शान्ती सुरक्षासंगै पूर्वाधार विकासमा अब्बल नेपाली सेना

सागर परियार ।

 

जुम्लामा नागरिक सैनिक कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाली सेनाले जुम्लामा शान्ती सुरक्षा संगै पूर्वाधार विकास, स्वास्थ्य, कृषि, तथा संचार समन्वयमा अब्बल काम गर्दै आएको छ । जुम्लामा विहिवार विहान नन्दाबक्स गणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जुम्लाका पत्रकारहरुले पछिल्लो समय नेपाली सेनाले गरेको कामका प्रशांसा गरे । नागरिक सैनिक कार्यक्रम अन्तरगर्त नमुना पूर्वाधार विकास, दुगर्म गाउँमा स्वास्थ्य शिविरि संचालन,ब्यारेक भित्र कृषि कर्म, लगायतका उदाहरणिय कामहरु गरिरहेको छ ।

जस अन्तरर्गत करिब ६० लाख लागतमा निर्माण हुने संरचना नेपाली सेनाले कणर्ाली मावि अनामनगरमा २५ लाखमै ४ कोठे दुईतले भवन, स्मार्ट शौचालय, नमुना बास्केट बल कोणर् निर्माण गरेको छ । जुन जिल्लाकै एक नमुना उदाहरण हो । त्यसका साथै नेपाली सेनाले गएको आर्थिक वर्षमा जुम्ला जिल्ला भरी करिब ५४ योजना निर्माण तथा मर्मत सम्भार गरेको २४ नम्बर बाहिनी अड्डाका बाइनीपति याम सापकोटाले बताए ।

उनका अनुसार काठेपुल निर्माण, सडक संचालन विद्यालय भवन निर्माण,जनचेतना मुलक कार्यक्रम संचालन,स्वास्थ्य शिविर संचालन लगायतका विभिन्न कामह गरेर ५४ वटा ईभेन्ट संचालन तथा सम्पन्न भएका छन् । आगामी दिनमा पनि नागरिक सैनिक कार्यक्रम अन्तरर्गत समुदायको माग र आबश्यकता अनुसार नेपाली सेनाले थप काम गर्ने बाइनीपती सापकोटाले उल्लेख गरे ।

पत्रकार भेटघाट कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले नेपाली सेनाका कार्यक्रमहरु सबै सदरमुकाम केन्द्रित भएको र आगामी दिनमा दुरदराज केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने सुझाब दिए । साथै नेपाली सेनाको अनुसाशन चेन अफ कमाण्डका कुरा विद्यालय, कार्यालय, समुदाय स्तर सम्म पुराउने खालका कार्यक्रम गर्न आबश्यक रहेकोमा अध्यक्ष शाहीले जोड दिए । साथै नेपाली सेनाले गर्ने विभिन्न् गतिविधिको साथमा मिडिया साथमै रहेकाले संचार समन्वय थप प्रभावकारी हुने जुम्ली पत्रकारको आहा छ ।

सेनाले निर्वाध रुपमा समाजसेवामा काम गरिराखेको छ । र अबका दिनमा पनि नागरिकका हितका लागि काम गर्ने छ । नन्दाबस्क गण जुम्लामा नयाँ आउनु भएमा गणपति रबिना थापले भने,“नागरिक सैनिक कार्यक्रमलाई थप प्रभवाकारी बनाईने छ । भने, संचारकर्मी संगको सम्बन्ध समधुर गर्न,पूर्वाधार विकास निर्माण तथा अन्य गतीविधिमा सेना कहिले पछि हट्ने छैन् । मिडियाको साथ चाहन्छौ ।”
उनले विगतको समय के भयो त्यो थाहा भएन अबका दिनमा नेपाली सेनाले विगतका कुरालाई आत्मसाथ गर्दै नागरिक सैनिक कार्यक्रमलाइ थप प्रभावकारी बनाउने प्रतिबद्धता गर्दछु ।

उनले सेना भित्रको स्रोतसाधनको भरपुर प्रयोग गरेर भएपनि जनमैत्री कार्यमा जोड दिने बताए । विपद व्यवस्थापन,शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न चाहन्छौँ । गणपति थापाका अनुसार प्रभावकारी समन्वय र सहकार्यको खाँचो छ । समयमै सुचना र जानकारीको जरुरत छ ।
यसैबीच यसैसाता नवनियुक्त पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको १४ नम्बर बाहिनी अड्डाको जिम्मेवारी क्षेत्रको निरक्षण भ्रमण गरेका थिए । उनले साउन १७ देखि १९ गते सम्म निरिक्षण गरेका उनले कृषि क्षेत्रमा सेनाले ध्यान दिनु पर्ने बताए । यो जुम्लामा पहिलो भ्रमण थियो । यसअघि डोल्पा बसिसकेका उपरथी शाहीले जुम्लामा सेनाले थालेको नागरिक सैनिक सम्बन्धको प्रसंसा गरे । यहाँको बस्तुस्थितीका बारेमा बाहिनीपति सापकोटाले सहजीकरण गरेका थिए । सो अवसरमा उपरथी शाहीले सैनिक नागरिक सम्बन्धलाई ज्यादै राम्रो बनाउँदै लैजानु पर्नेमा जोड दिएको बाहिनपति सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस