कारागारमा आमरण अनशरत रेशम चौधरीलाई काठमाडौं किन लगीयो, यस्तो छ भित्रीकारण

धनगढि । स्वास्थ्यमा सुधान नआएपछि रेशम चौधरीलाई काठमाडौं रिफर गरिएको छ । गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार सेती अञ्चल अस्पताल लगिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले चौधरीलाई काठमाडौं रिफर गरेको छ ।

‘सेती अञ्चल अस्पतालले रिफर गरेको छ’ राजपाकी सांसद मालमती रानाले भनिन्,‘कागजी प्रकृया मिलाउन बाँकी छ ।’

अनशनकारीहरूले रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस