बिवादित नर्सिङ परिक्षाकाे नतिजाबारे छानविन गर्न  जिससकाे माग


कर्णाली पाेष्ट संंबाददाता ।                                               
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएकाे नर्सिङ स्टाप तर्फकाे परिक्षाकाे प्रकाशित नतिजा बिवादित भएपछि सत्य तथ्य छानविन गर्न माग गरिएकाे छ ।

भदाै २६ गते प्रकाशित सूचनामा ५० जनाकाे सर्टलिष्टमा नाम नभएकी सिम्बाेल नम्बर समेत फरक परेकाे उम्मेदवारलाई १ नम्बरमा छनाैट गरि कर्णाली प्रतिष्ठानले कर्मचारी भर्ना गर्दा हुने अनियमितताकाे विगतकै नजिरलाई कायम राखेकाे भन्दै छानविनकाे माग गर्दै जिल्ला समन्वय सिमितले जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्रचार गरेकाे हाे ।

नतिजा प्रकाशनमा गम्भिर त्रुटि भएकाे भन्दै टार्न खाेजेपछि छानविनका लागि जिल्ला समन्वय समितिले स्थानीय प्रशासनलाई पत्रचार गरेको कार्यवाहक प्रमुख कार्मा बुढाले बताउनुभयाे   ।

स्थानीय प्रशासनलाई जिसस जुम्लाले भदौ ३१ गते गरेको पत्राचारमा, “२०७८ साल भाद्र २६ गतेका दिन लिखित परीक्षाको ५० जनाको नाममा संलग्न नतिजा प्रकाशन गरि २०७८ भाद्र २८,२९ र ३० गते लिएको मौखिक परीक्षाको नतिजा सामाजिक सञ्जाल र पत्रपत्रिकामा सिम्वोल नम्बर SN 057 सपना न्यौपानेको नाममा परीक्षा उत्तिण भएको सूचना प्रकाशन भएकोमा उक्त सिम्वोल नम्बर सदिक्षा रोकायाको हुन आएकाले उक्त परीक्षाको बास्तविकता के हो ? छानविन गरि परीक्षार्थीलाई न्याय दिलाउन र प्रतिष्ठानको छवि बचाउन भनिएको छ ।

प्रतिष्ठानकाे स्थापना कालदेखिनै कर्मचारी भर्ना गर्दा बिवाद आलाेचना आउने भएकाले आगामि दिनका प्रतिष्ठानका सबै परीक्षा लाेक सेवा आयाेगले लिने व्यवस्था हुनु पर्ने समेत जिससका कार्यबाहक प्रमुख बुढाकाे सुझाब छ ।

सरकारकाे मातहतमा रहेकाे प्रतिष्ठानमा निश्चित व्यक्तिकाे हालिमुहाली बढेकाेले नीतिगत रुपमै  कर्णाली प्रतिष्ठानका सबेै परीक्षा लाेक सेवा लिने व्यवस्थापन गर्नु पर्ने उहाँकाे माग छ ।

यदपि, प्रतिष्ठानमा कर्मचारी भर्ना गर्दा पुर्ण जिम्मेवारी नभई परीक्षा समितिमा एकजना लाेकसेवा आयाेगकाे प्रतिनिधि रहने व्यवस्था छ । तर प्रतिष्ठानका सबै लिखित माैखिक परिक्षा,नतिजा प्रकाशन पारदर्शि गर्न सबै परिक्षाकाे पुर्ण जिम्मेवारी लाेकसेवालाई नै दिनुपर्ने जुम्लाबासीकाे भनाई  छ।

तपाईको प्रतिक्रिया