
विजयी घोषणा गरेको आयोजकलेनै तातोपानीलाई फेरी खेल्न भनेपछि ……
कर्णाली पोष्ट संबाददाता ।
आइतबार तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको कर्मचारी टिम बीच भएको खेलमा तातोपानी गाउँपालिकाले जितेको स्वयम आयोजकलेनै घोषणा गरेको थियो । तीन जना रेफ्रीमध्य दुईजना रेफ्री र आयोजकलेनै तातोपानीको कर्मचारी टिमको जीत भएको घोषणा गरेको हो ।
तर आयोजकले विजयी घोषणा गरिसकेको तातोपानीको कर्मचारी टिमलाई भने सोमबार विहान एकाएक पुन पातारासीकै टिम संग परामर्श गर्न र पुन रि म्याच खेल्न भनेपछि तातोपानीका कर्मचारी खेलाडीले अचम्मीत हुदै विजयी घोषणा भईसक्दा पनि फेरी किन खेल्ने ? किन पातारासी संग छलफल गर्ने ? भन्दै आयोजकले नियमत पुर्ण ढंगबाट तातोपानीको कर्मचारी टिमलाई हराएको तातोपानीका कर्मचारी टिमका संयोजक मिलन बुढ्थापाले बताए ।
पातारासी र तातोपानीको विजयीको निष्कर्षनै नगरी आयोजकले अर्को टिमलाई फाईनल खेल्न लगाएको र आफ्नै निर्णय कार्यान्वयनमा आयोजक चुकेपछि