किशोरीलाई महिनावारी स्वच्छता सचेतीकरण


जुम्ला ः नरहरीनाथ गाउँपालिका कालिकोटका किशोरीलाई महिनावारी स्वच्छता तथा लैड्डिक समावेशिकरण सचेतीकरण गरिएको छ । प्लान नेपाल र साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको सहजीकरणमा किशोरीलाई महिनावारी स्वच्छता सचेतीकरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले परम्परागत रुपमा चलिआएको कु–संस्कारले गर्दा महिला महिनावारी हुदा निकै पिडा भोगिरहेको उल्लेख गदै केहि हदसम्म किशोरी र महिलाले आफ्नो समावेशी अधिकार बारे आवाज उठाउने गरेपनि समुदायमा चलिआएको गलत प्रचलनले अझैपनि लैड्डिकरुपमा अर्थपुर्ण महिलाहरुको हरेक क्रियाकलापमा सहभागिता नहुने गरेको बताईन् ।

स्थानीय सरकारको सहयोग रहने र स्थानीय सरकारले लैड्डिक समावेशिकरणका कार्य गर्दै आएकोले सबै सरोकारवालाको सहयोग रहनुपर्ने धारणा राखिन् । तालिममा पेस नेपालका कार्यक्रम अधिकृत श्रीराम थापाले यस पालिकाका किशोरीहरुलाइ महिनावारी स्वच्छता व्यवस्थापन तथा लैड्डिक समावेशीकरणका बिभिन्न कार्यक्रम पेस नेपालले गर्ने भएकाले किशोरी तथा युवा महिलाको क्षमता बिकास हुने भएकाले यो कार्यक्रमलाई स्थानीय सरकाले संचालनमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

पेस नेपालद्धारा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिल परियोजनाको जानकारी गराउदै सामाजिक परिचालक शंकर प्रसाद उपाध्यायले साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला स्थापना कालदेखि नै लक्षित समुदायको उत्थानका लागि विभिन्न दातृ निकायसँंग सहकार्य गरी जुम्लामा काम गदै आएको र यस बर्षबाट कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छता उत्थानशिल परियोजना संचालन सुरु गरेको बताए ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान इन्टरनेशनलको साझेदारीमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिल परियोजना वर्षका लागि जिल्लाको नरहरिनाथ गाउँपालिकामा लागु भएको छ । परियोजनाले नरहरिनाथ गाउँपालिकामा रहेका बिद्यालयमा खानेपानी निर्माण तथा सरसफाइ सुधारका कामहरु गदै यस पालिकामा जलबायु अनुकुलन, बिपद जोखिम न्युनिकरण जस्ता महत्वपुर्ण क्षेत्रमा काम गरि बालबालिकालाई लैंगिक समावेशी र समानताका आधारमा अवसर प्राप्त गर्न सक्ने वतावरण दिने र बालबालिका लैंगिक रmपान्तरण, अपाङ्गमैत्री र संस्थागत शैक्षिक समावेशी प्रणालीको क्षेत्र विकास गर्ने छ ।

 

तपाईको प्रतिक्रिया