राजनिति

नेमकिपाको स्थापना दिवसमा एमसीसीको विरोध

नेमकिपाको स्थापना दिवसमा एमसीसीको विरोध

राजनिति
जुम्ला : नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसका अवसरमा जुम्लामा एमसिसिको विरोध गरिएको छ । । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रष्ट देखिएकोले एमसीसीको विरोध गरिएको हो । नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका सदस्य टेकबहादुर रोकायाले एमसीसी परियोजनामा नेपाल फस्न नहुने बताए । हिन्दप्रसान्त रणनितिको हिस्सा भएकाले तथा विश्वका अन्य मुलुकमा एमसीसी मार्फत अमेरिकाको दादागिरी प्रस्ट देखिएकाले नेपालबाट एमसीसीलाई लखेटिदिनुपर्ने उनले बताए । अमेरिकाले नेपालमा कुनै स्वार्थ राखी एमसीसी परियोजना ल्याउन खोजेको हो । यसलाई सवै नागरिकले प्रष्ट बुझ्न आवश्यक छ । उनले भने विकास निर्माणका लागि नेपाल सरकारका विभिन्न विभाग हुदा हुदै आफ्ना छु्ट्टै सैनिक देखि काम गर्ने विभाग खडा गर्ने जस्ता स्वार्थले एमसीसी नेपाली जनताको हितमा छैन । नेमकिपा जुम्लाका
स्थानीय तहको अनुगमन गर्दै अख्तियार

स्थानीय तहको अनुगमन गर्दै अख्तियार

राजनिति, स्थानिय तह
काठमाडौं । स्थानीय तहलाई सच्चिन ६१ बुँदे निर्देशन दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती तहहरू सच्चिए नसच्चिएको बारेमा आफंै अनुगमन गर्न थालेको छ । स्थानीय तहमा अनियमितता र विकृति बढेको भन्दै त्यसविरुद्ध अख्तियारमा अत्यधिक उजुरी परेपछि अख्तियारले ७ सय ५३ वटै स्थानीय तहलाई कार्यशैली सुधार्न र अनियमितता रोक्न निर्देशन दिएको थियो । तर, अख्तियारको सो निर्देशनअनुसार स्थानीय तहले पूर्ण रूपमा सुशासन कायम गर्न नसकेपछि अख्तियारले अनुगमन टोलीमार्फत छानबिन प्रक्रिया अघि बढाएको हो । अख्तियारले प्रदेश सरकारका निकायमा पनि अनियमितता बढ्न सक्ने विश्लेषण गर्दै ती निकायमा सुशासन शिक्षा दिन थालेको छ । कतिपय प्रदेश सरकारका मन्त्रालयका अधिकारीविरुद्ध समेत अख्तियारमा उजुरी आउने क्रम बढेको बताइएको छ । प्रदेश सरकारविरुद्ध पनि अख्तियारमा उजुरी पर्ने क्रम बढेकाले प्रदेशलाई सुरुदेखि नै सुशासनमा राख्ने उद्देश्
सक्रिय राजनीतिज्ञ रोकाया

सक्रिय राजनीतिज्ञ रोकाया

राजनिति
कर्णाली पोष्ट दैनिक : नेपाल कम्यूनिष्ट पार्टीका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कार्यसमिति जुम्लाका संयोजक अमर बहादुर रोकाया एक कुशल र सक्रिय राजनीतिज्ञ हुन् । तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका – ४ गिडिखोला गाउँमा स्थायी घर भएका रोकाया विद्यार्थी जीवन देखि सक्रिय राजनीतिक गर्दै आएका हुन् । ०७६ कार्तिक १६ गते नेकपा केन्द्रीय कमिटिको निर्णयबाट रोकाया राष्ट्रिय युवा संघ नेपालको जिल्ला कार्यसमिति जुम्लाको संयोजकमा चयन भएका हुन् । ०७६ मंसिर १ गते काठमाण्डौ सम्पन्न राष्ट्रिय युवा संघ नेपा, प्रथम राष्ट्रिय भेलाको अबसरमा नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डा) र महासचिब बिष्णु पौडेलको रोवहरमा राष्ट्रिय युुवा संघ नेपालका केन्द्रीय उप महासचिव रमेश पौडेलबाट उनले सपथ ग्रहण गरे । स्नात्तक तह अध्ययन गरेका रोकायाले २०४९ चैत ३ गतेबाट तत्कालिन नेकपा एमाले पार्टीको सिद्
विभिन्न पाटी परित्याग गर्दै चौधविसका २७ जना नेकपामा प्रबेश

विभिन्न पाटी परित्याग गर्दै चौधविसका २७ जना नेकपामा प्रबेश

राजनिति
कर्णाली पोष्ट जुम्ला । देशभर विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गर्ने लहर चलिरहेको बेलामा सोमबार जुम्लाको पातारासी गाउपालिका – ६ का २७ जना बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका छन् । देश संघियतामा गएसंगै आफ्नो गाउँको समृद्धी गर्न नेकपाको पार्टी आबश्यक भएको भन्दै २७ जना नेकपामा प्रबेश गरेका हुन् । नेकपाको पातारासी गाउँपालिकाको गाउँकमिटीले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु सिन्दुर र दोसल्ला ओढेर पार्टी प्रबेश गरेका हुन् । प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले पछाडि परेको साबिकको पटमारा गाबिसको बिकासका लागि नेपाल कम्युनिष्ट पार्टी आबश्यक भएकाले हामी राजखुसी भएर पार्टीमा प्रवेश गरिएको उनीहरुले बताएका छन । नेकपाको दुइतिहाईको सरकारले पटमाराका नागरिकको लागि शिक्षा स्वास्थ्य, रोगजारीको ब्यवस्था गर्न पनि माग गरेका छन् । प्रतिनिधि सभा सांसद गजे
विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

राजनिति
जुम्ला । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही ९प्रभाजित०सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन् । उनीहरूलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। अहिले उनीहरूका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सेक्रेटरी शाही लामो समय देखि भुमिगत अवस्थामा थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउतिर झरेका हुन् । बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुख ब्यक्त गरेको छ । यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर त
नेकपामा को को भए कर्णालीको जिल्ला इन्चार्ज र सहईन्चार्ज ? हेर्नुहोस सुची

नेकपामा को को भए कर्णालीको जिल्ला इन्चार्ज र सहईन्चार्ज ? हेर्नुहोस सुची

राजनिति
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे । जसमा जुम्लाबाट प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महत कार्मा ईन्चार्ज र प्रदेश कानुनमन्त्री नरेश भण्डारीलाई सह ईन्चार्ज तोकेको छ । बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनक
अख्तियारको नयाँ रेर्कड ः एक वर्षमा २४ हजार उजुरी, १५ हजार फछ्र्यौट

अख्तियारको नयाँ रेर्कड ः एक वर्षमा २४ हजार उजुरी, १५ हजार फछ्र्यौट

राजनिति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष २९ वर्षयता सबैभन्दा धेरै मुद्धा दर्ता गरेको जनाएको छ । अख्तियारले आर्थिक वर्ष २०७५र०७६ मा २४ हजार ४८ उजुरी मध्ये १५ हजार ६ सय ११ उजुरी फछ्र्यौट गरेको छ । जसमध्ये ९ सय २१ उजुरीको विस्तृत अनुसन्धान गरेको जनाएको छ । राजधानी दैनिकमा समचार छ । सोही अबधीमा गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरीमा १२ हजार ४ सय उजुरी फछ्र्यौट गरेको थियो । अख्तियारमा सबैभन्दा थोरै आर्थिक वर्ष २०४८र०४९ र २०५१र०५२मा एउटा मात्रै मुद्धा दर्ता भएको थियो । त्यस्तै अख्तियारले सेवाग्राहीको भेषमा आर्थिक वर्ष २०७५र०७६ मा सुक्ष्म निगरानी तथा द्रुत कारबाह्री सम्बन्धी कार्यविधि, २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए । कार्ययोजना बमोजिम भ्रष्टाचारसम्भाव्य निकायहरुमा आयोगका कर्मचारीहरुलाई सेवाग्राहीको रुपमा खटाएर निगरान
रातो कार्पेटबारे प्रधानमन्त्रीकाे टिप्पणी : ‘मिसन पत्रकारिताले मलाई हैरान बनायाे’

रातो कार्पेटबारे प्रधानमन्त्रीकाे टिप्पणी : ‘मिसन पत्रकारिताले मलाई हैरान बनायाे’

राजनिति
काठमाडौँ ः  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध संचार माध्यमले भ्रम फिजाएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकाेत्सव कार्यक्रममा सहभागी कार्यक्रममा ओछयाइएको रातो कार्पेटबारे विभिन्न संचार माध्यमहरूले बनाएकाे समाचारलाई उनले मिसन पत्रकारीताकाे नाम दिएका छन् । पानीले भिजेको राताे कार्पेटलाई संचारमाध्ययमले ठूलाे समाचार बनाउनु मिसन पत्रकारीता भएकाे उनकाे भनाई थियाे । उनले कालो पत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर समाचार बनाएको भन्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताए । ‘म प्रधानमन्त्री भएको एक वर्ष भयो,’ उनले भने, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु । ’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै उनले भने, ‘धन्य छ, मिसन पत्रकारिता ।’ प्रधानमन्त्री ओलीले प्रदेश सरकार संघीय सरकारको मातहतमा रहेको बताए । प्रदेश सरकारलाई स्वतन्त्
ढुंगा हान्नु लोकतान्त्रिक अधिकार हैन ः गृहमन्त्री

ढुंगा हान्नु लोकतान्त्रिक अधिकार हैन ः गृहमन्त्री

राजनिति
काठ्माडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताए । ‘शान्ति पुर्ण रुपमा विरोध प्रदर्शन गर्न पाइन्छ,’ उनले भने, ‘तर सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौ ।’ सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्यो भन्ने भनाई गलत भएको उल्लेख गर्दै उनले शान्ति सुरक्षा कायम गरी सार्वजनिक यातायात निर्वाध चल्न दिने दायित्व राज्यले बहन गरेको सदनलाई जानकारी गराए । उनले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानविन गर्ने बताए । मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रति
निश्चित भयो ६ करोड आउने ः अब संसद् किन धाउने, बजेटमा छलफलः न सत्तापक्ष न प्रतिपक्ष दल

निश्चित भयो ६ करोड आउने ः अब संसद् किन धाउने, बजेटमा छलफलः न सत्तापक्ष न प्रतिपक्ष दल

राजनिति
काठ्मान्डौ ,बजेटबारे एउटा आधारभूत कुरा भन्छु । उर्दूमा एउटा कथन छ– लुकमे के फेर से खुदा जुदा हो जाता है । उर्दूमा एउटै शब्दमा चन्द्रबिन्दु राखे त्यो खुदा ईश्वर हुन्छ, हटाए जुदा विछोड हुन्छ । बजेटको ४७ पेजमा आधुनिक सभ्यताका मानक नै सुविधायुक्त सहर भएको र मुलुकको विकासको स्वरूप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासको कार्यक्रम प्रस्तुत गरेको छु,’ भनिएको छ । यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्णतः स्वीकार छ । त्यो खुदालाई जुदा बनाउने शब्द हो । के आधुनिक सभ्यताको मानक सहर हो त रु काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन रु कहरको अर्थ हो बर्बादी । यसलाई तपाईं ठाँटले ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ ।।।’ लेख्न सक्नुहुन्न रु के गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन रु गाउँलाई नै सुविधायुक्त बनाउनु आजको नेपालको चुनौती हो कि होइन र