जुम्लामा एकीकृत समाजवादीको बृहत्त शक्ति प्रर्दशन ःएमालेको भविष्य सकिएको दाबी


सागर परियार ।


नेपाल कम्युनिष्ट एकीकृत समाजवादी पार्टिले जुम्लामा बृहत्त शक्ति प्रर्दशन गरेको छ । नेकपा एमालेबाट विभाजित पछि निर्माण भएको एस पार्टिले जुम्लामा प्रथम जिल्ला कार्यकर्ता भेला तथा शक्ति प्रर्दशन गरेको हो । जुम्लामा नेकपा एमाले भन्दा एकीकृत समाजवादी पार्टि बलियो ठुलो भएको प्रमाण देखाउन पनि एस पार्टिले बृहत्त शक्ति प्रर्दशन गरेको बुझिएको छ ।
जिल्ला भेलामा जुम्लाका आठै स्थानीयतहका करिब ५ हजार कार्यकर्तालाई सदरमुकाम झारिएको स्रोतले बताएको छ । भने,एस पार्टिको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्न एकीकृत समाजवादीका कर्णाली प्रदेश ईन्चार्ज तथा पुर्वमन्त्री प्रकाश ज्वाला,कर्णालीका कृषि मन्त्री कुर्मराज शाही,प्रदेश सभा सदस्य पदम रोकाया लगायत राष्ट्यि स्तरका पेशागत संगठनका प्रमुखहरु जुम्ला पुगेका छन् ।


५ हजार बढी कार्यकर्ताको सहभागितामा जुम्ला सदरमुकाम खलंगाका विभिन्न भागमा र्याली सहित शक्ति प्रर्दशन गरेर जिल्ला खेलकुद विकास समितिको कर्वडहलमा औपरिचाक कार्यक्रम भएको छ । प्रथम जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादी कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले हजारौ कार्यकर्ताको समर्थन र उपस्थितिले जुम्लामा एमाले पार्टि विलय भएको ठोकुवा गरे ।
ब्यत्तिबाद,अंहकार तथा विधि पद्दति विपरित काम गर्ने विरुद्द डटेर सामाना गर्न नेपाली राजनीतिमा विद्रोहका रुपमा स्थापित भएको समाजवादी पार्टिको विद्रोह जुम्लाबाटै शुरु भएको समेत ज्वावालाले बताए । जुम्लामा नेकपा एमाले सकिएको भन्ने पृष्टि सयौको भिडले प्रष्ट पारेको भन्दै ओलीका पछि लाग्नेको राजनिति भविष्य पनि सकिएको दाबि गरे ।

त्यस्तै,कार्यक्रममा बोल्दै कृषिमन्त्री कुर्मराज शाही,सांसद पदम रोकाया लगायतका वक्ताले कर्णालीकै सबैभन्दा ठुलो र बहुमत भएको एकीकृत समाजवादि पार्टि जुम्लामै निर्माण हुने विश्वास व्यक्त गरे ।
एकीकृत समाजवादी पार्टि जुम्लाका अध्यक्ष तिर्थ बुढाले एउटै घरभित्र पनि सधै किचलो,सधै अन्याय र अत्याचार सहेर बस्न नसकिने भन्दै एमाले भित्र केपी ओलीको अत्याचार बढेपछि विद्रोहका रुपमा एमाले भित्रै वैकल्पिक शक्तिका रुपमा एकीकृत समाजवादीको उदय भएको बताए ।


जुम्लामा एमाले समाप्त भई सकेको दाबि गर्दै कार्यकर्ताको भरोसा,विश्वास तथा संख्यात्मक हिसाबले एमाले भन्दा समाजबादी पार्टि बलियो र ठुलो भएको अध्यक्ष बुढाको भनाई छ । जुम्लाका एमालेबाट निर्वाचित ९० जना मध्य जनप्रतिनिधि मध्य ४४ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । भने,६१ जनाको जिल्ला कमिटि मध्य ५८ जनाले समाजवादी रोजेका छन ।

 

तपाईको प्रतिक्रिया