राजनिति

प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री ओली डिस्चार्ज

राजनिति
मिर्गाैला प्रत्यारोपणकाे १० दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सहयाेगीले उनलाई अस्पतालबाट ह्वील चेयरमा ल्याएर गाडिमा चढाएका थिए । निजी सहयोगी र सुरक्षाकर्मीको मद्दतमा गाडि चढेका ओलीले अस्पताल पुगेका समर्थकलाई हात हल्लाएर अभिभावद गरेका थिए । ओली डिस्चार्ज हुने सूचना पाएर अस्पतालमा उनका समर्थककाे ठूलाे भीड थियाे । उनलाई अस्पतालबाट सरकारी निवास बालुवाटार लगिएको छ । ओलीको २१ फागुनमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणका लागि उनी १९ फागुनमा अस्पताल भर्ना भएका थिए । https://www.nayapatrikadaily.com/news-details/38660/2020-03-13
नेकपा जुम्लाको दोस्रो पूर्ण बैठकमा गुड उपगुड भत्काउने छलफल

नेकपा जुम्लाको दोस्रो पूर्ण बैठकमा गुड उपगुड भत्काउने छलफल

राजनिति
जुम्ला : नेपाल कम्यूष्टि पार्टी जिल्ला कमिटि जुम्लाको दोस्रो पूर्ण बैठक सदरमुकाम खलङ्गामा सुरु भएको छ । पार्टी एकता भएको लामो समय पछि नेकपा जुम्लाको दोस्रो पुर्ण बैठक भएको हो । बैठकमा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँरले राजनीतिक सांगठानिक प्रतिवेदन बैठकमा पेस गरेका थिए भने पार्टी सचिव तिर्थ बुढाले आर्थिक प्रतिबेदन पेश गरेका थिए । जिल्ला कमिटि जुम्लाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको थियो भने मोटर साइकल दुर्घटनामा निधन भएका जिल्ला कमिटि सदस्य मुनिकेश गौतम प्रति श्रद्धासुमन व्यक्त गरेको थियो । नेकपा जुम्लाका पार्टी इन्चार्ज गजेन्द्रबहादुर महतको प्रमुख आथित्यमा सुरु भएको जिल्ला कमिटिको पुर्ण बैठकमा अध्यक्ष कुँवर पेश गरेको राजनीतिक प्रतिवेदन माथि छलफल भई रहेको जिल्ला कमिटि सदस्य तथा विद्यार्थी नेता अमरराज शाहीले बताए । बैठकमा सहइन्चार्ज नरेश भण्डारी लगायत
प्रचण्ड माथि जुत्ता प्रहार, जुत्ता प्रहार भएको प्रचण्डलेनै थाहा पाएनन्

प्रचण्ड माथि जुत्ता प्रहार, जुत्ता प्रहार भएको प्रचण्डलेनै थाहा पाएनन्

राजनिति
काठमाडौँ — आइतबार राष्ट्रिय सभागृहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ । पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवालेदाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपीसोमेन्द्र सिं राठौरले बताए । जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए।तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए। जुत्ता प्रहार भएको प्रचण्डले थाहा पाएनन् राष्ट्रिय सभागृहको कार्यक्रममा आफूलाई लक्ष्यित गरी जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरे पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल के भएको हो, भेउ नै पाउन सकेनन् । भरतमोहन अधिकारी स्मृति फाउन्डेसनद्वारा राष्ट्रिय सभागृहमा आयोजित स्व अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन
सरकारमाथि निगरानी बढाउन छायामन्त्रीलाई देउवाको निर्देशन

सरकारमाथि निगरानी बढाउन छायामन्त्रीलाई देउवाको निर्देशन

राजनिति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नौ महिनाअघि गठन गरेको छाया मन्त्रिपरिषद् बैठक आइतबार बसेको छ । बैठकमा पार्टी सभापति तथा छाया सरकारका संयोजक शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सक्रियता र सरकारविरुद्ध निगरानी बढाउन छाया मन्त्रीहरूलाई निर्देशन दिएका छन् । बैठकमा देउवाले तोकिएको जिम्मेवारीअनुसार काम गर्न पनि सदस्यहरूलाई निर्देशन दिएका हुन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा देउवाले अधिकांश समय सरकारले ल्याएको विधेयक र भ्रष्टाचारको विषयमा आक्रोश पोखेका थिए । निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेससम्बन्धी अडियो सार्वजनिक भएपछि देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको स्पष्ट भएको बताए। ‘यसले अनियमितताको जालो सबैतर्फ छ भन्ने संकेत गरेको छ’, देउवाले भने, ‘त्यसकारण तपाईंहरूले अझै सक्रियता बढाउनुप-यो ।’ बैठकमा छाया मन्त्रीहरूले जिम्
नेमकिपाको स्थापना दिवसमा एमसीसीको विरोध

नेमकिपाको स्थापना दिवसमा एमसीसीको विरोध

राजनिति
जुम्ला : नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसका अवसरमा जुम्लामा एमसिसिको विरोध गरिएको छ । । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको हो । नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका सदस्य टेकबहादुर रोकायाले एमसीसी परियोजनामा नेपाल फस्न नहुने बताए । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले तथा विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रस्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने उनले बताए । अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको हो । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ । उनले भने विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुदा हुदै आफ्ना छु्ट्टै सैनिक देखि काम गर्ने विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा छैन । नेमकिपा जुम्लाका
स्थानीय तहको अनुगमन गर्दै अख्तियार

