संविधान दिवसको अवसरमा जुम्ला कारागारका दुई जनालाई कैद सजाय मिनाहा



जुम्ला ः संविधान दिवसको अवसरमा जुम्ला कारारागारमा कैद भुक्तान गर्दै आएका दुई जना कैदीलाई कैद सजाय मिनाहा गरिएको छ । मुगुका ५६ वर्षीय पुन्नबहादुर रावल र दैलेखका ४३ वर्षीय भक्त कडेललाई कैद सजाय मिनाहा भएको जेलर गयाप्रसाद पाण्डेले बताए । उनले भने दुवै जना कर्तव्य ज्यान मुद्दाका हुन् ।

कैदी पुन्नलाई कर्तव्य ज्यान मुद्दामा १० वर्ष र भक्तलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएको थियो । जेलर पाण्डेले भने पुन्नबहादुरले पाँच बर्ष र भक्तले १० वर्ष कैद भुक्तान गरिसकेका छन् ।

जुम्ला कारागारमा जम्मा कैदीवन्दी गरी १२० जना मध्ये दुई जनाले कैद सजाय मिनाहा भएर छुटेपछि एक जना महिला सहित ११८ जना रहेका छन् । यसमध्ये ६० जना कैदी र ५८ जना बन्दी(थुनुवा) रहेका छन् ।

 

तपाईको प्रतिक्रिया