स्थानिय तह

गाउँगाउँमा उपभोत्ता समितिको मनपरी ःहोडिङ बोर्ड बिनै काम संचालन

गाउँगाउँमा उपभोत्ता समितिको मनपरी ःहोडिङ बोर्ड बिनै काम संचालन

समाज, स्थानिय तह
     शुसासन र पार्दशितामा निकै कमजोर सागर परियार । गाउँमा कुनै पनि योजना आउँदा सबै स्थानीयलाई जानकारी हुनुपर्छ । उपभोत्ता समिति गठनका लागि पनि सबै स्थानीयको सहभागिता अनिवार्य हुनुपर्छ । छलफलबाट जसलाई सहमति जनाए उसलाई उपभोत्ता समितिमा चयन गर्नुपर्छ । भने एक पटक उपभोत्ता समितिमा बसिसकेको मान्छे,कुनै सार्वजानिक पदमा बसेको व्यक्ति (शिक्षक,जनप्रतिनिधि,कुनै संघसंस्था संग आबद्ध एकै परिवारका दुई सदस्यं) उपभोत्ता समितिमा बस्न नपाउने समेत कानुनी व्यवस्था छ । तर तातोपानी गाउँपालिका २ नं वडा लगायतका क्षेत्रमा पहुँचवाला व्यक्तिकै उपभोक्ता समितिमा मनपरी चलेको । गाउँमा आएका योजना ८० प्रतिशत नागरिकले थाहा नपाई रातारात उपभोत्ता समिति गठन गरेको पाईएको छ । समिति गठन देखि रकम भुत्तानी र स्थानीयलाई ज्याला वितरणमा समेत उपभोत्ता समितिको मनपरी चलेको छ । दलित महिला बेरोजगार यूवालाई उपभोक्ता समितिमा प्र
जुम्ला प्रशासनले बनायो ५२ बुदे कार्यालय सुधार योजना

जुम्ला प्रशासनले बनायो ५२ बुदे कार्यालय सुधार योजना

स्थानिय तह
मानदत्त रावल जुम्ला ः जुम्लामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ५२ बुदे प्रशासन सुधार योजना सार्वजनिक गरेको हो । जिल्ला स्थित सरकारी कार्यालयमा सेवा प्रवाहमा सजिलो, सुशासन र पारदर्शिताका लागि प्रजिअ थापाले जिल्लाका सवै कार्यालयहरुमा नागरिक सहायता कक्ष देखि जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली मार्फत सेवा शुरु गर्ने भएको छ । स्थानीय प्रशासनले जिल्लाका सरकारी कार्यालय प्रमुखहरु, प्रतिनिधिसभा सांसद र सरोकारवाला निकायहरुको उपस्थितमा सार्वजनिक गरेको कार्ययोजना पत्रकार भेटघाट गरेर सार्वजनिक गरेको छ । पत्रकार भेटघाटमा जिल्लाका सवै सरकारी कार्यालयमा नागरिक सहायता कक्ष स्थापना तथा प्रभावकारी संचालन, कार्यालयमा फ्रि वाईफाई, प्रथामिक उपचार किट, मोवाईल चारर्जिङ स्टेशन, अपाङ्गतामैत्री कार्यालय व्यवस्थापनमा जोड, ज्येष्ठ नागरिक
जुम्लाका स्थानीय तहको ३० करोड बढी बेरुजु, सवैभन्दा कम हिमाको २.३१ प्रतिशत

जुम्लाका स्थानीय तहको ३० करोड बढी बेरुजु, सवैभन्दा कम हिमाको २.३१ प्रतिशत

अर्थ/विकास, स्थानिय तह
मानदत्त रावल जुम्ला : जुम्लाका एक नगरपालिका र सात गाउँपालिका गरी ८ स्थानीय तहको ३० करोड १५ लाख २८ हजार रकम बेरुजु देखिएको छ । यहाँका स्थानीय तहको आर्थिक बर्ष ०७५÷०७६ को हालै महालेखापरीक्षणले सार्वजनिक गरेको प्रतिबेदनमा बेरुजु रकम उल्लेख गरिएको छ । यहाँका आठ वटा स्थानीय तह मध्ये सवै भन्दा बढी चन्दननाथ नगरपालिकाको ८.२२ प्रतिशत अर्थात रु ७ करोड ४ लाख ४८ हजार रकम बेरुजु रहेको छ भने सवै भन्दा कम हिमा गाउँपालिकाको २.३१ प्रतिशत अर्थात रु १ करोड १५ लाख ९५ हजार रकम बेरुजु देखिएको सार्वजनिक प्रतिबेदनमा उल्लेख गरिएको हो । त्यसैगरी तिला गाउँपालिकाको ८.२० प्रतिशत अर्थात रु ५ करोड ७३ लाख ८ हजार, पातारासी गाउँपालिकाको ११.२ प्रतिशत रु ५ करोड ५५ लाख ५७ हजार, सिंजा गाउँपालिकाको ८.४७ प्रतिशत अर्थात रु ४ करोड ५६ लाख ९५ हजार रकम बेरुजु रहेको छ । गुठीचौर गाउँपालिकाको ८.३४ प्रतिशत अर्थात रु ३ करोड ५८ लाख १६
मूल बजार क्षेत्रकै व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाम खलङ्गामा निषेधाज्ञा जारी