स्थानीय तहको अनुगमन गर्दै अख्तियार

राजनिति, स्थानिय तह
काठमाडौं । स्थानीय तहलाई सच्चिन ६१ बुँदे निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती तहहरू सच्चिए नसच्चिएको बारेमा आफंै अनुगमन गर्न थालेको छ । स्थानीय तहमा अनियमितता र विकृति बढेको भन्दै त्यसविरुद्ध अख्तियारमा अत्यधिक उजुरी परेपछि अख्तियारले ७ सय ५३ वटै स्थानीय तहलाई कार्यशैली सुधार्न र अनियमितता रोक्न निर्देशन दिएको थियो । तर, अख्तियारको सो निर्देशनअनुसार स्थानीय तहले पूर्ण रूपमा सुशासन कायम गर्न नसकेपछि अख्तियारले अनुगमन टोलीमार्फत छानबिन प्रक्रिया अघि बढाएको हो । अख्तियारले प्रदेश सरकारका निकायमा पनि अनियमितता बढ्न सक्ने विश्लेषण गर्दै ती निकायमा सुशासन शिक्षा दिन थालेको छ । कतिपय प्रदेश सरकारका मन्त्रालयका अधिकारीविरुद्ध समेत अख्तियारमा उजुरी आउने क्रम बढेको बताइएको छ । प्रदेश सरकारविरुद्ध पनि अख्तियारमा उजुरी पर्ने क्रम बढेकाले प्रदेशलाई सुरुदेखि नै सुशासनमा राख्ने उद्देश्
सक्रिय राजनीतिज्ञ रोकाया

सक्रिय राजनीतिज्ञ रोकाया

राजनिति
कर्णाली पोष्ट दैनिक : नेपाल कम्यूनिष्ट पार्टीका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कार्यसमिति जुम्लाका संयोजक अमर बहादुर रोकाया एक कुशल र सक्रिय राजनीतिज्ञ हुन् । तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका – ४ गिडिखोला गाउँमा स्थायी घर भएका रोकाया विद्यार्थी जीवन देखि सक्रिय राजनीतिक गर्दै आएका हुन् । ०७६ कार्तिक १६ गते नेकपा केन्द्रीय कमिटिको निर्णयबाट रोकाया राष्ट्रिय युवा संघ नेपालको जिल्ला कार्यसमिति जुम्लाको संयोजकमा चयन भएका हुन् । ०७६ मंसिर १ गते काठमाण्डौ सम्पन्न राष्ट्रिय युवा संघ नेपा, प्रथम राष्ट्रिय भेलाको अबसरमा नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डा) र महासचिब बिष्णु पौडेलको रोवहरमा राष्ट्रिय युुवा संघ नेपालका केन्द्रीय उप महासचिव रमेश पौडेलबाट उनले सपथ ग्रहण गरे । स्नात्तक तह अध्ययन गरेका रोकायाले २०४९ चैत ३ गतेबाट तत्कालिन नेकपा एमाले पार्टीको सिद्
विभिन्न पाटी परित्याग गर्दै चौधविसका २७ जना नेकपामा प्रबेश

विभिन्न पाटी परित्याग गर्दै चौधविसका २७ जना नेकपामा प्रबेश

राजनिति
कर्णाली पोष्ट जुम्ला । देशभर विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्ने लहर चलिरहेको बेलामा सोमबार जुम्लाको पातारासी गाउपालिका – ६ का २७ जना बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका छन् । देश संघियतामा गएसंगै आफ्नो गाउँको समृद्धी गर्न नेकपाको पार्टी आबश्यक भएको भन्दै २७ जना नेकपामा प्रबेश गरेका हुन् । नेकपाको पातारासी गाउँपालिकाको गाउँकमिटीले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु सिन्दुर र दोसल्ला ओढेर पार्टी प्रबेश गरेका हुन् । प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले पछाडि परेको साबिकको पटमारा गाबिसको बिकासका लागि नेपाल कम्युनिष्ट पार्टी आबश्यक भएकाले हामी राजखुसी भएर पार्टीमा प्रवेश गरिएको उनीहरुले बताएका छन । नेकपाको दुइतिहाईको सरकारले पटमाराका नागरिकको लागि शिक्षा स्वास्थ्य, रोगजारीको ब्यवस्था गर्न पनि माग गरेका छन् । प्रतिनिधि सभा सांसद गजे
विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

राजनिति
जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही ९प्रभाजित०सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन् । उनीहरूलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। अहिले उनीहरूका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सेक्रेटरी शाही लामो समय देखि भुमिगत अवस्थामा थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउतिर झरेका हुन् । बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुख ब्यक्त गरेको छ । यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर त
नेकपामा को को भए कर्णालीको जिल्ला इन्चार्ज र सहईन्चार्ज ? हेर्नुहोस सुची

नेकपामा को को भए कर्णालीको जिल्ला इन्चार्ज र सहईन्चार्ज ? हेर्नुहोस सुची

राजनिति
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे । जसमा जुम्लाबाट प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महत कार्मा ईन्चार्ज र प्रदेश कानुनमन्त्री नरेश भण्डारीलाई सह ईन्चार्ज तोकेको छ । बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनक