ढुंगाखानी भत्केर दुई जना मजदुरको मृत्यु


जुम्ला ः चन्दननाथ नगरपालिका ९ श्रीढुस्कामा ढुंगा खानी भत्केर शुक्रबार दिउसो दुई जना मजदुरको मृत्यु भएको छ । उनीहरुको घर निर्माणका लागि ढंगाखानीमा ढंगा निकाल्ने क्रममा ढंगाले च्यापिएर मृत्यु भएको हो । उनीहरु खानीमा ढुंगा निकालेर जीविकोपार्जनका लागि मजदुरी गर्दै आएका थिए ।

चन्दननाथ नगरपालिका ९ श्रीढुस्का गाउँका ५८ वर्षीय रक्षाबहादुर घर्तीको घटनास्थलमै मुत्यु भएको छ भने सोही वडाका घाइते २५ वर्षीय तिर्थराज घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरी हवल्दार केशर खड्काका अनुसार मृतक तिर्थराजको लाश प्रतिष्ठानको लाश घरमा राखिएको छ । आज समय पुगेसम्म घटना मुचुल्का गरी दाहस्कार गर्नका लागि आफ्न्तलाई जिम्मा लगाउने उनले बताए ।

तपाईको प्रतिक्रिया