तातोपानीका कर्मचारीद्धारा कर्मचारीलाईनै सम्मान,जनप्रतिनिधि मुखदर्शक


सागर परियार ।


जनप्रतिनिधि मौन रहेपछि तातोपानी गाउँपालिकाका कर्मचारीहरुले कर्मचारीलाइनै सम्मान गरेका छन् । जनप्रतिनिधिहरु मुकदर्शक देखिएका छन् । कर्मचाीले पहिलो र दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाई, एक जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई सम्मान गरेका हुन् । कोरोना महामारीमा दिनरात नभनी आफ्नो ज्यानको प्रवाह नगरी कोभिड रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई गाउँसभामा जनप्रतिनिधिले सम्मान गर्नु पर्ने हो ।

तर जनप्रतिनिधि त्यस विषयमा अहिले सम्म बेखर देखिएपछि कर्मचारीबीच छलफल गरेर स्वास्थ्यकर्मीलाई सम्मान कार्यक्रम राखेको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले बताए । उनले भने,“हामीले पनि ठुलो सम्मान दिन सकेका छैनौ । हौसला बढाउन, प्रोत्सहन गर्न स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईलाई टोपी र दोसल्ल ओड्याएर सम्मान गरिएको हो । भने,एकजना स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई दोसल्ला ओड्याएर सम्मान गरेका छौ ।”

कोभिड रोकथाम संगै कार्यालयको कामकाजमा उत्कृष्ट कर्मचारीलाई छनौट गरी जनप्रनितिधिले,कार्यपालिकाबाट निर्णय गरेर सम्मान गर्नु पर्ने हो । हाल सम्म जनप्रतिनिधिले चासो नदेखाएपछि कर्मचारीको सल्लाहमै सम्मान गरिएको लेखाअधिकृत बुढ्थापाको भनाई छ ।

कोभिड रोकथाम मात्र नभई अन्य क्षेत्रमा पनि उल्लेखीय काम गर्ने कर्मचारीलाई सम्मान गर्ने संस्कारको विकास गर्नु राम्रो भएपनि त्यसको थालनी गर्न स्थानीयतहमा कन्जुसाई भईरहेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताए । उनका अनुसार कुनै पनि क्षेत्रमा खटिने कर्मचारीलाई काममा निरन्तरता ल्याउन तथा उसलाई काम प्रति अपनत्व र जिम्मेवारीबोध गराउन पनि सम्मान प्रोत्साहन गर्न आबश्यक रहेको छ । तर अहिले सम्म तातोपानीमा यस्तो कार्य भने हुन सकेको छैन् ।

तर तातोपानीका कर्मचारीले कोभिड रोकथाम तथा तातोपानीले गरेका विभिन्न गतीविविधिलाई प्रचार प्रशार गर्ने,गाउँपालिकाको विकास तथा समृद्धीमा सधै सच्चा पहरेदारको भुमिका निभाउने पत्रकारहरुलाई भने सम्मान गर्न सकेनन् । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाईले भने,“कोभिड रोकथाममा खटिने स्वास्थ्यकर्मी संगै केहि पत्रकारलाई पनि सम्मान गर्दा थप हौसल मिल्थ्यो अरुलाई पनि सिकाई हुन्थ्यो तर त्यसो हुन सकेन् । तर जनप्रतिनिधि मौन रहेको अबस्थामा कर्मचारीले कर्मचारीलाईनै सम्मान गर्नु एक चुनौती संगै संस्कारको विकास पनि हो ।”

सम्मान कार्यक्रममा उपस्थित गाउँपालिकाकी उपाध्यक्ष गंगादेवि उपाध्यायले कोभिडमा खट्ने कर्मचारीलाई सम्मान गर्ने कुरामा अध्यक्ष र आफु बीच कुराकानी भएको तर  कार्यपालिकामा निर्णय नभएको बताईन् । कर्मचारी आफैले सम्मान कार्यक्रम राख्नु सुखद पक्ष भएको भन्दै कार्यपालिकाले पनि उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कुरामा जोड दिनु पर्नेमा बताईन् ।

सम्मानपछि बोल्दै तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले आफुले आफ्नो कर्तव्य निभएको तर जनप्रतिनिधिले नभई कर्मचारीले आफुलाई गरेको सम्मानले थप उर्जा र जिम्मेवारी बढेको बताए । आगामी दिनमा तातोपानीको स्वास्थ्य क्षेत्र सुधारका लागि कहिले पछी नहट्ने र कर्मचारीले गरेको सम्मान र हौसला प्रति धन्यबाद दिए ।

तातोपानीका जनप्रतिनिधिले आफ्नो कार्यकालको ४ वर्ष बिताईरहँदा हाल सम्म कर्मचारी सम्मान गर्ने संस्कारको विकास भने गर्न सकेका छैनन् । आफ्ना आपसी विवाद तथा गाउँठाउको विकासमा बेस्थ जनप्रतिनिधिहरुले स्थानीयका कामकाजलाई सहज बनाउने, दिनरात नभनी महामारीमा खटिने स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ भन्ने मानसिकताको विकास अझै नभएको पाइएको छ ।

काम गर्ना बित्तिकै सम्मान पाउनु पर्छ भन्ने मानसिकता कसैको हुदैन् सम्मान मागेर पाईने कुरा पनि हैन् । तर सिंहो पालिका संचालनको जिम्मा पाएका तातोपानीका ८ जना वडाध्यक्ष तथा अध्यक्ष उपाध्यक्षले अहिले सम्म कुनै कर्मचारी लगायत अन्यलाई सम्मान गर्न सक्ने ठोस नीति तथा निर्णय गर्न नसक्नु दुखद पक्ष हो । अन्य स्थानीयतहले गर्ने सम्मान प्रोत्साहनका कार्यक्रमलाई तातोपानीले सिको गर्न जरुरी छ । जसले गर्दा सानो सम्मान प्रोत्साहने काम गर्ने जागर थपोस, कर्मचारीमा उर्जा आवस भन्ने नागरिकको भनाई छ ।

तपाईको प्रतिक्रिया