
कर्णालीमा बिमा ः विपद्ले मरे २ लाख, घर भत्किए १ लाख
जुम्ला- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशका सबै नागरिक र कर्मचारीको बिमा सुरक्षित गरिएको बताएका छन् ।
२३ औँ भूकम्प सुरक्षा दिवस अवसरमा जुम्लामा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णालीबासीका सबै नागरिकको बिमा कार्यक्रमअन्तर्गत बिमा गरिने लागेको बताएका हुन् ।
कर्णालीका कोही पनि नागरिक विपद्बाट मृत्यु भए २ लाख रुपैयाँ रकम दिने बिमा प्याकेज प्रभावकारी र नमुना भएको उनको दाबी छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद्मा मृत्यु भए २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन थालिएको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग बिमा सम्झौता भइसकेकाले कार्यान्वयन सुरु भएको जनाएको छ ।
विपद्ले मृत्यु भएदेखि घर भत्किएसम्म राहत
कर्णाली प्रदेशमा विपद् आइलागेर घर भत्किए १ लाख रुपैयाँ पाउने व्यवस्थाअनुसार हालस