जुम्लामा भालु आत्तंकः३ जना गम्भीर घाईते, भालुलाई गोली हानेर मारियो

सागर परियार ।
जुम्लामा भालुको आक्रमणबाट ३ जना व्यक्ति गम्भीर घाईते भएका छन् । विहिबार विहान जुम्ला सदरमुकाम खलंगा पसेको भालुले ३ जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

चन्दननाथ नगरपालिका ५ कार्किवाडामा विहिबार बिहान ४ बजे धारामा नुहाउने गएका दैलेख स्थायी घर भई जुम्लामा मोबाईल सफल संचालन गरिरहेका हिमराज रोकाया र उनकी पत्नी निर्मला रोकाया (थापा )लाई आक्रमण गरी घाइते बनाएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जंगखत्रीले बताउनुभयो । उहाँका अनुसार विहान ५ बजे एक दम्पत्तिलाई आक्रमण गरी चन्दननाथ नगरपालिका ४ सिंगाचौर गाउँ स्थित आशिस सार्कीको गोठमा पसेको सूचना पाइयो ।

गोठमा रहेको बेला २५ वर्षिय आसिश सार्की के भनी भनेर हेर्न जादा भालुले सिधै आक्रमण गरी उहाँलाई पनि गम्भीर घाईते बनाएको छ । भालुलाई सदरमुकामभरी खोजिरहेका सुरक्षाकर्मीलाई वडा नंं ४ को गोठभित्र पसेको सूचना आएपछि सबै सुरक्षाकर्मी त्यहा पुगेर सकुशल उद्दार गर्ने प्रयास गरेका थिए ।

ढोकामा जाल लगाएर अश्रुग्याँस प्रयोग गर्दा पनि भालु भित्रबाट नआएपछि अन्नतः सुरक्षाकर्मीले घरको माथिल्लो तला प्वाल पारेर गोरी हानी नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक दान बहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सकुशल उद्दार गर्न अथक प्रयास गर्दा सम्भव नभएपछि सबैको जीवन रक्षाका लागि गोली हानेर नियन्त्रणमा लिइएको हो ।

विहिबारनै भालुलाई डिभिजन वन कार्यालयको चौरमा ८ फिट खाल्डो खनेर पुरिएको छ । जिससका उप्रमुख सिडिओ,डिएसपी,गणपति,शसस्त्रका एसपी र नेपाल पत्रकार महासंघका अध्यक्षको रोबरमा भालुलाई गाडीएको हो ।

भालुको जम्मा तौल २ क्वीइन्टल, लम्बाई ५ फिट,चौडाइ ३ फिट गोलाई ४ फिट रहेको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजंग खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सकुशल उद्दार गर्ने अथक प्रयास असफल भएपछि राष्ट्यि निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा (१०) को (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी बिजया कुरमारी प्रसाइले गोली हानेर भालु मार्ने आदेश दिएकी हुन् । हाल जुम्लामा ४ वटा भालुलाई गोली हानेर नियन्त्रणमा लिई गाडीएको छ ।

साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायहरुले घाईत तीनैजनालाई भेटेका छन् । तत्तकाल प्रतिव्यक्ति १० हजार राहत उपलब्ध गराउने । भालु नियन्त्रणमा लिँदा आसिश सार्कीको घर भत्काउनु परेको र घरको पुर्न निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको भनाई छ । उनका घाईते आसिश सार्की, हिमराज रोकाया र निर्मला रोकायाको उपचारमा थप पहल गरिने छ । यतिबेला जंगलबाट भालु गाउँघर तथा बजारमा आउन सक्ने सम्भावान भएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जंगलबा हिड्दा एक्लै नहिडन् । विहानको समयमा एक्लै नहिड्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस