प्रेरणादायी ‘शान्ता’ जसले विरामीलाई उपचारसंगै नम्र व्यवहार र परामर्श दिन्छन्


सागर परियार जुम्ला ।


सेतो एप्रोनधारी,मुखमा मास्क, आँखामा चश्मा अनि चिटिक्क परेर विरामीको बेड नजिकी पुग्छन् अनि सोध्छन् कस्तो छ उहाँलाई ? नआत्तिननु, ठिक भइहाल्छ भन्दै विरामीलाई सुम्सुमाउने,परामर्श दिने मध्यकी एक स्वास्थ्यकर्मी हुन विएमएस स्टुडेन्ट शान्ता डाँगी ।

उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा विएमएस तेस्रो वर्षमा अध्यायनरत हुनुहुन्छ । चिनेकै डाक्टर चिनकै हाकिम भएपनि आफ्नो ठाउँमा सबै ठुलो पल्टीएको उदारहण हामीले धेरै देखेका छौ । भने,विभिन्न वार्डमा खटिएका केहि नर्सहरुबाट मिठो बोली,परामर्श सहितको उपचारको अपेक्षा कल्पना जस्तो छ ।

तर करिब १४ वर्ष मेरीस्टोप सेन्टरमा इन्चार्ज भएर काम गरेकी विएमएस तेस्रो बर्षम अध्यायनरत स्टुडेन्ट शान्ता डाँगीले ६ दिनको अस्पताल बसाईमा मेरो मात्र नभई त्यहा वरिपोरीका सबै विरामीको मन जितेको पाए ।

६ दिन सम्म खाना पानी नखुवाएर निरन्तर सलाइनकै भरमा बेडमा पल्टीएकी म्याटानिटि वर्डाको बेड नं. १३ की तातोपानी २ की रामदेवी चनारालाई उनले एक स्वास्थ्यकर्मीले गर्ने व्यवहार भन्दा पनि एक आमा,दिदिले गर्ने व्यवहार देखाइन, कपाल कोरिदिन,बेड मिलाईन र भनिन, मेरो डियुटी अवधिभर गाह्रो हुँदा अप्ठयारो नमानी भन्नु होला । बेला बेला आफै आएर सोधपुछ गर्ने कुरा त छदै छ ।

त्यसका साथै म्याटानिटी वार्डको १४ नम्बर बेडमा शल्यक्रिया गरेर सुत्केरी भएकी सिंजा ३ की पुष्पा रावत हिड्न पनि मुस्किले सक्थिन् । तर शान्ता डाँगीले उनलाई हातमै डोराएर शौचालय लिएको, ल्याएर बेड मिलाई सुताएको हामी छौ चिन्ता नलिनुहोस भनेर भरोसा दिएको पहिलो दृष्य देखे ।

पुष्पा रावतको अनुभव यस्तो छ,“अस्पतालमा बस्दा त्यो पनि सुत्केरी वार्डमा सबै महिला नर्सहरु हुन्छन् । तर केहि नर्सहरु महिला भएर बोल्दीनन् । ठाडो रुखो शैली देखाउँछन् । उम्मेरले छोरी बुहारी जस्तै देखिएपनि उनिहरुले भनेको कुरा ठिकै भनेपनि रुखो शैलीका कारण थर्काए जस्तो लाग्थ्यो । तर २÷३ जना नर्स आउन्थे जो निकै नम्र व्यवहार गर्थे,सधै सोधपुछ पनि गर्ने उनिहरु देखेर खुसी लाग्थ्यो ।” ती मध्ये िक पनि एक हुन शान्ता डाँगाी ।

शान्ता डाँगीसंग कोहलपुर मेडिकल कलेज,विपि अस्पताल धरान,मेरी स्टोपमा काम गरेको अनुभव भएकोले पनि उनको बिरामी प्रति गर्ने व्यवहार नम्र थियो । त्यस्तै उनै शान्ता डाँगीको व्यवहारबाट आफु प्रभावित भएको दैलेख घर भएकी उपचारथ महिला तुल्सी गिरीले सुनाईन् । शान्ता डाँगी जस्तै म्याटानिटी वार्डमा खटिएका मध्य ४÷५ जना नर्स देखे । जसले विरामीको मनसाय बुझेर उपचार गर्थिन् ।

जसको नाम भने थाहा पाईन् । यदि नाम सोधेर मेरो परिचय दिएको भए उनिहरु सर्तक भएर म प्रति अरुभन्दा भिन्नै व्यवहार गर्छन् भन्ने थाहा थियो । त्यसैले नाम सोधिन् । तथापी म्याटानिटी वार्डको रात दिन डियुटीमा खटिने सबै नर्सहरुको अनुहार भने कण्ठ भएको छ । बिरामी प्रति आफ्नो अमुल्य समय समर्पित गर्ने ती सबै नर्सहरुमा धन्यबाद । यहाँ नाम लेख्न मैले छुटाएको माफी चाहान्छु ।

अस्पतालमा बिरामी निको हुनलाई जान्छन् । ताकी थप विरामी हुन हैन् । हरेक खाले समस्या लिएर अस्पतालको ढोकामा पुगेका विरामीले म अस्पतालबाट सन्चो भएरै फर्किने अठोट पनि गरेका हुन्छन् । तर अस्पताल पुग्दा त्यहाँको बाताबरण र नर्सहरुले गर्ने व्यवहारबाट विरामी मात्र हैन कुरुवा पनि त्रसित भयवित हुन्छन् । यो समस्या साहेत नेपालभरीका अस्पतालहरुको समस्या पनि होला । तर विगतको तुलनामा सुधार भयो वा भएन त्यो खोजीको विषय हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न वार्डमा खटिने नर्सहरुले गरेको मिस बिहेपबाट कोहि न कोहि पिडित छन् ।

यता विएमएस विद्यार्थी शान्ता डाँगी भन्छन,“मेरो स्वास्थ्य क्षेत्रको यात्रा नै उपचार संगै विरामीलाई मिठो व्यवहार र परामर्श दिन हो । म सानोमा छदाँ उपचार गराउन आउँदा कहिले राम्रो व्यवहार पाउथिन् । सधै कुरा मनमा खेलाउथ्यो म भोली गएर स्टाप नर्स पढ्छु उपचार संगै  नम्र व्यवहार गर्छु साेच्थे । अहिले प्रयासमा छु । सिक्दै छु ।”

बिरामीको आधा समस्या स्वास्थ्यकर्मीको परामर्शले पनि निको हुने उनको भनाई छ । उनले थपिन,“विरामीलाई राम्रो नरम स्वभावले बोल्नै पर्छ । हामीले छोइदिएपनि विरामी निकै सन्तुष्ट हुन्छन् । सन्चाे भएकाे महसुश गर्छन । नर्स प्रति सकारात्मक हुन्छन् । आफु निको भएको महसुश गर्छन् । मानसिक तथा शारिरिक रुपमा परामर्श दिनुपर्छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले प्रतिष्ठानका सेवा प्रवाह त्रमिक रुपमा सुधार हुदै गएको बताउनुभयो । उहाँले भन्नुभयो,“बिरामीलाई मिस बिहेप गरेको भन्ने बारे सबै नर्स एकै स्वभावका हुदैनन् । कहिले सेवा दिँदा मानविय कमजोरी हुन्छन् तर सेवा दिँदा कमजाेरी भन्ने पनि हुदैन् हामी सुधारकै पक्षमा छौ । सबैको सुझाव र साथ सहयोगले अघि बढ्छौ ।  तर सबैले विरामीलाई उपचार संगै परामर्श नम्र व्यवहार गर्नै पर्छ । हामी सुधार गर्ने पक्षमा छौ । अहिले सम्म मिस बिहेप भएको गुनासो छैन् । आगामी दिनमा सुधार गरेर अघि बढ्छौ ।”

तपाईको प्रतिक्रिया