साहित्य

पुस्तान्तरण नहुँदा सङ्कटमा ‘हुड्के’नाच

पुस्तान्तरण नहुँदा सङ्कटमा ‘हुड्के’नाच

लेख/विचार, समाज, साहित्य
सागर परियार। “पश्चिमा संस्कृति हाबी हुदैं गएपछि कर्णालीका हुड्के नाच मात्र हैनन, मागल,पञ्चेबाजा,ढाल नाच लगायतका संस्कृति लोपोन्मुख बन्दै गएका छन् ।स्थानीय तहमा नीतिगत निर्णय नहुँदा हुड्के नाच पुस्तान्तरण र संरक्षण गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।” तिला गाउँपालिका ३ का हस्त दमाई अहिले पनि हुड्के नाच्छन् । हुड्क नाच जुन उहाँका बुबाले उनलाई सिकाएर गएको संस्कृतिमा आधारित एक पुर्खोउली सिप हो । हस्त दमाई गाउँघरमा कसैको विवाह हुँदा,छोरा हुँदा वा कुनै उत्सव हुँदा नाच्न गाउँ गाउँमा जान्छन् । उहाँलाई विभिन्न ठाउँबाट निमन्त्रणा आउँछन् । विशेष गरी मङ्सिर र वैशाखको महिनामा अरू समय भन्दा धेरै निमन्त्रणा आउने गर्थ्यो । जुम्लाको पूर्व गुठिचौरदेखि पश्चिम कालिकोट र दक्षिण सिंजासम्मका विभिन्न गाउँहरूमा उहाँ आफ्नो हुड्के नाच लिएर पुगेका छन् । तातोपानी ३ का रतन दमाई पनि एक पोख्त हुड्के नाच्ने कलाकार हुन
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

साहित्य
जुम्ला । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ ः५५ बजे निधन भएको हो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।
सिंजा सभ्यता सहितको  खस संग्रहालय बन्दै, भव्य शिलन्यास जस्तै उद्घाटन् पनि होला त ?

सिंजा सभ्यता सहितको खस संग्रहालय बन्दै, भव्य शिलन्यास जस्तै उद्घाटन् पनि होला त ?

साहित्य, स्थानिय तह
सागर परियार सयौ वर्षपछि सिंजा सभ्यताको संरक्षणका लागि खष संग्रहालय बन्ने भएको छ । नेपाली खष भाषाको उद्गम स्थल सिंजा, तथा शाक्तिसाली सिंजा राज्यको ऐतिहासिक महोत्सव झल्काउने, भाषा संस्कृति संरक्षण गर्न सिंजामा संग्रहालय बन्न लागेको हो । सिंजा सभ्यताको खस संग्रहालय निर्माणका लागि विहिबार सिंजा गाउँपालिका अध्यक्षले संग्रहालय शिलन्यास गरेका छन् । मागल, बञ्चेबाजा सहितको तामझाम संग्रहालयको शिलन्यास गरिएको हो । सिंजा गाउँपालिका १ विष्टबाडा गाउँमा संग्रहालय निर्माण हुने छ । झण्डै ४ हजार वर्ग मिटर जग्गाामा पुरानै कला संस्कृति झल्कीने शैलीको बनावट भएको र सिंजा सभ्यता सहितको खष संग्रहालय निर्माण गरिने निर्माण समितिका अध्यक्ष देविकृष्ण तिवारीले बताए । उनका अनुसार आजभन्दा ३४६० वर्षअघि अर्थात इशापूर्व १४४५ मा राजा जालन्दरले सिञ्जा राज्य स्थापना गरेका थिए । लामो ऐतिहास बोकेको सिंजा सभ्यताको संग्रहालय
हराउँदै हुड्के नाच र पञ्चेबाजा

हराउँदै हुड्के नाच र पञ्चेबाजा

समाज, साहित्य
नन्दराम जैसी, जुम्ला । कर्णालीमा हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा बजाइने पञ्चेबाजासँगै हुड्केनाच हराउँदै गएको छ । पछिल्लो समय विवाहबर्तन तथा विभिन्न सभासमारोहमा पञ्चेबाजासँगै हुड्केनाचको माग हुन छाडेपछि यो लोप हुनथालेको हो । बजारमा सजिलै उपलब्ध आधुनिक गित संगित र बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृती हराउन थालेका छन् । केहि बर्षपहिले हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा अनिवार्य जस्तै बनेको हुड्केनाच र पञ्चेबाजाको अहिले माग घट्दै गएको छ । कर्णालीको मौलिकता झल्काउने हुड्केनाच र पञ्चेबाचा बजाउने सीप पछिल्लो पुस्तालाई हस्तान्त्रण नहुनु र नँया पिँढीले समेत सिक्न नचाहाँनुले हुड्केनाच हराउँदै गएको हो । विभिन्न शुभ कार्यमा प्रयोग हुने हुड्केनाच र पञ्चेबाजाको सट्टा आधुनिक तथा पश्चिमेली गित संगितले ठाँउ पाउन थालेका छन् । पञ्चेबाजामा पर्ने नरसिङ्गा,
लक्ष्मीकन्या बुढाको “कर्णालीमा महिला” पुस्तक बिमोचन

लक्ष्मीकन्या बुढाको “कर्णालीमा महिला” पुस्तक बिमोचन

साहित्य, स्थानिय तह
                                                                         कर्णालीका महिला गर्भबाटै हिसांमा सागर परियार महिला अधिकारकर्मी तथा राजनीतिकर्मी, लक्ष्मीकन्या बुढाको कर्णालीमा महिला भाग २ नामक पुस्तक बुधबार बिमोचन गरिएको छ । जुम्लाका सयौ हिंसा पिडित महिलाको उपस्थितीमा पुस्तकको औपचारिक विमचोन गरिएको हो । कर्णालीका महिलाले द्धन्द्ध कालदेखि आज भोगिरहेका विभिन्न पिडाहरुलाई पुस्तक मार्फत देखाइएकोले, महिलाको सहभागितामा पुस्तक लोकाअर्पण गरिएको हो । गुठिचौर ३ मा २०४५ सालमा जन्म भई, दश वर्षे जनयुद्ध देखि विभिन्न आन्दोन तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी एक अधिकारकर्मी हुन् । उनले स्वयम महिला अधिकार कर्मीनै, हिंसाको चपेटामा किन छन भन्ने कुरा गम्भीर विषय बनेको बताईन । महिला संग सम्बन्धीत घटनाहरु दैनिक बढ्नुले महिला मुक्तिका नारा मात्र सिमित रहेको उनको भनाई छ । क्षामतावान महिलाको स
माग २० देखि जुम्लामा चलचित्र ‘कचहरी’ प्रर्दशन हुँदै

माग २० देखि जुम्लामा चलचित्र ‘कचहरी’ प्रर्दशन हुँदै

मनोरञ्जन, साहित्य, स्थानिय तह
नन्दराम जैसी जुम्ला । आउँदो माग २० गतेदेखि जुम्लामा कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत कथानक चलचित्र ‘कचहरी’ को च्यारीटी सो शुरुहुने भएको छ । चलचित्रको छायांकनपछि निर्माण कार्य सम्पन्न भएकाले जुम्लामा करीब एक हप्तासम्म च्यारीटी सो हुने पावर मुभिज प्रोडक्सन प्रा.लिले जनाएको छ । प्रा.लि द्धारा जिल्लामा शुक्रबार गरीएको पत्रकार सम्मेलन मार्फत एक हप्तासम्म प्रर्दशन हुने च्यारीटी सो का अवसरमा चलचित्र हेर्ने मौका नगुमाउन सबैलाई आग्रह गरीएको छ । चलचित्रको कथा, बिषयबस्तु र लोकेसनका आधारमा गतबर्ष पुस ५ गतेदेखि छाँयांकन शुरु भएको थियो । भने केहि दिन अघि मात्र निर्माण कार्य सकिएको छ । पावर मुभिज प्रोडक्सन प्रा.लि का अनुसार केहिदिनपछि चलचित्रको टेलर समेत सार्वजनिक हुने भएको छ । त्यस्तै जिल्लाका हरेक स्थानिय तहमा चलचित्र प्रर्दशन गर्ने तयारी भैरहेको छ । जिल्लाको ४० बर्ष पुरानो कला संस्कृतिको अवस
नेपाल आइडल टप फोरलाई नजिकबाट चिन्नुस्

नेपाल आइडल टप फोरलाई नजिकबाट चिन्नुस्

समाज, साहित्य
काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आउँदो शुक्रबार काठमाडौंमा हुँदैछ। यो अन्तिम प्रतिस्पर्धाबाट मुलुकले नयाँ आइडल पाउनेछ। देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै, दर्शकको माया बटुल्दै आइडलको ’अन्तिम चार’ मा छानिएका छन( अस्मिता, विक्रम, सुमित र रवि। यस हप्ताको अन्नपूर्ण सम्पूर्णले आइडलका यी टप चार प्रतिस्पर्धीका केही व्यक्तिगत पाटासहित उनीहरूलाई तपाईँमाझ चिनाउन खोजेको छ। अस्मिता अधिकारी सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी। उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्। पढाइ र रुचि फरक–फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढ्ने उनको सोच छ। ‘सेवाका लागि नर्स, रु
मन्लाग्दी गर – गजल

मन्लाग्दी गर – गजल

मनोरञ्जन, लेख/विचार, साहित्य
जन नेता व्यथा बन्यौ, लौ मन्लाग्दी गर साथि । जन्ता भोकै मरे मर्लान्, आफ्नो भूडि भर साथि ।। तलब भत्ता वाइक गाडी, तिमीलाई नै चाहिने भयो । सोझा गरिब जनतालाई, लगाउदै जाऊ कर साथि ।। न त तिम्रा बाले सके, न त तिमी किन्न सक्थ्यौ । निशुल्क बाइक गाडी पाछौ, भवसागर तर साथि ।। जनताको सम्पति छ, तिम्रो बा को बिर्ता हैन । स्वदेश बिदेश घुम्न जाऊ, फ्री पाइने छर साथि ।। तलदेखि माथिसम्म, च्यानल आफ्नै मिला हौला । घुस खान भ्रष्ट बन्न, तिम्लाइ के को डर साथि ।। डोजर किन्नु ट्याक्टर किन्नु, बिकास गर्ने वाहनामा । जन्ता ठगी आनुदानु, आफ्नै गोजि भर साथि ।। एक छाक टार्न एक जोड लाउन, हम्मे हम्मे थियोे तिम्लाइ । मामाको धन फूपू श्रद्धा, मोज मस्ती गर साथी ।। मामा भान्जा साला साली, अरु अरु नातागोता । ठेक्का पट्टा अनि जागिर, आफ्नै मान्छे भर साथि ।। कति बाड्यौ झुटा आशा, चुनाव हुँदा जनतालाई ।
अप्सरा हुन् कि रारा

अप्सरा हुन् कि रारा

मनोरञ्जन, साहित्य
  हेर्दै जाँदा जगत दुनियाँ, वेदना भूल्छ सारा लेटेकीछिन् सुरम मुगुमा, अप्सरा हुन् कि रारा निलो पानी टिलपिल गरी, देखिने कुण्ड कस्तो छल्का सुन्दा छमछम गरी, नाचने ताल जस्तो ह्ेर्दा लाग्ने गगन यसमा, एक चांैटो खसेको हेला लाग्ने हृदय बिचमा, थप्प आई बसेको डाँडा काँडा वरपर यही, ती परी नागवेली लाग्छिन् रारा हृदय सबका, स्वर्गकी हुन् कि चेली डाँफे याँही रनवन उडी, गाउ“ने मिष्ठ गाना नाच्ने सारा मृग पशुहरू, जीवका जाति साना फूलै फुल्दै मगमग गरी, बास छर्ने वनैमा तान्ने साहै्र हृदय सबका, छाप राखी मनैमा टिप्दै उन्दा कुशुम वनका, बन्छ माला गलैमा पौड्ने याँही असल असला, जीव कैँयौ जलैमा कालो भालू मृग र चितुवा, खेलने कश्तुरीको देख्दा हट्छन् विरह मनका, हो कि स्वर्गैपुरी यो सन्ध्यामा ती टिलपिल गरी, देखिने जुनतारा लोभ्याऊने मनहरु सबै,अप्सरा हुन् कि रारा ह्ेरी कल्यै पनि
धनसिंह थापाको दशै कोसेली ‘नरोउ मेरी आमा’ सार्वजनिक (भिडियो-सहित)

धनसिंह थापाको दशै कोसेली ‘नरोउ मेरी आमा’ सार्वजनिक (भिडियो-सहित)

मनोरञ्जन, साहित्य
नन्दराम जैसी, जुम्ला । गितकार धनसिंह थापाले नेपालिहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलिको अवसरमा सारा नेपालिलाई रुवाउने तथा सबैको मन छुने दशै विषेश गित सार्वजनिक गरेका छन् । गितकार थापाले हालै मात्र ‘नरोउ मेरी आमा’ बोलको दशै गित बजारमा ल्याएका हुन् । जुन गितले परदेशी छोराको पीडामा तड्पिएकी हजारौं आमाको यथार्थ कथा झल्काउँछ । यो गीतमा गरिबी र बेरोजगारीको कारण एउटा युवक छोराले सबै घर परिवार छोडेर खाडी मुलुकमा खुन पसिना बगाउनु परेको, घरमा बुढी आमा छोडेर गएको छोराले आफ्नो पिडा मनमा लुकाएर आमालाई मेरो पिर चिन्ता नमान्नुहोस, धन ल्याउला सुखी जीवन बिताउला आमा भनेर सम्झाई राखेको जस्ता धेरै मर्मस्पर्शी भाव समेटिएका छन् । यो गितमा संगीत पदम रोकायाले गर्नुभएको छ, भने स्वर चर्चीत जनप्रेमी गाएक बद्री पंगेनीको रहेको छ । साथै अभिनय लक्ष्मी गीरी, उत्तम केसी, पदम रोकाया र लोकराज थापाले गरेका छन् ।