खेलकुद

आइसिसी डिभिजन–२ नेपालले विश्वकप छनोट खेल्ने

आइसिसी डिभिजन–२ नेपालले विश्वकप छनोट खेल्ने

अन्तराष्ट्रिय, खेलकुद
करण केसी र सन्दीप लामिछानेले अन्तिम विकेटका लागि ७.५ ओभरमा अविजित ५१ रन जोडेपछि नेपालद्वारा क्यानडा १ विकेटले पराजित काठमाडौँ ः नेपालले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिगमा पाँच खेलबाट सर्वा्धिक ८ अंक जोड्यो । दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ । क्यानडा र नामिबियाले पाँच खेलबाट समान ६ अंक जोडे पनि रनरेटमा पछि परे। फेरि डिभिजन १ मा गत वर्ष आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र नपर्दा नेपाल डिभिजन–२ मा घटुवा भएको थियो । ६ महिनाको अन्तरमै नेपाल समूहको शीर्ष स्थानमा रहँदै माथिल्लो डिभिजनमा उक्लेको छ । नेपालले आइसिसी डिभिजन–५ बाट विश्
नेपाल सामु नामिबियाको १३९ रनको लक्ष्य, सन्दिपले लिए ४ विकेट

नेपाल सामु नामिबियाको १३९ रनको लक्ष्य, सन्दिपले लिए ४ विकेट

खेलकुद
काठमाडौँ, आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिबियाले नेपाल सामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको एफिज पार्कमा भएको खेलमा नेपालले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ओभरबाटै नामिबियालाई दबाबमा राखेको नेपालले ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनाउन सफल भएको हो । नेपालका सन्दिप लामिछाने एक्लैले चार विकेट लिए भने सोमपाल कामीले ३ विकेट, बसन्त रेग्मी, पारस खड्का र शरद भेषवाकरले १र१ विकेट आफ्नो नाममा लेखाए । नामिबियाका लागि क्रेज विलियम्सले सर्वा्धिक ४१ रन बनाएका थिए ।

बार्सिलोनाको अपराजित यात्रा

खेलकुद, टिप्स
बुधबार, २४ माघ २०७४ एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रा जारी राखेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले स्पोनोयलसँग १–१ गोलको बराबरी खेल्यो । लिगमा बार्सिलोना चौथोपटक बराबरीमा रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६६औँ मिनेटमा जेरार्ड मेरेनोले इस्पोनोललाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा निरन्तर गोलका मौकालाई गोलमा परिणत गर्न असफल रहेको बार्सिलोना ८२औँ मिनेटमा १–१ को बराबरी गर्न सफल भयो । डिफेन्डर जेरार्ड पिकेले आकर्षक हेड गर्दै बार्सिलोनालाई बराबरीमा ल्याएका हुन् । पिकेले मेसीको फ्रिकिकको सदुपयोग गरेका थिए । खेलमा आराम दिइएका मेसीलाई पहिलो हाफमा गोल नभएपछि दोस्रो हाफमा मैदानमा पठाइएको थियो । बार्सिलोनाको रेकर्ड बराबरीसँगै बार्सिलोनाले लिगमा सुरुवातबाटै लगातार २२ खेलसम्म अपराजित रहने कीर्तिमान कायम गरेको छ । बार्सिलोनाले जारी
स्पेनिस लिगमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोक्यो

स्पेनिस लिगमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोक्यो

खेलकुद
आइतबार, २१ माघ २०७४ काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई लेभान्तेले बराबरीमा रोकेको छ । गएराती लेभान्तेको मैदानमा भएको खेल २(२ गोलको बराबरीमा सकिएको हो । खेलमा रियाल मड्रिडका सर्जियो रामोस र ईस्कोले एक एक गोल गरेपनि लेभान्तेका बोआटेङ र पाजीनीले दुई गोल फर्काउदै खेल बराबरी गरेका हुन् । बराबरी पछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढेको छ । जारी लिगमा रियाल मड्रिड शिर्ष स्थानको बार्सिलोनाभन्दा १८ अंकले पछि पर्दै चौथो स्थानमा छ । ला लिगाअन्तर्गतका अरु खेलमा रियाल बेटिसले भियारीयाललाई २(१ ले हराउँदा आईबारले सेभियामाथि ५(१ को जित निकाल्यो । यसैगरी आलाभेजले सेल्टा भिगोलाई २(१ ले हरायो । स्पेनिस लिगमा आज राती शिर्ष स्थानको बार्सिलोनाले आफ्नै शहरको ईस्पानियोलसँग खेल्दा दोस्रो स्थानको एथ्लेटिको मड्रिड र तेस्रो स्थानको भ्यालेन्सिया आमने सामने हुनेछन् ।
घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

कृर्षि, खेलकुद, टिप्स, प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, समाज, स्थानिय तह
माघ १८, काठमाडौं । हाइकिङका लागि फूलचोकी पुगेका जोन तामाङलाई ६ दिन पछी जिवितै उद्दार गरिएको छ । हाइकिङ पुगेर घर फर्किने क्रममा उनि जंगलबाटै बेपत्ता भएका थिए । रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली बुधबार सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यसपछि त्यहाँबाट तल झर्यो । खोजीको क्रममा लाकुरी भञ्ज्याङ जाने बाटोबाट उद्दारकर्ताहरु दायाँतर्फ लागेका थिए । रामकाजी तिवारी र चन्द्र आलेले बाटो छाडेर केहि तलतिर खोज्दै थिए । देख्दैमा डर लाग्दो ठाउँमा खोज्ने क्रममा करिब पौने ५ बजेतिर एउटा झोला भेटिएको थियो । झोलाकै आधारमा लडेको रुखको चेपमा एउटा मान्छे घोप्टो अवस्थामा देखियो । घोप्टो अवस्थामा टोपी स्पष्ट देखियो । जुन टोपी जोनको फोटोसँग मिल्दो थियो । तब जोननै हुन् भन्ने एकिन भयो र उद्दारकर्ताले उनलाई उनकै नामल
रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

रोल्पामा गाउँपालिका अध्यक्षसँग दुईवटा नागरिकता भएको भन्दै उजुरी

अर्थ/विकास, कृर्षि, खेलकुद, प्रदेश खबर, प्रदेश न. १, प्रदेश न. २, प्रदेश न. ३, प्रदेश न. ४, प्रदेश न. ५, प्रदेश न. ६, प्रदेश न. ७, राजनिति, लेख/विचार, समाज, स्थानिय तह
माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो । अध्यक्ष खत्री विरुद्ध उजुरी परेकोले अब छानविन सुरु हुने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो । आफू आएदेखि जिल्लामा यस्तो प्रकारको उजुरी पहिलो पटक परेको समेत प्रजिअ भट्टराईले बताउनुभयो । यसबारे छानविन थप फैसला अदालतले गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । अध्यक्ष खत्री विरुद्ध परेको उजुरीमा पठु खत्रीका पाँच भाई छोराहरु भिउदे, धनीराम, बिर बहादुर, मोतिराम र डण्डपानी मध्ये बिर बहादुर (साईला) रहेको र उनको २०४० सालमा मृत्यु भएपछि भिउदे हालका बिर बहादुरले तत्कालिन पा
मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

खेलकुद
कास्की ः नेपाल पुलिस क्लब पोखरामा जारी १६औँ संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा मनाङलाई ३–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । डिफेन्डिङ च्पाम्पियन मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्ने क्रममा पुलिसले सबै तीन गोल दोस्रो हाफमा सम्भव बनायो । मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको पुलिस र मनाङ आहाराराको सर्वा्धिक सफल टिमका रूपमा रहँदै आएका छन् । पहिलो हाफ गोलरहित बराबरी एक–अर्का्विरुद्ध पटक–पटक भिडेका पुलिस र मनाङले पहिलो हाफबाटै एक–अर्का्विरुद्ध गोल प्रयास गरेका थिए । १८औँ मिनेटमा अभिषेक रिजालको राम्रो प्रहार सदुपयोग गर्न नसक्दा पुलिस सुरुवाती अग्रताबाट चुक्यो । लगत्तै ३३औँ मिनेटमा मनाङले पनि राम्रो मौका पाएको थियो । सुजल श्रेष्ठले करिब ३५ यार्डबाट गरेको उत्कृष्ट प्रहारलाई गोलरक्षकले सानदार बचाउ गरे । दोस्रो ह
भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने

खेलकुद
माघ १४, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने भारतको चर्चित क्रिकेट आईपीएलमा आवद्ध भएका छन् । यससँगै सन्दिप आइपीएल क्रिकेटमा आवद्ध भएका पहिलो नेपाली क्रिकेटर बनेका छन् । सन्दिप आईपीएल टिम दिल्ली डेयरडेभिल्ससँग आवद्ध भएका हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । उनको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै सन्दिपलाई किनेको हो । दिल्लीको टिममा गौतम गम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ- आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी । को हुन् सन्दीप ? दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उद