
जाडो मौसममा लाग्ने रोगबाट बच्ने उपाय
काठमाडौं । बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् ।
रुघा, खोकी तथा ज्वरो
यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो ।
यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टिएलर्जिक होमियोप्याथिक औषधि रोगीको लक्षणअनुसार दिइन्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । संक्रमित भएको अवस्थामा तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनुहुँदैन । तुर