’गमगढीमा स्वास्थ्यकर्मी, गाउँमा छट्पटिदै विरामी’

शुभाकर विश्वकर्मा
मुगु ः मुगु जिल्लामा स्वास्थ्यकर्मी कार्यक्षेत्र नवस्ने समस्या नौलो होईन, तर यो समस्या बारम्वार हुनु चाँहि समस्याका रुपमा देखा परेको छ । स्वास्थ्यकर्मीहरु विभिन्न बाहानामा स्वास्थ्य चौकीमा नबसी जिल्ला सदरमुकाममा बस्दै आएका छन् ।

जसका कारण विरामीहरु स्वास्थ्य संस्थामा छटपटिनु पनि मुगुका लागी सामान्य जस्तै भएको छ । कति ले त समय मै उपचार नपाएर मृत्यु वरण गर्नु परेको घटना मुगुमा छन् । सविधानमा नै सर्वसुलभ स्वास्थ्य सेवा पाउनु नागरिक मौलीक अधिकारको रुपमा व्याख्या गरेको छ । विरामी परेको बेला एउटा सिटामोलको पाउन पनि हप्तौ पर्खिनु पर्ने अवस्था कायमै छ ।

जिल्लाको सोरु गाउँपालिका ८ मा रहेको ईलाका स्वास्थ्य कार्यालय कच्चेमा यस्तो समस्या देखिएको छ । आधा अर्जन वढि कर्मचारी रहेको उक्त स्वास्थ्य चौकी कार्यालय सहायकको भरमा चलेको छ । उपचार गर्न विरामी स्वाथ्य चौकीमा आउछन् , डाक्टर पाउदैनन् अनि रित्तो हाल घर फर्किन्छन् । यस्तै समस्या सौरुका स्थानिय धिरज बुढाले भोगेका छन् ।

उनले ले २ दिन सम्म आफुलाई रुघाखोकी लाग्दा उपचार गराउन आउँदा स्वास्थ्य कमीको अनुपस्थितीका कारण उपचार नपाएको गुनासो गरे । स्थानिय बुढाले केहि साता देखी स्वास्थ्यकर्मीहरु नभएको कार्यालय सहायकको भरमा कार्यालय संचालनमा रहेको तथा औषधी उपचार नपाएको समेत दुखेसो पोखे ।

लगातार तीन दिन विहान १० वजे पछि स्वास्थ्य चौकी गए उपचार हुन सकेन उनले भने, यस विषयमा वडा अध्यक्षलाई भन्दा कर्मचारी सदरमुकाममा रहेको र विभिन्न वाहना कार्यक्षेत्रमा नफर्केको पाईएको छ । दैनिक १० देखी १५ जना सम्म विरामी उपचार नै नगराएर फर्किने गरेका छन् ।

उता जिल्ला स्वास्थ्य कार्यालय मुुगुले स्थानिय तह कार्यान्वयनमा आए संगै सम्पुर्ण अधिकार गाउँपालिकालाई रहेको जनाएको छ । कार्यालय कर्मचारीको तलव तथा खटनपहन पनि गाउँपालिकाले नै गर्ने भन्दै पन्छिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगुका प्रमुख सुरज गुरौले आफुुहरुको मौखिक रुपमा सम्बन्धित पक्षलाई जानकारी गराई दिने रहेको र यस विषयमा कार्यक्षेत्र मै गएर यर्थात बुझने जानकारी दिए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस