कर्णाली प्रतिष्ठानका डा.राजिव शाह जनसेवा पदकबाट विभुषित

सागर परियार जुम्ला ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक तथा स्त्रीराेग विशषज्ञ डाक्टर राजिव शाह विभुषित भएका छन् । दुर्गम कर्णालीमा आएर करिब एक दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेका डा.शाहलाई संविधान दिवशका अबसरमा सुप्रवल जनसेवाश्री जनसेवक पदकबाट विभुषित गरिएकाे हाे ।

दुर्गम कर्णालीमा आएर दुरदराजमा स्वास्थ्य सेवा प्रवाह गरेकाे र गाउँगाउँमा निशुल्क स्वास्थ्य सेवामा पुराएकाे याेगदानकाे कदर गर्दै सरकारले डा.शाहलाई विभुषित गरेकाे हाे ।
डा.शाह जुम्लामा आएर सेवा प्रवाह गर्न लागेकाे करिब ६ वर्ष बढी भईसकेकाे छ । भने, कर्णाली प्रतिष्ठान संग आबद्द भएकाे करिब ९ वर्ष भईसकेकाे डा.शाहले बताए । उनले कर्णालीका १० वटै जिल्लामा आफ्नाे अगुवाई निशुल्क पाठेघर सम्बन्धी शिविर समेत संचालन गरेका छन् ।

कार्यबाेझका कारण पाठेघर खस्ने,पाठेघर क्यान्सर जस्ता समस्याबाट ग्रसित कर्णालीमा हुम्ला,डाेल्पा मुगु लगायतका १० वटै जिल्लाका ग्रामिण महिलाकाे राहतका लागि दुरदराजमा पुगेर निशुल्क शिविर समेत संचालन गरेका थिए ।

डा.शाह भन्छन,”कर्णाली प्रतिष्ठान भर्खर स्थापना हुदा खेरी हरेक किसिमका अभाव थिए । कर्णाली भन्ने बित्तिकै धेरै मान्छे आउन चाहानन् । तर म कर्णालीमा सेवा गर्नुपर्छ । स्वास्थ्यमा याेगदान दिनुपर्छ भनेर आएकाे हु । यहाँका दुरदराज बस्तीमा सेवा गर्न पाउँदा खुसी छु ।”

सरकारले गरेकाे विभुषित प्रति धन्यबाद दिदै पदकले कर्णालीकाे स्वास्थ्य क्षेत्रमा याेगदान गर्न थप हाैसला मिलेकाे उनकाे भनाई छ ।

सप्तरी जिल्ला स्थायी घर भएका डा. शाह उपचार संग विरामिलाई नम्र व्यवहार गर्ने र परामर्श दिने चिकित्सक मध्यका एक हुन् । हाल कर्णाली प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकका रुपमा समेत काम गरिरहेका छन् ।

साथै, चन्दननाथ नगरपालिका जुम्लाकी मेयर कान्तिका सेजुवाल पनि जनसेवा पदकबाट विभुषित भएकी छन् । नेपालभर संविधान दिवशका अबसरमा विभिन्न क्षेत्रका ९०३ जनालाइ विभुषित गरिएकाे छ ।

यता जुम्लामा बजारकाे फाेहाेर उठाएर संविधान दिवश मनाईएकाे छ । नगरपालिकाले उठाउन नसकेकाे फाेहाेर सराेकारवालाले उठाएर दिवश मनाईएकाे हाे ।

प्रतिक्रिया दिनुहोस