‘साहित्य’ समाज रुपान्तरणको कारक तत्व होःसाहित्यकार सायमी


साहित्य समाजको अभिन्न अंग हो । साहित्यमा समाजको विभित पक्षलाई चित्रण गर्ने क्षामता हुन्छ । समय परिबेश अनुसार साहित्य अघि बढ्छ । खासमा साहित्य वर्तमान अबस्थामा पनि दुरदराजका नागरिककाृ पहुँचमा छैनन् । केहि जानसुन व्यक्तिले साहित्यमा अभिरुचि राखे पनि समाज साहित्य सबैका लागि हो भन्ने संस्कारको विकास भएको छैन् । जसले गर्दा साहित्यको विकास पनि शहर केन्द्रित छ भन्नुमा दुईमत छैन् । यसैबीच समाजमा साहित्यको महत्व,वर्तमान साहित्यको अबस्था लगायतका साहित्यका विभित पक्षका विषयमा केन्द्रित रहेर पारिजात स्मृती केन्द्रका अध्यक्ष तथा साहित्यकार स्नेहा सायमी संग बाल साहित्य लेखक तथा सर्जक यशु श्रेष्ठले गरेको कुराकानीको सार ः

आजकल समाज र साहित्य एकअर्कामा कसरी अगाडि बढिरहेको देख्नुहुन्छ?

साहित्यकार समाजमै रहने एक प्राणी हो । समाजमा धेरै उतार  चढाव र गतिविधिहरू हुने गर्छन । ती मध्ये अमूक साहित्यकारलाई व्यक्तिगत रूपमा जे घटना , पात्र वा विषयमा लेखौं लाग्छ , त्यही विषयमा साहित्य क्षेत्रमा देखा पर्दछ । समाजलाई चित्रण गर्ने क्षमता, सिप , शैली र सोच पनि आ आफ्नै रूप, परिवेश, समयअनुसारको हुने गर्दछ । नेपाली साहित्यको कुरा गर्ने हो भने आम जनजीवनको समस्याको आम लेखन हुन सकेको छैन । अधिकांश लेखक आफैँ मध्यमवर्गीय भएका कारण अति उच्च वर्गमा भएका र निम्न वर्गमा हुने विषय, घटना र पात्रका बारेमा पनि कमै लेखिएको देख्छु । मानौं भूकम्प आयो भने भूकम्पका बारेमा, अति राजनैतिक अस्थीरता छ भने त्यही विषय, त्यस्तै समाजमा भइरहेको षिय टिपिने हुनाले साधारण समाजकै कुरा साहित्यमा उल्लेख भएको देख्छु ।

साहित्यले समाजलाई कसरी डोर्‍याउन सक्छ?

एक प्रकारको साहित्य समाजमा भएका घटना र प्रवृत्तिका बारेमा भइसकेपछि लेखिन्छ । अर्को प्रकारको साहित्य समाजलाई नयाँ गोरेको देखाउने खाले हुन्छ । समाजमा मानिसलाई बाँच्न सजिलो बनाइदिने, झन्झट हटाउने, रितिथितिको नयाँ विकल्प देखाउने, नयाँ मूल्य र मान्यता सिकाउने काम साहित्यले गर्न सक्छ । समाजलाई नयाँ दिशा निर्देशको प्रारम्भिक सोचको निर्माण नै साहित्यबाट हुनसक्छ । यस्तो अग्रगामी सोचसहितको साहित्यले समाजलाई डो¥याउन सक्छ ।

साहित्य समाजको ऐना मात्र हो ?

साहित्य समाजको ऐना त हो तर ऐनामात्र होइन । साहित्य समाजलाई रूपान्तरण गर्ने कारक तत्व पनि हो । चिसो छिंडीमा उदाउने नयाँ घाम पनि हो ।

खास साहित्य भनेकोचाहिँ के हो त ?

कुनै समय, परिवेश र घटनालाई प्रतिनिधित्व गर्ने तथा कुनै समयको समाज र सोचलाई नयाँ मोडमा ल्याइदिने लेखन नै साहित्य हो ।

नेपाली साहित्यको पाठक पटक्कै  छैन भनिन्छ नि, यहाँले कस्तो देख्नुहुन्छ , किन ?

साहित्यका पाठक हुनु र नहुनमा दुवै पक्षको बुझाइ, रुचि, सोचमा भर पर्दछ । सर्वप्रथम साहित्यका आम पाठकको रुचिसँग मिलेछ भने त्यस्तो साहित्य बढी पढिन्छ । तर साहित्यकारको दायित्व के रहन्छ भने असल कुरा सरल र रुचिकर बनाएर लेख्नु । तीतो औषधिलाई रङ्गिन क्याप्सुल बनाएर आकर्षक प्याकिङपछि मात्र बिरामीलाई खाऊँ खाऊँ लाग्छ । औषधि निर्माताले यो त औषधि हो, खानेले बुझेर खानु प¥यो नि भनेर तीतो पाउडर नै बेच्न खोजे बिरामीले नखाने र जतिसुकै राम्रो औषधि पनि नबिक्ने सम्भावना रहन्छ । साहित्यमा पनि  लेखनको प्रस्तुति कति रोचक बनाउने भन्ने काम त साहित्यकारको हो । त्यसलाई राम्रो प्याकेज बनाउने काम कलाकार प्रकाशक, पेज मेकर आदिको हुन्छ । त्यसैले पाठक छैन भन्नेचाहिँ हुँदै होइन । बरु साहित्यलाई अझै परिष्कृत र परिमार्जन गरेर असल कुरा कसरी सुन्दर प्रस्तुति गर्ने भन्ने चुनौतिचाहिँ छ ।

साधारण लेखपढ गर्न सक्नेका लागि साहित्य नलेखिएर पनि हो की ?

साधारण लेखपढ गर्नेहरूले साहित्य पढ्दैनन भन्ने अवधारणा नै गलत हो । रामायण र महाभारत पनि साहित्य नै हो ।  पुराना लोककथाहरू, लोकगीतहरू पनि साहित्य नै हो, जुन पढेर होइन, एक अर्कालाइ सुनाएर पुस्तान्तरण हुँदै आएको छ । साहित्यकारले आम मानिसका लागि भनेर साहित्य रचना गरे की गरेनन ?प्रश्न यो हो  । हुन त हिजोआज बजारीकरणको बेला छ । प्रचारको समय छ । त्यसले निश्चित लगानी खोज्छ । तर आम मानिसहरूप्रति लक्षित गरेर साहित्य लेख्ने प्रचलन न्यून छ । अझ कतिपयको त साहित्य त क्लिष्ट हुनुपर्छ भन्ने धारणा छ । त्यसले साहित्यको पाठक बढाउँदैन ।

अन्तमा विशेष के भन्न चाहनु हुन्छ ?

मानिसको जीवन भनेको छोटो नै रहेछ । को कति खेर यो संसार छोडेर जाने हो थाहा छैन । साहित्यकार भनेको पनि यही समाजको उपज हो । सकेको जति आपूmलाई असल लागेको कुरा लेखेर जान पाउनु पनि ठुलै काम हो । लेखक मात्र बन्नाका थुप्रै बाधाहरू होलान्, तर चिर्ने प्रयत्न गर्ने हो । अर्को साहित्यकारहरूबीच स्वस्थ आलोचना गर्न सकिने वातावारण बन्नुपर्छ, ताकि हामी विश्व साहित्यमा आफ्नो स्थान बनाउन सकौं ।  यो कुराकानीको लागि, केही आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा मेरा प्रिय लेखक, मेरा भाइ यशु श्रेष्ठप्रति आभार व्यक्त गर्दछु

तपाईको प्रतिक्रिया