प्रदेश न. ६

खराब मौसमका कारण डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

खराब मौसमका कारण डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

प्रदेश न. ६, समाज
सुर्खेतबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको नाइन एन–ए एलडी हेलिकप्टर खराव मौसम भएपछि दैलेखको बारुदथानमा सोमबार आकस्मिक अवतरण गरिएको छ । बिहान हुम्लाबाट सुर्खेत पुगि इन्धन भरेर डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरेको प्रहरीले जनाएको छ । बिहान साढे ७ बजे दैलेखको बारुदथानको खुल्ला चौरमा आकस्मिक अवतरण गरेको हेलिकप्टर ढेड घण्टापछि पुनः उडान भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । हेलिकप्टरमा चालक दलका तीन जना सदस्य मात्र रहेका थिए । दैलेखमा सोमबार बिहानैदेखि लगातार बर्षा भैरहेको छ ।
कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

कर्णालीका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त

प्रदेश न. ६
सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनलाई बर्खास्त गरिएको कर्णाली प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए । मुुख्यमन्त्रालयका अनुसार मुख्यमन्त्री शाहीले पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिएका थिए । तर उनले राजीनामा दिन अस्वीकार गरेपछि पार्टीका नेतासँग छलफल गरी बर्खास्त गरेका हुन । बिहीबार साँझ नै मुख्यमन्त्री शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेको निर्णय प्रदेश प्रमुख दुर्गाकेश खनाललाई जानकारी दिएका छन् । संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएक
नेपाल भ्रमण बर्ष २०२० ः कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

नेपाल भ्रमण बर्ष २०२० ः कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोट

अर्थ/विकास, प्रदेश खबर, प्रदेश न. ६
सुर्खेत । नेपाल भ्रमण बर्ष २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्य २० वटा स्थानलाई अन्तराष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रुपमा छनौट गरिएको बताए । ‘कर्णालीका १० वटै जिल्लाका पर्यटकीय स्थानहरुको सूचीकरण गरिएको छ’ उनले भने, ‘हरेक पर्यटकीय स्थललाई ब्यवस्थीत बनाएर पर्यटकको आकर्षण बढाईने छ ।’ ४० पर्यटकीय गन्तव्यहरु नेपाल भ्रमण बर्ष २०२० का लागि छनोट भएका कर्णालीका ४० पर्यटकीय गन्तव्यहरुमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर पातारासी र सिँजा उपत्यका, कालिकोटको पचालझरना, चुलीमालिका, कोटदर
डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी

डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी

प्रदेश न. ६, समाज
मेसिन जडानका क्रममा बेरिङ भाँचिएपछि जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बाल्ने तयारी गरिएको छ । साना जलविद्युत् उपभोक्ता समितिले डिजेल प्लान्ट मेसिन भित्र्याएको छ । साना जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन ल्याइएको थियो । तर, जडानका क्रममा मेसिनको बेरिङ भाँचिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । मेसिन खरिदका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । अहिले निर्माण कम्पनीले एक करोड ८६ लाख ८५ हजार तीन सय ४० रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, मेसिन जडान नहुँदा नौ महिनादेखि जुम्ला सदरमुकाम बिजुलीविहीन छ । तत्काल मेसिन जडान गरेर बिजुली बल्ने नदेखिएपछि डिजेल प्लान्ट खरि
चार दिनदेखि जुफाल विमानस्थल बन्द, औषधि नेपालगञ्जमै थन्कियो

चार दिनदेखि जुफाल विमानस्थल बन्द, औषधि नेपालगञ्जमै थन्कियो

प्रदेश न. ६
डोल्पा । जुफाल विमानस्थल चार दिनदेखि खुलेको छैन।मौसममा खराबि आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको हो। खराब मौसमका कारणले जहाजले उडान भर्न नसकेपछि जिल्ला अस्पताल डोल्पामा आउने औषधि समेत नेपालगञ्ज बिमानस्थलमा नै थन्किएको छ । अन्नपुर्णमा समचार छ । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन्। औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगञ्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डक्टर सिजन रावलले जानकारी दिए। ुहरेक दिन बिरामी थपिरहेका छन्, भुँइमा राखेका छौं, बिरामी तर औषधिको पिरलो भइरहेको छ,ु डक्टर रावलले भने। यदि औषधि सकियो भने अन्य कुनैपनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौं,ु रावलले थपे। यता जिल्ला अस्पतालमा बिरामी बढिरहेका छन्। मौजात औषधि सकिदै गएको अस्पतालले जनाएको छ। बिमानस्थलमा चार दिनदेखि बाग्लो हुस्सुले ढाकेको र धावनमार्ग नदेख
जाजरकोट कारागारमा झाडापखालाको प्रकोप