मूल बजार क्षेत्रकै व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि जुम्ला सदरमुकाम खलङ्गामा निषेधाज्ञा जारी

समाज, स्थानिय तह, स्वास्थ्य
जुम्ला ः चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रको एक जना महिला व्यवसायीलाई समेत कोरोना भाइरसको संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने “भाइरस स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको हो ।” प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २०७७ असार ३० गते दिँउस
नाग्म–गमगढी सडकखण्ड : हिलाम्य सडक, वर्षौंसम्म बनेन पुल

नाग्म–गमगढी सडकखण्ड : हिलाम्य सडक, वर्षौंसम्म बनेन पुल

अर्थ/विकास, प्रदेश न. ६, स्थानिय तह
जुम्ला ः कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधन मात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् ।  जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तराेन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुन्छ, तर कामै नभएर  फ्रिज हुने गरेको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।  उनले भने, ‘यो सडक प्रदेश र संघीय सरकार निर्माण गर्ने भनिएकाले  स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन । बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।’ त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । भन्छन्, ‘गाउँपालिकाअघिको जुगाड खण्ड सधैँ हिलाम्य हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौँ, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनक
कनकासुन्दरीको गाउँ सभामा कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई सम्मान

कनकासुन्दरीको गाउँ सभामा कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई सम्मान

स्थानिय तह, स्वास्थ्य
मानदत्त रावल, जुम्ला जुम्लाको कनकासुन्दरी गाउँपालिकाले विश्वभर फैलिदो कोरोना भाइरस महामारी विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचौ गाउँ सभामा उनीहरुलाई सम्मान गरेको हो । बुम्रमाडीचौर स्वास्थ्य चौकीका वसन्त केसी र कोठघर स्वास्थ्य चौकीका डा. सम्भुकुमार यादबलाई कदरपत्र सहित दोसल्लाह ओडाएर सम्मान गरेको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि अग्रपंत्तिमा खटिर काम गरेबापत स्वास्थ्यकर्मीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । त्यसैगरी गाउँपालिका लेखा प्रमुख गोपाल बुढा र सडकमा काम गर्ने (लेन्थम्यान) रंगबहादुर हमाललाई पनि सम्मान गरिएको जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट पारितसँग उनीहरुलाई सम्मान गरिएको अध्यक्ष रावतले बताए । आगामी बर्षका लागि गाउँपालिकाले ३७ करोड ९८ लाख २८ हजार एक सय ८९ रुपैया
कृषि,स्वास्थ्यलाई प्रथामिकता दिदै स्थानीयतहको नीति कार्यक्रम तथा बजेट प्रस्तुत

कृषि,स्वास्थ्यलाई प्रथामिकता दिदै स्थानीयतहको नीति कार्यक्रम तथा बजेट प्रस्तुत

अर्थ/विकास, स्थानिय तह
सागर परियार । जुम्लाका स्थानीय तहले बुधबार एकै साथ नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । यहाँको हिमा गाउँपालिका बाहेक एक नगरपालिका र ६ गाउँपालिकाले बुधबार बजेट प्रस्तुत गरेका हुन् । कृषि, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्रथामिकता दिदै जुम्लाका स्थानीयतहले नीति र बजेट ल्याएको पाईन्छ । कोरोना महामहारीलाई मध्यनजर गर्दै कृषि स्वाास्थ्य सबै तहको मुख्य प्रथामिकतामा परेको छ । तर प्रथामिकता अनुसार बजेट भने निकै न्युन विनियोजन भएको समेत बृद्धिजीविले टिप्पणी गरेका छन् । सातौ गाउँसभा बाट यहाँको तातोपानी गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि ३९ करोड १३ लाख १५ हजार ७ सयको बजेट प्रस्तुत गरेको छ । कृषिलाई मुख्य प्रथामिकता दिदै बजेट ल्याएको तातोपानी गाउँपालिकाले व्यवसायी कृषि गर्ने ५० प्रतिशत अनुदान, सिप हस्तान्तरण,नमुना स्याउ बगैचा निर्माण,कृषिमा यान्त्रीकरण,विउ बैंक स्थापना लगायत
आयआर्जनमुखी बजेट प्रथामिकतामा

आयआर्जनमुखी बजेट प्रथामिकतामा

अर्थ/विकास, स्थानिय तह
सागर परियार । महामारीका रुपमा फैलिएको कोरोना भाईरसले विश्वव्यापी अर्थतन्त्रनै थला परेको छ । नेपाल जस्तो विकासउन्मुख देशमा कोरोनाको प्रत्यक्ष प्रभाव चौतर्फी रुपमा समेत परेको छ । लामो लकडाउनले देशको कृषि,पर्यटन,उद्योग कलकारखाना सबै ठप्प हुँदा अर्थतन्त्रनै धरासायी भएको छ । यतिबेला संघ र प्रदेश सरकारले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरी सकेको छन् । यता स्थानीय सरकारलाई असार १० गते भित्र अनिवार्य बजेट ल्याई सक्ने प्रावधान छ । आव २०७७÷७८ को बजेट ल्याउने कसरतमा स्थानीय सरकार जुटेका छन् । कोरोनाले थलिएको अर्थतन्त्र उकास्ने, यूवालाई रोजगारी सृजना गर्ने, खालको आर्यआर्जनमुखी बजेट ल्याउनुको विकल्प छैन् । जुम्लाका आठै स्थानीयतह यहाँको उर्वभर भुमिलाई अबसरमा बदल्नका लागि उत्पादन मुखी बजेटलाई बढी जोड दिने लक्ष्यमा छन् । कृषि, पशुपालन, उद्योगधन्दा, यूवाल रोजगारीलाई जोड दिईने छ । कारोबार संग गरिए
लकडाउनमा तातोपानीका २ सय ६३ लाई रोजगारी

लकडाउनमा तातोपानीका २ सय ६३ लाई रोजगारी

स्थानिय तह
सागर परियार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण उद्योग कलकारखाना सबै बन्द छन् । जसले गर्दा काम गरेर खाने विपन्नहरुको रोजीरोटीनै खोसिएको छ । काम गर्न नसक्ने अशक्त बृद्ध,विपन्नलाई राहतको अभाव देखि यूवालाई रोजगारी अभावले लकडाउनको मारमा लाखौ नागरिक परेका छन् । तर तातोपानी गाउँपालिकाले लकडाउनको अबस्थालाई मध्यनजर गर्दै यूवालाई रोजगारी र पहिचान गरी अति विपन्नलाई राहत उपब्ध गराएको छ । लकडानले अति विपन्नको रोजगारी गुमेको छ । भने अधिकांश यूवा जनशक्ति काम विहिन भएका छन । कोरोना त्रासले घर फर्किएका हजारौ यूवा काम विहिन हुन् । तर यो बीचमा यूवालाई रोजगारी दिन सकिने प्रयाप्त सम्भााना हुँदा सबै स्थानीयतह कोरोनामै केन्द्रित छन् । तर तातोपानी गाउँपालिकाले कोरोना नियन्त्रण संगै लकडाउनका बीच २ सय ६३ जना यूवालाई रोजगारी प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लकडाउनल
सात जना कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार

सात जना कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार

स्थानिय तह, स्वास्थ्य
जुम्ला–जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सात जना कुपोषण भएका बालबालिकालाई उपचार भईरहेको छ । यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहारसहित खुवाएर उपचार गरिएको हो । हाँडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायका अनुसार गाउँपालिका भरीका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कुपोषित बालबालिकाहरुलाई पौटिक आहारसहित उपचार सेवा केन्द्र सञ्चालन गरी बालबालिकाको उपचार गएिको इन्र्चाज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिका भरीका कुपोषित बालबालिकाको तथ्यांक संकलन गरी यहाँ ल्याएर पौष्टिक आहारसहित उपचार पश्चात सुपोषित बनाएर घर पठाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।” बालबालिकाको उमेर अनुसार तौल बढाउने र बालमृत्यु दर घटाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । यसै कार्यक्रम