क्षतिपूर्तिको माग गर्दै प्रशासनमा विपद् पीडित


जुम्ला ः जुम्लामा बर्षादले यहाँ धेरै जनधनको क्षति भएको छ । लामो समयदेखिको लगातारको बर्षाद प्रभावित भएका व्यक्तिहरुले राहतका लागि स्थानीय सरकारदेखि प्रशासनसम्म धाउने गरेका छन् ।
यस्तै यहाँको चन्दननाथ नगरपालिका १० गैरागाउँकी पार्वती महत न्यौपानेले बर्षादले घर भत्किदा क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लामा निवदेन दिएकी छन् । साउन १५ गतेको बर्षादले घर भत्किएको निवदेनमा उल्लेख गरेकी छन् । उनले प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय जुम्लामा साउन २० गते निवेदन दिएकी हुन् ।
निर्माणाधिन अवस्थामा रहेको घर भत्किएको विपद् पीडित न्यौपानेले बताईन । उनले भनिन् निर्माणाधिन घरको तत्लो तलामा बस्दै आएका थियौैँ । घर भत्केपछि घरभित्र रहेको सवै सामान अन्नपात, लत्ताकपडा क्षति भएको छ । अहिले हामी निकै समस्यामा छौँ । राहतका लागि सरोकारवाला निकायसँग अपिल गर्दै छौँ ।
राहत सहयोगका लागि यहाँको स्थानीय सरकार चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएको उनले बताईन ।
अहिलेको बर्षादले यहाँका नागरिक धेरै प्रभावित भएका छन् । जनधनको क्षति भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । विपद् प्रभावित भएका घरमा पाँच जना परिवार बराबर १५ हजार र पाँच जना भन्दा बढी घरपरिवार भएका व्यक्तिहरुलाई २० हजार नगद राहत उपलव्ध गराउने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए । उनले भने सोही अनुसार आएका निवेदन माथि सम्बोधन गर्दै आएको छौँ ।

तपाईको प्रतिक्रिया