जाजरकोट कारागारमा झाडापखालाको प्रकोप

प्रदेश न. ६
जाजरकोट । जाजरकोट कारागारमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखालाले कैदीबन्दी, कर्मचारी तथा सुरक्षाकर्मी बिरामी पर्न थालेका छन् । दूषित पानीका कारण कारागारमा पखालाको संक्रमण देखिएको हो । नयाँ पत्रिकामा समचार छ । मंगलबारदेखि सुरु भएको झाडापखालाबाट बुधबार दिउँसोसम्म सात सुरक्षाकर्मी, १२ कैदीबन्दी र केही कर्मचारी बिरामी परेका कारागारका जेलर तेजविक्रम शाहले जानकारी दिए । झाडापखालाका बिरामीको खलंगास्थित जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । कारागारसँगै आसपासका क्षेत्रमासमेत झाडा पखालाको समस्या देखिएको छ । जाजरकोट अस्पतालमा अचेल दैनिक ४० भन्दा बढी झाडा पखालाका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । बिरामीको संख्या बढी हुँदा अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पताल प्रशासनले जनाएको छ । सदरमुकाममा वितरित पानी दूषित सदरमुकाम खलंगामा बृहत् खानेपानी आयोजना सञ्चालनमा आएपछि झाडा पखालाका बिर
डोल्पामा १३ जना यार्सा चोर पक्राउ

डोल्पामा १३ जना यार्सा चोर पक्राउ

प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७
दुनै । डोल्पाको एक यार्सापाटनबाट अवैध रुपमा पाटन पुगेका १३ जना यार्सागुम्बा संकलक पक्राउ परेका छन्। शे–फोक्सुन्डो गाउँपालिका–७ को पुग्मो गाँउ क्षेत्रमा पर्ने रमाना भन्ने यार्सापाटनबाट उनीहरु पक्राउ परेका हुन्। रमाना पाटनबाट पक्राउ पर्ने सबै डोल्पा जिल्लाका भएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको कार्यालयले जनकारी दिएको छ। पक्राउ पर्नेमा खगेन्द्र रोकाय, नरेन्द्र बोहोरा, राजेन्द्र बोहोरा, हिरालाल बोहोरा रहेका छन्। त्यस्तै वडा–९का जंग बहादुर बुढा, तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुल बहादुर सार्की, गोर बिटालु, राजेन्द्र बुढामगर, मुललाल बिक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादबले जानकारी दिए। उनीहरुको साथबाट ३ सय ४ थान यार्सागुम्बा, ३ थान मोबाइल,२ थान कुटो बरामत गरिएको रेञ्जर छत्र खड्गाले जनकारी दिए। यार्सागुम्बा संकलनका लागि यार्सापाट
कर्णालीको कहर ः  बर्खामा धुँलो र  हिउँदमा हिलो !

कर्णालीको कहर ः बर्खामा धुँलो र हिउँदमा हिलो !

प्रदेश न. ६
                       सागर परियार नेपालगन्जका अशोक विसी जुम्लामा हवाई अबरुद्ध भएका कारण पहिलो पटक कर्णाली राजमार्गको यात्रा गरे । आउन त जसोतसो नेपालगन्ज पुगे । तर कर्णाली राजमार्गको यात्रा यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका उनले अब कहिले कर्णाली राजमार्गको यात्रा नगर्ने बताए । सानो गाडीमा जादा समयमै नेपालगन्ज पुगिन्छ भनेर आए, उनले भने, तर कर्णाली राजमार्गको जोखिमपुर्ण अबस्था छिचोल्दै राती ११ बजे पुरायो । न यता नउता होटल पनि बन्द, घरपनि पुग्न सकिएन । मध्यरातमा होटलका साउजी गुर्हानुपर्ने बाध्यता आईलाग्यो । त्यस्तै जुम्लाका हर्क महतका अनुसार कर्णालीमा अरु विकासले गति लिदै गएको र राजमार्ग झनै कष्टर तथा जोखिमयुक्त बन्दै गएको प्रति दुख व्यक्त गरे । समयमै पुगिन्छ भनेर मंहगो भाडा तिरेर आईयो अलपत्र पार्यो । उनलाई होटल गुर्हानु पर्ने बाध्या आईपर्यो । यस्तै कर्णालीमा राजमार्गका या

अनुदानको चामल बाटोमै बिक्री

प्रदेश न. ६, समाज
जाजरकोट, वैशाख १९ गते । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताउनुभयो । सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गर्
विशेष गाउँसभाबाट ७ कार्यविधि पारित

विशेष गाउँसभाबाट ७ कार्यविधि पारित

प्रदेश न. ६, स्थानिय तह
जुम्लाको हिमा गाउँपालिकाले सात ऐन, नियम र विधेयक पारित गरेको छ । गाउँपालिकाको विशेष गाउँसभाबाट बुधबार अपाङ्ग परिचय पत्र वितरण ऐन पारित भएको छ । ऐन पारित भएपछि अपाङ्गता भएका व्यक्तिहरुले अब सहजै रुपमा परिचय पत्र पाउने छन् । संघीयता कार्यन्वयन पछि महिला तथा बालबालिका कार्यालय जुम्ला जिल्लाबाट खारेजीमा परेपछि अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्ग परिचय पत्र प्राप्त गर्न नसकेको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताए । झण्डै दुई बर्षको अन्तरालमा अपाङ्ग परिचय पत्र वितरण नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको उनको भनाई छ । अब स्थानीय तह गाउँ तथा नगरपालिकाले ऐन नियम तथा कार्यविधि निर्माण गरिरहेका छन् । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरणमा सहजता हुने उनको बुझाई रहेको छ । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार स्थानीय तहमा