोशन सिङ्गको, नाच माया तिजगितले बजार तताउँदै (भिडियो सहित)

प्रदेश खबर, मनोरञ्जन
रमन न्यौपाने सुर्खेत । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा तिज गितको निकै रमझम देखिन थालेको छ । विभिन्न गायक, गायिकाको स्वरमा सार्वजनिक भएका तिज गितहरुले दर्शक, स्रोताहरुको ध्यानाकर्षण गरीरहेका छन् । गायक, गायिकाको अपेक्षा अनुसार हरेक बर्ष सार्बजनिक हुने सबै तिज गितले बजारमा ठाँउ पाउन तथा सबैको मन जित्न नसकेकै कारण कतिपय गितमा भएको लगानी बालुवामा पानी खन्याएझै नभएको पनि होईन । तर यसैबिच गायक रोशन सिङ्गको नाच माया बोलको तिज गित बजारमा आएपछि अहिले निकै चर्चामा छ । तिज आउन धेरै दिन बाँकि रहँदा पनि रोशन सिङ्गको नाच माया बोलको गित सुन्दा समुह तथा ब्यक्तिगत रुपमा दर्शकहरु नाच्न थालेका छन् । गित सुन्दा मिठो स्वर, मिठो लय, शब्दले नै सबैलाई नाचुनाचु लाग्छ । गितमा गायक रोशन सिङ्ग र गाईका सम्झना मगरको स्वर रहेको छ, भने सविना लामाको शब्द र रोशन सिङ्गकै संगीत रहेको छ । गितमा र
करिश्मा मानन्धर ः उमेर पचपन, पहिरन बचपन

करिश्मा मानन्धर ः उमेर पचपन, पहिरन बचपन

मनोरञ्जन, लेख/विचार, साहित्य
करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन्। केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन्। १६र१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ। उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको। जथाभावी बोलेर स्थानीय चुनावका समयमा आफ्नै अल्पज्ञान प्रस्तुत गरेकी थिइन्, मंगलबार आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएर अर्को जात्रा गरिन् । पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो। उनले लगाएको लुगा तल छोप्दा माथि ह्वाङ्ग देखिन्थ्यो भने माथि छोप्दा तल