अन्तराष्ट्रिय

सिरियाली विद्रोहीले रुसी विमान खसाले, पाइलटको कुटिकुटी हत्या

सिरियाली विद्रोहीले रुसी विमान खसाले, पाइलटको कुटिकुटी हत्या

अन्तराष्ट्रिय
आईतबार, २१ माघ २०७४ दमास्कस । सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको छ। उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो। विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो। सशस्त्र समूहका सदस्यमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए। तर झडपकै क्रममा उनको ज्यान गएको थियो। उनीहरुले झडप गरेको र पछि चालक मारिएको तस्विर पनि सामाजिक सञ्जालमा राखिएको थियो। बिृटिश स्काई टिभीले भनेको छ– उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो। सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाएको थियो। इडलिबमा विगतका केही महिनादेखि नै रुसी विमानले आक्रमण गर्ने गरेको छ। उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थि
फिल्म हेर्दा हेर्दै हलमै बलात्कृत भइन् युवती

फिल्म हेर्दा हेर्दै हलमै बलात्कृत भइन् युवती

अन्तराष्ट्रिय
आईतबार, २१ माघ २०७४ एजेन्सी । फिल्म हेर्ने क्रममा एकजना युवतीमाथि हलमै बलात्कारको घटना भएको छ । भारतको हैदराबादमा एक सिनेमा हलबाट बलात्कारको मामिला सार्वजनिक भएको हो । त्यहाँ एक १९ वर्षीया युवतीलाई २३ वर्षीय युवाले बलात्कार गरेको घटना बाहिर आएको हो । पुलिसका अनुसार पीडितले हैदराबादस्थित प्रशान्त सिनेमा हलमा फिल्म ’पद्मावत’ हेर्ने क्रममा अभियुक्तले आफूमाथि बलात्कार गरेका हुन् । आसपासका सिट खाली रहेको मौका पारेर ती युवाले आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् । बिबिसीका अनुसार बलात्कृत भएकी युवती १२ कक्षाकी विद्यार्थी हुन् । अभियुक्तसँग उनको परिचय फेसबुमार्फत भएको थियो । त्यसपछि उनीहरुबीच मित्रता भएको थियो । पुलिसका अनुसार करिब २० दिनअघि दुवै सिकन्दराबादमा एक होटलमा भेट भएका थिए । त्यसपछि उनीहरु दुवै युवाकी बहिनीको घर जगतगिरीगुट्टा गएका थिए । त्यही क्रममा २९ जनवरीमा ती युवाले

राजनीतिज्ञ देखि पत्रकारसम्म मौरीपालन व्यवसायमा

अन्तराष्ट्रिय, कृर्षि, समाज, स्थानिय तह
सागर परियार जुम्ला ः चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनले तीन दशक राजनीतिमै बिताए । पछिल्लो समय उनी नयाँ शक्ति पार्टीको जिल्ला संयोजक भएर एक वर्ष काम गरे । राजनीतिबाट मात्र मुलुक परिवर्तन गर्न सम्भव नहुने ठहर गर्दै रामकृष्णले कृषि पेशालाई पनि सँगै अघि बढाए । कृषिबाट मात्रै समृद्धि हासिल गर्न सकिने भन्ने अठोटका साथ उनले मौरीपालन व्यवसाय गरिरहेका छन् । कर्णालीमा मौरीपालनको सम्भावना बढी भएकाले उनी राजनीति छाडेर सोही व्यवसायमा लागेका हुन् । “नेपालमा राजनीति गर्नुभन्दा कृषिबाटै समाजलाई ठूलोे राहत दिन सकिन्छ,” उनले भने, अहिले २० वटाभन्दा बढी मौरीका घार राखेर मह उत्पादन गरिरहेको छु ।” उनले यस वर्ष मात्रै मह बिक्रीबाट २० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् । उनले उत्पादन गरेको मह निकै उत्कृष्ट मानिएको छ । “मौर
भारतीय विदेशमन्त्री स्वराज काठमाडौँमा, पहिलो भेट ओलीसँग

भारतीय विदेशमन्त्री स्वराज काठमाडौँमा, पहिलो भेट ओलीसँग

अन्तराष्ट्रिय, राजनिति
बिहिबार, १८ माघ २०७४ काठमाडौँः भारतकी विदेश मन्त्री सुस्मा स्वराज त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको दूतकारुपमा केही बेरअघि काठमाडौँ आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा अपरान्ह सवा चार बजे अवतरण गरेकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणा र परराष्ट्र सचिव शंकर वैरागीले विमानस्थलको विशिष्ठ कक्षमा स्वागत गरे । स्वराजलाई स्वागत गर्न नेपालका लागि भारतका लागि राजदूत मञ्जिवसिंह पुरी पनि विमानस्थलमा पुगेका थिए । उनी विमानस्थलबाट सीधै कालिमाटीस्थित होटल सोल्टीतर्फ लागेकी छन् । सञ्चारमाध्यमसँग कुनै प्रतिक्रिया नदिई स्वराज सोल्टीतर्फ लागेका हुन् । पहिलो भेट ओलीसँग विदेशमन्त्री स्वराजले आजैबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्ने भएकी छन् । आजै साँझ साढे ६ बजे स्वराजले नेपालका भावी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सुष्मा स्वराज आज नेपाल आउँदै

सुष्मा स्वराज आज नेपाल आउँदै

अन्तराष्ट्रिय, राजनिति
बिहिबार, १८ माघ २०७४ काठमाडौं ः न कुनै पूर्वजानकारी। न कुनै पूर्वतयारी। न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लन लागेकी विदेशमन्त्री सुष्मा स्वराजसामु यही छेकमा नेपाल–भारत सम्बन्धलाई ठीकठाक पुनर्जागृत गर्ने अवसर उपलब्ध छ। भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ। टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिन्छ। सरकारी स्रोतका अनुसार स्वराजको टिमले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, आसन्न सत्ता नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँ
पाँच हजारमा किनेर दुई वर्षसम्म बलात्कारपछि ३० हजारमा बेचियो

पाँच हजारमा किनेर दुई वर्षसम्म बलात्कारपछि ३० हजारमा बेचियो

अन्तराष्ट्रिय, स्थानिय तह
बुधबार, १७ माघ २०७४ एजेन्सी ः भारतको हरियाणा राज्यस्थित फरिदाबादबाट मानव सभ्यतालाई नै स्तब्ध बनाउने एउटा घटना बाहिर आएको छ । चाइल्ड लाइनको सूचनामा पुलिसले फरिदाबादको धिरज नगरस्थित टी(२ कोलोनीमा १५ दिनदेखि बन्धक एक बालिकालाई आइतवार उद्दार गर्न सफल भएको छ। झारखण्ड निवासी ती पीडित बालिकालाई उद्दारपछि प्रहरीले गरेको अनुसन्धानमा उनलाई २ वर्षअघि उनकै हजुरआमाले ५ हजार रुपैयाँमा बेचेको खुलेको छ। ती हजुरआमाले बालिकालाई सुरेन्द्र नामका एक युवकलाई बेचिदिएपछि उनको दुर्दिन सुरु भएको हो । सुरेन्द्र नामका ती युवकले बालिकालाई झारखण्डबाट किनेर दिल्ली लिएर आएका थिए । जहाँ करिब २ वर्षसम्म सुरेन्द्रले बालिकालाई घरमा चर्को काम मात्रै लाएनन् बलात्कार पनि गरे । सुरेन्द्रले दुई साताअघि ती बालिकालाई ३० हजार रुपैयाँमा मिश्रा नामका अर्का युवकलाई बेचिदिएका थिए । जसले बालिकालाई दिल्लीबाट फरिदाबाद लिएर गए ।
अफगानिस्तानमा ६.१ म्याग्निच्यूटको भूकम्प, एकको मृत्यु, दर्जनौ घाइते

अफगानिस्तानमा ६.१ म्याग्निच्यूटको भूकम्प, एकको मृत्यु, दर्जनौ घाइते

अन्तराष्ट्रिय
बुधबार, १७ माघ २०७४ एजेन्सी ः बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी पाकिस्तानमा एक जनाको मृत्यु भएको छ भने दजनौ घाइते भएका छन् । प्रारिम्भक विवतरण अनुसार राजधानी इस्लामावाद, लाहोर, पेसावर र क्वेटामा भूकम्पको धक्का महसुस गरिएको छ । अफगानिस्तानको राजधानी काबुल भन्दा २७० किलोमिटर उत्तर हिन्दुकुश हिमालमा केन्द्रविन्दु रहेको यो भुकम्प ६.१ म्याग्निच्यूट रेकर्ड गरिएको छ । भूकम्पका कारण पाकिस्तानमा धेरै घरहरु चकिएका छन् । भुकम्पको धक्का महसुस भएपछि मानिसहरुको भागभाग भएको थियो । भुम्कपका कारण एक युवतीको मृत्यु भएको छ भने दुई गम्भिर घाइते भएका छन् । बलुचिस्तानमा एक विद्यालयको पर्खाल भत्किएर धेरै विद्यार्थीहरु घाइते भएका छन् । भूकम्पको धक्का भारतको कस्मिर क्षेत्रमा समेत महसुस गरिएको छ । अफगानिस्तानमा पनि भूकम्पका कारण क्षति भएको भएपनि विस्तृत विवरण आउन सकेको छैन् ।
अमेरिकालाई उत्तर कोरियाबाट अझै पनि खतरा

अमेरिकालाई उत्तर कोरियाबाट अझै पनि खतरा

अन्तराष्ट्रिय
बुधबार, १७ माघ २०७४ वासिङ्टन ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका छन्। मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उनले सो धारणा राखेका हुन्। ट्रम्पले भन्यो, ‘उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ।’ उनले आफूले अर्थात अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताए। उनले सो सम्बोधनका क्रममा थप भने, ‘हामीले सम्भावित सो त्रास हटाउन र सम्भवत यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो।’ राष्ट