जुम्ला बजारमा पसेकाे भालुको आक्रमणले दुई जना घाइते: भालु अझै नियन्त्रण बाहिर


सागर परियार ।
जुम्ला सदरमुकाम खलंगा बजारमा बिहिबार विहान भालुकाे आक्रमणबाट दुई जना घाईते भएका छन् ।
चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान करिब ४ बजेतिर भालुले आक्रमण  गर्दा दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका माेबाईल सपल संचालन गरिरहनु भएका हेमराज राेकाया र उहाँकी श्रीमती निर्मला राेकाया घाईते भएकाे  प्रत्यक्षदर्शी स्थानीय देबेन्द्र कार्कीले  जानकारी दिनुभयाे । उहाँका अनुसार घाइते हेमराजलाई बिहानै उठेर नुहाने क्रममा एकाएक  धारामा भालुले आक्रमण गरेको हो ।

खलंगा बजारमा व्यवसाय गर्दै आएका हेमराजका दम्पत्तीलाई भालुले आक्रमण गरि घाईते बनाएपछि उनिहरुकाे अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे छ ।

घाइते निर्मला रोकायको अनुहारमा चोट लागेको छ  ।भने, हेमराज राेकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएकाे छ । घाईते दम्पत्तीकाे अबस्था सामान्य रहेकाे छ ।

यता प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले विहानैदेखि भालुकाे खाेजी भईरहेकाे तर नभेटिएकाे बताउनुभयाे । नेपाल प्रहरी,नेपाल आर्मि,शसस्त्र सबै सुरक्षा निकाय खाेजी कार्यमा जुटेकाे डिएसपि थापाकाे भनाईकाे छ ।

उहाँका अनुसार अहिले सम्म भालु नियन्त्रणमा नआएकाेले  सबै नागरिकलाई सचेत रहन आग्रह गरिएकाे छ । कुनै बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियाेबाट सूचना समेत जारी गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
बजारमै भालु पसेर आमक्रण गरेकाे खबरपछि स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस