नेपाली कांग्रेस जुम्लाको वडा तहमा युवा नेतृत्व



जुम्ला ः लामो समय नेता कार्यकर्ता प्रतिक्षाको बाबजुत नेपाली कांग्रेस पार्टीको अधिबेशन सञ्चालनमा छ । महाधिबेशन सार्दै सार्दै आएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेता कार्यकर्ताको दवाब थक्न सक्ने अवस्था नरहेपछि अहिले सम्भव भएको हो । जुम्लाको ६० वडा मध्ये २ वडामा कांग्रेसको वडातहको अधिवेशन बाँकी रहेको जनाएको छ ।
जेष्ठ नागरिकले थापेको पार्टीमा अधिवेशनमा युवा नेतृत्व जुर्मुराएको छ । चन्दननाथ नगरपालिका ४ नम्वर वडाका क्रियाशिल सदस्य ३३ वर्षीय दिपेन्द्र विक्रम हमाल वडा सभापतिमा चयन भएका छन् । सानै उमेरमा नेविसंघको राजनीतिकको क्रियाशिल भुमिका रहेका हमाल अहिलेको अधिवेशनमा वडा सभापतिमा चयन भएका हुन् । यसअघि उनी नेपाली काग्रेसको जुम्ला काठमाडौँ सम्र्पक समितिको उपसभापतिको भुमिकामा रहेका थिए । यस्तै चन्दननाथ नगरपालिका १० नम्बर वडामा युवा नेता र्दुलभ खत्री पनि वडा सभापतिमा चयन भएका छन् । कनकासुन्दरी गाउँपालका – ८ मा वडा सभापतिमा मात्रिका उपाध्याय चुनिएका छन् । अहिले नेपाली काग्रेसको वडा तहको नेतृत्वमा युवाहरुको सक्रियता देखिएको नव चयन वडा सभापति हमालले बताए । उनले भने सवैको साथ सहयोगले वडाको नेतृत्व लिन सफल भएको छु ।
यस्तै तिला गाउँपालिका – २ को वडा सभापतिमा पनि युवा नेतृत्व नै चयन भएकी छन् । पहिलो पटक नेपाली काँग्रेसले महिला वडा सभापति चयत गरेको हो । शुक्रवार सम्पन्न वडाअधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ बर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन् । सीता अहिले जुम्लाको ६० वटा वडाको एक मात्र महिला वडासभापति बनेकी हुन् । सानै उमेरमा नेवि संघको राजनीतिमा लागेकी सीता पछिल्लो समयमा निस्क्रिय जस्तै थिइन ।
तर उनी दई बर्ष देखि खुला राजनीतिमा आइन् । ‘इन्टरसम्म पढेर खेतीपाती गर्दै आएको छु उनले भनिन् । यो पटक सबै नेता कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेको छु, सीताले भनिन्, ‘अब वडाको काँग्रेस पार्टीको भविष्य बनाउने जिम्मेवारी काँधमा आइपुगेको छ । सफलतापुर्वक पुरा गर्ने अठोट गरेकी छु ।
उनको माइतीघर हिमा गाउँपालिका ५ हो । उनी अहिले तिला गाउँपालिका २ लर्मी गाउँमा बस्दै आएकी छिन् । नेविसंघको राजनीतिमा उनी वडा स्तरीय समितिको कोषाध्यक्ष सम्म पुगेकी थिइन् । उनले भनिन्, ‘नेता कार्यकर्ता साथीहरुले पत्याएर सभापतिको जिम्मेवारी दिएका छन् । म साथीहरुको सुझाव सल्लाहको आधारमा लोकप्रीय काम गर्नेछु । महिलालाई जागरुक बनाउनेछु । असल राजीतिक चरित्रका बारेमा जनतामा जागरण फैलाउनेछु । राजनीतिमा महिला सहभागितको बारेमा आवाज उठाउने छु ।’
सीता वडाकी विश्वास पात्र हुन । वडासभापतिमा दुई जनाको दाबी थियो । एक जना सीता अर्को मानबहादुर बोहोरा । मानबहादुर बोहोरा वडाको तदर्थ समितिको सभापति हुन् । सीताले वडासभापतिमा सहयोग गर्न भनेपनि मानबहादुरले सहजै छोडेका थिए । उनी निर्विरोध भइन् । अहिले जुम्लामा रहेका ६० वडामा एक्लो वडासभापति हुन । अहिले सीताको जिल्लाभर चर्चा भइरहेको छ ।
नेपाली काँग्रेस तिला २ ले सीताको सभापतित्वमा १७ सदस्यीय कार्य समिति र १७ सदस्यीय क्षेत्रीय प्रतिनिधि गठन गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि कल्से रावत तिला २ ले महिला वडासभापति बनाएर उदाहरण प्रस्तुत गरेको बताए । उनले भने, ‘विकट बस्ती जुम्लामा राजनीति गर्ने महिला कमै भेटिन्छन् । सीता एक उदाहरण हुन् । उनको पार्टी प्रतिको लगनशिलता, त्याग, तपश्यका कारण वडा सभापति बन्न सकेकी हुन । यसले नेपाली काँग्रेसको जुम्ली राजनीतिमा नयाँ तरंग आउने आशा पलाएको छ ।’

तपाईको प्रतिक्रिया