
प्रदेश ६ को मुख्यमन्त्रीमा दुई माओवादी नेताको टक्कर
प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति
सुर्खेत ः प्रदेश ६ को मुख्यमन्त्री माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । माओवादी नेताहरू नरेश भण्डारी र महेन्द्रबहादुर शाही मुख्यमन्त्रीका मुख्य दाबेदार छन् । पार्टी नेतृत्वसँग लबिङ गर्न उनीहरू काठमाडौंमै छन् । २१ माघमा प्रदेश सभाको पहिलो बैठक भएकाले अघिल्लो दिन सुर्खेत फर्कने उनीहरूको तयारी छ ।
नरेश भण्डारी र महेन्द्रबहादुर शाही
वाम गठबन्धनको नेतृत्वबीच सहमति भए पनि प्रदेशस्तरमा भने मुख्यमन्त्री निर्वा्चित गर्नेबारेमा एमाले र माओवादीबीच संवाद हुन सककोे छैन् । संवादहीनतका कारण मन्त्रीमण्डल कस्तो बनाउने र क–कसलाई कुन मापदण्डका आधारमा मन्त्री बनाउनेबारेमा छलफल नै हुन सकेको छैन ।
केन्द्रमा पार्टीले मुख्यमन्त्री माओवादीलाई दिने सहमति गरेपछि वाम गठबन्धनभित्र मुख्यमन्त्रीको विषयमा छलफल नभएको एमाले प्रदेश कमिटी सहसंयोजक यामलाल कँडेलले बताए । उनका अनुसार माओवादी नेताहरू अहिलेसम्म