अफगानिस्तानमा रहेका नेपालीको उद्वार प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।
सोमबार विहान ट्वीट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए ।
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया