पशु स्वास्थ्य शिबिरवाट २१४ कृषक लाभान्वित


जुम्ला ः पशु स्वास्थ्य शिविरबाट २१४ घरधुरीका कृषक लाभान्वित भएका छन् । तिला गाउँपालिका १ दहचौर, ९ मानेचौर र तातोपानी ७ पातरसाखुमा शिविर सञ्चालन गर्दा कृषक लाभान्वित भएका हुन् ।
यस शिबिरमा भ्याक्सिन औषधी तथा परामर्श सेवा प्रदान गरिएको पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक नविन विसिले बताए । उनले भने गाईगोरु र भेडा तथा बाख्रा गरेर ४ हजार ७८३ पशुलाई भ्याक्सिन ६ हजार ६५८ पशुलाई उपचार र ९० पशुलाई बन्ध्याकरण र परमर्श सेवा प्रदान गरिएको हो । २१४ घरधुरी ९७४ महिला र १४० पुरुष लभान्वित भएका छन् ।
पशु स्वास्थ्य शिविर तिला गाउँपालिकाको पशु शाखासँगको समन्वयमा सञ्चालन गरिएको पेस नेपाल जुम्लाले जनाएको छ । शिबिरबाट उपचार भएका पशुको स्वास्थ्यमा सुधार भएर उत्पादन बढी हुने र कृषकको आयआर्जन बढाउनमा सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ ।
पशु स्वास्थ्य शिविर कार्यक्रम अनुकुलन कोषको आथिक सहयोग, नेपाल सरकार वन तथा वावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोग र पेस नेपाल जुम्लाको आयोजनामा सञ्चालित क्याप्स कर्णाली परियोजनावाट सञ्चालन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस