
कर्णालीका ५० जना सहित नानपारामा १५० नेपालीको विचल्ली,उद्दार गरिदिन गुहार
सागर परियार जुम्ला ।
भारतमा मजदुरी गरेर फर्किंदै गरेका १ सय ५० जना नेपाली मजदुर नेपालभारत सिमा रुपैडिया स्थित नानपारामा अलपत्र परेका छन् । कर्णाली प्रदेशका ५० जना सहित अन्यगरी १ सय ५० जना विगत ४५ दिन देखि नानपारामा कष्टकर जीवन विताउन बाध्य भएका छन् ।
डेढ महिनापहिले नेपालगन्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लाको नानपारा स्थित क्वारेन्टाइनमा राखेको थियो । दुई कोठे नाममात्रको क्वारेन्टाईनमा मास्क,सेनिटाईजर, बसाई व्यवस्थापन बिनै १ सय ५० जना खाँदिएर बस्न बाध्य भएका हुन् ।
नानपारामा अलपत्र नेपाली मजदुरले डेढ महिना बितिसक्दा पनि सामान्य चेकजाँच समेत हुन नभएको गुनासो गरेका छन् । रुदै नेपाली कामदारले स्वदेश फर्किने व्यवस्था मिलाई दिन सामाजिक संजालदेखि फोन मार्फत नेपाली पत्रकारलाई गुहारेका छन् । दैलेख ३६,कालिकोटका ६, जुम्लाका २