कनकासुन्दरीमा आइएनएफद्धारा १४ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

उमेश बुढा सिजा ।

कनकासुन्दरी गाउँपालिकामा आइएनएफ नेपालले करिब १४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अस्ट्रेलियाको आर्थिक सहयोग र आइएनएफ नेपाल जुम्लाको साझेदारीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

विश्वव्यापि रुपमा फैलिएको दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियनत्रणका लागि आइएनएफ नेपाल जुम्लाले कनकासुन्दरीमा स्वास्थ्य सामाग्री दिएको आइएनएफले जनाएको छ ।
जसमा एन्टिजिन कीट बकस ६ ओटा, अक्सि मिटर ६, अक्सिजन सिलिन्डर ६, अक्सिजन कन्स्ट्रक्सन २, इन्फा थर्मोमिटर १०, वि.पि. सेट ४, आइभि स्ट्यान १० , निवुलाइजर १०, निवु माक्स १० , रेस्पि मिटर १०, पि।पि। ह सेट ९६०, सर्जिकल माक्स १३६ , सर्जिकल गोल्व्स १००, फेस साहड ३५० ,

डिसिन फ्याक्टेन्ड २० स्प्रेटेङ्क २, सेनिटाइजर २०० , डेलिभरि किड २ ,डेलिभरि सेट २ , पेरि लाइट ४ , डिजिटल वइट मेसिन ४ स्टेचर ८ ,साबुन २५० ,वेड सिड ३६ ,फाइवर पिलो विध रिजाइन कबर ३६ , पिलो कभर २६ , वलाङ्केट २६ , झुल २१ र ट्याकिङ म्याटिक्स २० ओटा लगायत गरी करिब १४ लाख बराबरको स्वास्थ्य सामाग्री कनकासुन्दरी गाउँपालिकालाई हस्तान्तरण गरिएको आइएनएफ जुम्लाका परियोजना सयोजक अभिषेक विकले बताए ।

उनका अनुसार हस्तान्तरण गरिएको सामाग्री हाड सिजा र कोटघर स्वास्थ चौकिमाले दिइएको सामान राखिनेछ । आवश्यकता अनुसार अन्य स्वास्थ्य चौकीमा पनि पठाइने भएको छ । समय समयमा स्वास्थ्य सामाग्री दियर सहयोग गर्ने आइएनएफ सस्थालाई धन्यवाद दिदै यी सामान पाउद आफु खुशि भयको पालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन ।

विशेष गरेर कोरोनालाई मुख्य ठानेर सामान दियकोछ । अन्य रोगका लागि पनि सामान प्रयोग गर्न सकिनेछ क्ष्।ल्।ँ। नेपाल जुम्ला ले जनाएको छ । सबै स्वास्थ्य सामान गरिद गर्दा १४ लाख बराबरको मुल्य परेको आइएनएफ नेपाल जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस