राजनिति

प्रदेशसभा ३ को आज पहिलो बैठक

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति
बिहिबार, १८ माघ २०७४ हेटौंडा ः देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बिहीबार बस्दै छ। प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्य्विधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ। पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन्। यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वा्चित भएका हुन्। बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाउनेछन्। ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बुधबार साँझ बैठक बसी उक्त कार्यसूची तय गरिएको हो। बिहीबारको पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्य्विधि पारित भएपछि प्रदेशसभाको नियमित काम अघि बढाउन सहज हुनेछ। अन्त
सुष्मा स्वराज आज नेपाल आउँदै

सुष्मा स्वराज आज नेपाल आउँदै

अन्तराष्ट्रिय, राजनिति
बिहिबार, १८ माघ २०७४ काठमाडौं ः न कुनै पूर्वजानकारी। न कुनै पूर्वतयारी। न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष दूतका रूपमा बिहीबार काठमाडौं ओर्लन लागेकी विदेशमन्त्री सुष्मा स्वराजसामु यही छेकमा नेपाल–भारत सम्बन्धलाई ठीकठाक पुनर्जागृत गर्ने अवसर उपलब्ध छ। भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली हुनेछ। टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिन्छ। सरकारी स्रोतका अनुसार स्वराजको टिमले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, आसन्न सत्ता नेतृत्वकर्ता एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँ
अझै टुंगिएन मर्यादाक्रम, स्थानीय र प्रदेशका पदाधिकारीको स्थान कहाँ ?

अझै टुंगिएन मर्यादाक्रम, स्थानीय र प्रदेशका पदाधिकारीको स्थान कहाँ ?

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति, स्थानिय तह
बुधबार, १७ माघ २०७४ काठ्माण्डौ ः गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाउन अझै समय लाग्ने जनाएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई समेत समेटेर नयाँ मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयमै प्राविधिक पक्ष टुंग्याएर कार्यान्वयन गर्न निर्देशन दिएको र सबै पदको मर्यादाक्रम मिलाउने काम भइरहेको जनाएको छ । मन्त्रिपरिषद्ले त्यस्तो मर्यादाक्रमको प्राविधिक पक्ष मिलाउन मुख्यसचिव लोकदर्शन रेग्मीलाई जिम्मेवारी दिएको थियो । अहिले पनि मुख्यसचिव र गृह मन्त्रालयका कर्मचारी मर्यादाक्रमसम्बन्धी गृहकार्य गरिरहेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै एक कर्मचारीले भने, ‘मर्यादाक्रममा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई कुन स्थान दिने भन्ने समस्या छ ।’
यसरी डुबाइयो नेसनल ट्रेडिङ

यसरी डुबाइयो नेसनल ट्रेडिङ

अर्थ/विकास, राजनिति, समाज, स्थानिय तह
बुधबार, १७ माघ २०७४ काठमाडौं ः सरकारले व्यापारिक कारोबार गर्न १ चैत २०१८ मा नेसनल टे«डिङ लिमिटेड (राष्ट्रिय व्यापार निगम) स्थापना गरेको थियो। त्यति बेला दाता मुलुकले अनुदानमा पैसाको साटो वस्तुगत सहयोग नेपाललाई दिने चलन थियो। रुस र चीनबाट ठूलै परिमाणमा मेसिनरी उपकरण, ट्रयाक्टर, मोटरसाइकल, सिमेन्ट, रड, कृषि उपकरणलगायत वस्तुगत सहयोगमा प्राप्त हुन्थ्यो नेपाललाई। त्यस्ता सामग्री बिक्री गर्ने सरकारी संयन्त्र नहुँदा कारोबार गर्न नेसनलको स्थापना गरिएको थियो। सुरुआतमा दाता मुलुकले दिएका वस्तुगत सहयोगबाट व्यापारिक कारोबार गरेको नेसनलले पछि सरकारी स्वामित्वका हेटौंडा, उदयपुर, वीरगञ्ज चिनी उद्योगलगायत उद्योगबाट उत्पादित सामग्री पनि बजार मूल्यभन्दा सस्तो र सुलभ मूल्यमा बिक्री गर्न थाल्यो। नेसनल ट्रेडिङकै कारण तत्कालीन समयमा काठमाडौंका बासिन्दा अन्तर्रा्ष्ट्रिय स्तरको रड, सिमेन्ट, मेसिनरी उपकरण
रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

अर्थ/विकास, कृर्षि, खेलकुद, प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति, लेख/विचार, समाज, स्थानिय तह
माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो । अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताउनुभयो । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पा
को को बन्दैछन् मुख्यमन्त्री, कहाँ कसको पल्लाभारी ?

को को बन्दैछन् मुख्यमन्त्री, कहाँ कसको पल्लाभारी ?

राजनिति
मंगलबार, १६ माघ २०७४ काठमाडौं ः एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ। एमाले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादीले उपसभामुख र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशका एमालेको उपसभामुख हुने छन्। एमालेको स्थायी समिति बैठकले सर्वसम्मत भएका चुनावी प्रक्रियाबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ। पार्टीको यस्तो निर्णय आएपछि नेताहरु तीब्र लविङमा लागेका छन्। प्रदेश १ मा भीम र शेरधन प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिव्यूरो सदस्य शेरधन राईको चर्को प्रतिस्पर्धा हुने देखिएको छ। माधव नेपाल समूहका आचार्य र अध्यक्ष केपी ओली

सर्वसम्मत नभएका प्रदेशमा चुनावबाट एमालेले मुख्यमन्त्री छान्ने

राजनिति
१६ माघ २०७४ काठमाडौँः नेकपा एमाले आफ्नो भागमा परेका चारवटा प्रदेशमा सर्वसम्मत हुन नसके निर्वाचनबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले मुख्यमन्त्रीका लागि पहिले सर्वसम्मतको प्रयास गर्ने यदि त्यसो हुन नसके चुनावबाट मुख्यमन्त्री छान्ने निर्णय गरेको हो । ‘पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार सर्वसम्मत भइसकेका छन् । अन्य प्रदेशमा पनि हामी त्यही कोशिशमा छौँ’, एमाले उपाध्यक्ष वामदेव गौतमले बैठकपछि भने, ‘यदि सर्वसम्मत हुन नसकेमा प्रदेश सभाको पहिलो बैठकपछि कार्य्विधि बनाएर चुनावमार्फत मुख्यमन्त्री छान्छौँ ।’ उपाध्यक्ष गौतमले पार्टी अहिले पनि प्रदेश १, ३ र ४ मा मुख्यमन्त्रीका लागि सर्वसम्मतको कोशिशमा रहेको बताउँदै यदि त्यसो नभएमा चुनावमार्फत संसदीय दलको नेता छानेर मुख्यमन्त्री चयन गर्ने उल्लेख गरे । एम
देउवा सरकारको भत्तासम्बन्धि निर्णय हावादारी भएको खुलाशा (बिज्ञप्ति सहित)

देउवा सरकारको भत्तासम्बन्धि निर्णय हावादारी भएको खुलाशा (बिज्ञप्ति सहित)

राजनिति
माघ १४, काठमाडौं । केहिदिन अघि देउवा सरकारले एकल महिलालाई ५५ वर्षमै भत्ता दिने निर्णय गरेको थियो । तर, सरकारलाई नै २०६८ सालदेखि सबै उमेरका एकल महिलाले शुरुमा ५ सय र हाल मासिक १ हजार रुपैयाँ पाइरहेको कुरा थाहा नभएको भन्दै बिरोध गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समूहले आइतबार यस बिषयमा विज्ञप्ति जारी गर्दै एकल महिलाले ७ वर्षदेखि पाउँदै आएको सुविधाबारे सरकार अनविज्ञ भएको भन्दै खेद व्यक्त गरेको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि राज्यबाट एकल महिलाले मासिक १ हजार भत्ता पाउँदै आएका छन् । तर यही बिषय देउवा सरकारलाई नै थाहा नभएको बिज्ञप्तिमा उल्लेख छ । २०६५ साल पुष ७ गते मानव अधिकारको लागि महिला, एकल महिला समुह र जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) द्वारा संयुक्तरुपमा ६० वर्ष भन्दा मुनिका एकल महिलालाई पनि सामाजिक सुरक्षा भत्ता माग गर्दै रिट दायर गरेपछी तत्कालीन न्यायाधिश
अन्तत: वाम गठबन्धनमा भागवण्डा मिल्यो, के-के भयो सहमति ?

अन्तत: वाम गठबन्धनमा भागवण्डा मिल्यो, के-के भयो सहमति ?

राजनिति
माघ १४, काठमाडौं । प्रदेश नम्बर ६ र ७ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिसँगै एमाले र माओवादीको कार्यदलले एमाले-माओवादीको पछिल्लो बिबाद समाधान गरिदिएको छ । एमाले-माओवादी कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाउने भएको छ भने उपसभामुख भने माओवादीले चार वटा पाउने भएको छ । जसमा एमालेले दुई वटा प्रदेशमा उपसभामुख पाउनेछ । एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले लिनेछ । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख