स्वास्थ्य

अनशनरत डा. केसीले स्वास्थ्य जाँच गर्न मानेनन्

अनशनरत डा. केसीले स्वास्थ्य जाँच गर्न मानेनन्

Banner News, स्वास्थ्य
जुम्ला : अनशनरत डा. गोविन्द केसीले धर्मशालाबाट अस्पताल ल्याएपछि कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन् । आफ्नो इच्छाविपरीत चन्दननाथ नगरपालिका– ६ रानीचौरको मन्दिरको धर्मशालाबाट अस्पताल ल्याएकोले कुनै पनि स्वास्थ्य जाँच गर्न नमानेको उनकाे उपचारमा खटिएका चिकित्सक प्रवीणकुमार गिरीले बताए । अनशनरत डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकको सुझाबको आधारमा प्रहरी शनिबार राति १०:४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा राखिएको हो । चिकित्सक गिरीले भने, ‘शनिबारसम्म दिनको तीनपटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौँ । तर, अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन ।’ प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्र, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न नसकिएको उनले बताए । उनका अनुसार रगतमा चिनी
डा. केसीको अभियानप्रति साझा पार्टीको समर्थन, सुरक्षित स्थानमा सार्न माग

डा. केसीको अभियानप्रति साझा पार्टीको समर्थन, सुरक्षित स्थानमा सार्न माग

समाज, स्वास्थ्य
जुम्ला ः साझा पार्टीले डा. केसीको नागरिकमुखि अभियान प्रति समर्थनसहित एक्यवद्धता जनाउदै तुरुन्त सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न माग गरेको छ । साझा पार्टीका सातै प्रदेशको प्रतिनिधि डा. केसीको अनसनरत स्थल जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका – ६ रानीचौरको मन्दिरको धर्मशालामा पुगेर यस्तो माग गरेको हो । डा. केसीका जनमुखि माग र उनको स्वास्थ्य अवस्थाका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराउदछौँ साँझा पार्टीका कर्णाली प्रदेश सदस्य सुर्यदिप रेग्मीले भने । डा. केसीसँग १८ औँ पटक सरकारले सम्झौता ग¥यो तर उहाँका माग सम्बोधन नभएपछि १९ औँ पटक अनसन बस्न बाध्य हुनु भएको हो । समतामूलक, भ्रष्टाचारसहित र न्यायपूर्ण समाजका लागि राखेका मागहरु आफुलाई समाजबादी भन्ने कम्यूनिष्ट सरकारको आफ्नै एजेण्डा हुनु पर्ने हो । तर विडम्वना सामान्य अवस्थामा होस या कोभिडको असामान्य अवस्थामा, सरकार भष्टचार,
संविधान दिवसको अबवरमा कोभिड फन्टलाईनरलाई सम्मान

संविधान दिवसको अबवरमा कोभिड फन्टलाईनरलाई सम्मान

स्वास्थ्य
जुम्ला ः पाँचौ संविधान दिवसको अवसरमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । यहाँको चन्दननाथ नगरपालिकाले संविधान दिवसको अवसरमा सम्मानपत्रसहित दोसल्लाह ओडाएर स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल जुम्लाका रजिष्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशष्क डाक्टर मंगल रावल, डाक्टर धिरज गुरुङ रहेका छन् । त्यसैगरी जनस्वाथ्य सेवा कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रेम सोमाई, आयूर्वेद डाक्टर प्रतिभा शर्मा सम्मानित भएका हुन् । चन्दननाथ नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरिक्षक क्षेत्रबहादुर महत लगायत नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । नगरप्रमुख कान्तिका सेजुवालले आधारभूत नागरिक अधिकार नागरिकताको विवाद पनि अहिलेसम्म सम्बोधन भएको छै
सत्याग्रहको पाँचौं दिनःडा.केसीको स्वास्थ्य खस्कीदै,समर्थमा हस्तारक्षर संकलन अभियान

सत्याग्रहको पाँचौं दिनःडा.केसीको स्वास्थ्य खस्कीदै,समर्थमा हस्तारक्षर संकलन अभियान

स्वास्थ्य
जुम्ला । चिकित्सा शिक्षा सुधार संगै कर्णाली  विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ । डा. केसी १९ औ सत्याग्रह तथा अनसनको आज पाँचौ दिन भयो । उहाँको अवस्था बिग्रदै गएकाले शुचेच्छुक तथा सहयोगीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । डा. केसीको मुटुको धडकन बढ्नु, श्वास प्रश्वासमा समस्या देखी विभिन्न समस्या हुन थालेका स्वास्थ्यकर्मीहरुले बताएका छन् । जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको धर्मशालामा अनसन शुरु गर्नुभएको डा. केसीको जीवन रक्षाका लागि भन्दै राजनैतिकदलहरुले समेत समर्थन गर्ने काम शुरु भएको छ । अनसन स्थलमा हस्ताक्षर अभियान समेत शुरु गरिएको समर्थक प्रज्वल महतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस सहितक
डा. केसीको १९ औँ सत्याग्रह जुम्लाको बाबिरा मन्दिरमा सुरु

डा. केसीको १९ औँ सत्याग्रह जुम्लाको बाबिरा मन्दिरमा सुरु

स्वास्थ्य
जुम्ला : चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले आफ्नो १९औँ सत्याग्रह जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ सत्याग्रह सुरु भएको हाे । सत्याग्रहमा बस्नुअघि डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध जुम्लाबाट १९औँ सत्याग्रह सुरु गरेको प्रतिक्रिया दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ । यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढा
जुम्लाका प्रजिअ थापा कोरोना संक्रमण मुक्त

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमण मुक्त

स्वास्थ्य
  जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए । हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनको विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काममा आउने प्रजिअ थापाले जानकारी दिए ।
घण्टाघरको क्वारेन्टिनमा गुणस्तरहिन खाना वितरण

घण्टाघरको क्वारेन्टिनमा गुणस्तरहिन खाना वितरण

स्वास्थ्य
सुर्खेतः प्रदेश सरकारले सुर्खेतको घण्टाघरमा संचालन गरेको प्रदेस्तरीय क्वारेन्टिनमा गुणस्तरहीन खाना वितरण भएको भेटिएको छ । बिहिवार कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले क्वारेन्टाइनमा खुवाइने खाना गुणस्तरहीन भएको फेला पारेको हो । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुका लागी प्रदेश सरकारसँग गरेको सम्झौताबमोजिम खानाको गुणस्तरहीन भएको भन्दै पटक पटक गुनासो आएपछि मन्त्री आफै अनुगमनमा गएका थिए । कमजोर व्यवस्थापन, सरसफाईमा लापरवाही र सम्भौताबिपरित खाना वितरण भएको पाइएपछि मन्त्री नेतृत्वको सरकारी टोलीले क्वारेन्टिनको ब्यवस्थापन चुस्त बनाउन र खाना सुधारका लागि निर्देशन दिएको छ। एक पटकका लागि खाना सुधार गर्नलाई होटल सञ्चालकलाई सरकारले निर्देशन दिएको भएपनि त्यो सुधार नगरेमा उसलाई कारवाही गर्ने चेतावनी दिएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयसँग प्
जुम्लाका ४२ जना संक्रमित निको भएर घर फर्किए

जुम्लाका ४२ जना संक्रमित निको भएर घर फर्किए

स्वास्थ्य
जुम्ला ः जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिकाका ३८ जनासहित जिल्लाका ४२ जना कोरोना संक्रमित निको नभएर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमितको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ४२ जना घर फर्किएका हुन् । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार आइसोलेसनमा रहेका संक्रमितको स्वाब संकलन गरी पुनः परीक्षण गर्दा विहिबार रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । यहाँका प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश सांसद, उद्योग बाणिज्य संघका अध्यक्ष, होटल व्यवसायी संघका अध्यक्ष लगायतलाई संक्रमण देखिएपछि त्रासपुर्ण वातावरण बनेका थियो । तर १० दिनपछि पुन ः स्वाब परीक्षक गर्दा प्रजिअ भुपेन्द्र्र थापाको रिपोर्ट नेगेटिभ आएर कोरोना संक्रमण मुक्त हुनु भएको सहायक प्रमुख
वरिष्ठता मिचेको नियुक्तिप्रति डा. केसीको आपत्ति

वरिष्ठता मिचेको नियुक्तिप्रति डा. केसीको आपत्ति

स्वास्थ्य
जुम्ला ः प्रा.डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै केसीले वरिष्ठताको आधारलाई भत्काएर कार्यकारी निर्देशक नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका हुन् । केसीले यो नियुक्तिलाई कार्यकर्ता भर्तीको संख्यासमेत दिएका छन् । मंगलबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले अर्थोपेडिक सर्जन प्रा.डा. दिनेश काफ्लेलाई अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । अहिले जुम्लामा रहेका केसीले त्यहीबाट विज्ञप्ति सार्वजनिक गर्दै परिषद्को निर्णयप्रति आपत्ति जनाएका हुन् । उनले यो नियुक्ति स्वीकार्य हुन नसक्ने बताएका छन् । ‘त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता भर्ती गरिएको समाचार आएको छ । सो नियुक्ति हामीलाई कुनै हालतमा स्वीकार्य छैन’, केसीको विज्ञप्तिमा भनिएको छ, ‘यस अगाडिको डिन नियुक्ति नै स्था
कोरोना भाइरस विरुद्ध तिला गाउँगाउँमा सचेतना

कोरोना भाइरस विरुद्ध तिला गाउँगाउँमा सचेतना

समाज, स्वास्थ्य
जुम्लाको तिला गाउँपालिकाले गाउँगाउँमा कोरोनाविरुद्धको सचेतना फैलाउने कार्यलाई तीब्रता दिएको छ । पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि कर्णाली करिडोरका क्षेत्रमा कार्यबहाक अध्यक्ष विष्णु बुढा र गाउँमागाउँमा वडाध्यक्षको नेतृत्वमा सचेतना फैलाउने कार्य भइरहेको हो । शनिबार कार्यबहाक अध्यक्ष बुढाको नेतृत्वमा कर्णाली करिडोरको कुडारी, त्रिवेणी,डुण्डेली, रारालिही र नाग्म बजारमा सचेतना फैलाइएको हो । माइकिंग गरेर मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने र सामाजिक तथा ब्यक्तिगत दुरी कायम गर्न आग्रह गरिएको हो । साथै हरेक भित्तामा सचेतना फैलाउने खाले सुचना टाँस समेत गरिएको हो । सचेतनाका लागि प्रत्येक वडालाई आवश्यक सामाग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले जानकारी दिए । उनले भने,’ पहिले पनि सचेतनाका क्रियाकलाप भए । अहिले पनि सचेतनाको कार्य अघि बढाएका छौँ । जनत