पत्रकार महासंघ जुम्लाको भवन निर्माणमा सहयोग गर्ने भण्डारी र पौडेललाई सम्मान


सागर परियार ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको भवन निर्माणमा सहयोग गर्ने निकायलाई सम्मान गरिएको छ । सोमबार एक कार्यक्रमका बिच भवन निर्माणमा आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने तत्कालिन सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका प्रमुख तथा हाल प्रमुख कोष नियन्त्रक गोपीचन्द्र भण्डारी र सहरी विकास तथा भवन निर्माण विभागका सि.डि.ई सुरज पौडेललाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले पौडेल र भण्डारीलाई सम्मान पत्र सहित दोसल्ला ओड्याएर सम्मान गरे । त्यसका साथै हाल सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका प्रमुख जगदिश लामिछाने र लेखाअधिकृत तिलक डाँगीलाई पनि दोसल्ला ओड्याएर सम्मान गरिएको गरिएको छ ।
कार्यक्रममा सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका प्रमुख जगदिश लामिछानेले सरकारी लगानीबाट जुम्लामा निर्माण भएको भवन देशकै नमुना भवन भएको बताए । देशको चौथो अंगलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ २०७३ मा आईसकेपछि महासंघको भवन निर्माणले पुर्णता दिएको उल्लेख गरे ।
उनले भने,“सम्मानले थप जिम्मेवारी र हौसला मिलेको छ । दुर दराजमा आएर सेवा गर्नका लागि संचार क्षेत्रको साथ सहयोग चाहिन्छ । समन्वय सहकार्य गरेर आगामि दिनमा पनि पत्रकार महासंघको प्रगतिमा थप सहयोग गर्न प्रतिबद्ध छौ ।”

 

त्यस्तै प्रमुख कोष नियन्त्रक गोपीचन्द्र भण्डारीले २०७३ सालमा भवन डिभिजन कार्यालयमा हुँदा पत्रकार महासंघ जुम्लाको भवन निर्माणका लागि सहयोग गरेको र हाल महासंघले सम्मान गरेकोमा खुसी व्यक्त गरे । आगामि पनि दिनमा आबश्यकता अनुसार सहयोग गर्ने उनको प्रतिबद्धता गरे ।

भने,निर्माण भएको भवनलाई बहुउपयोगी बनाउन समेत सुझाब दिए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले एउटा बन्द कोठा भित्र सिमित पत्रकार महासंघको भवन निर्माण सहयोगमा सहयोग गरेर जुम्ली पत्रकारहरुको साझा थलो निर्माण गरिदिएको धन्यबाद दिए ।

महासंघको भवनलाई चाडै सूचनामैत्री र प्रविधि मैत्री बनाउने तयारी भइरहेको अध्यक्ष शाहीको भनाई छ । उनले भने,“तर अझै आर्थिक अभाव रहेको छ । अझै सहयोगको अपेक्षा गरेका छौ । भवनलाई बहुउपयोगी बनाउन सबै निकाय संग समन्वय गरेर नमुना भवन बनाउछौ ।”

नेपाल पत्रकार महासंघको भवन तत्कालिन महासंघका अध्यक्ष बरम बहादुर महत र सचिव सुर बहादुर सिंहको पालानामा निर्माण भएको हो । ंसहयोगी दातालाई सम्मान भने,नेत्र बहादुर शाहीको कार्यकालमा गरिएको छ ।

तपाईको प्रतिक्रिया