सार्वजनिक स्थान महिलामैत्री बनाउन अनेम संघको माग


जुम्ला ः नेकपा माओवादी पार्टी निकट नगरपालिका स्तरीय अखिल नेपाल महिला संघले (क्रान्तिकारी) चन्दननाथ नगरपालिका जुम्लालाई सार्वजनिक स्थान महिलामैत्री बनाउन माग गरेको छ ।
अनेम संघका नगर स्तरीय पदाधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापालाई ११ बुदे ज्ञापन पत्र बुझाएर सार्वजनिक स्थान महिलामैत्री बनाउन माग गरेका हुन् ।
स्वास्थ्य संस्था, अस्पताल, शिक्षण संस्थाको हाता वरपर निश्चित दुरीसम्म धुम्रपान, मद्यपान, जुवातास निषेधित क्षेत्र घोषणा गर्न माग राखेका हुन् । यस्तै माध्यामिक तहसम्म किशोरीमैत्री वातावरण बनाउन आराम कक्ष, शौचालय व्यवस्थान, स्यानिटरी प्याडको सहज व्यवस्थान गर्न माग गरेको नगर संयोजक छिरिङ ल्यामु लामाले बताइन् ।
चन्दननाथ नगरपालिका भित्र रहेका माध्यामिक विद्यालयमा एक जना स्टाप नर्सको व्यवस्था, आमाको नाममा नागरिकता वितरण, छोरा सरह छोरीलाई पैत्रिक सम्पत्तिमा समान अधिकार, स्थानीय तहमा सेफ हाउस, गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था गरिनु माग राखेका छन् ।
हिंसा पीडित मिहलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था हुने पर्ने, छोरीको लागि जन्मेपछि खाताको व्यवस्था र माध्यामिक शिक्षासम्म निशुल्क शिक्षाको हुनेपर्ने माग गरिएको अनेम संघी नगर अध्यक्ष चन्द्रवति उपाध्यायले बताइन् ।
महिला हकहित र अधिकारको निम्ति संघर्ष गर्दै आएका छौँ । यिनै विषय बस्तुलाई लिएर गाउँ टोलमा अभियान सञ्चालन गरी सञ्चालन गर्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जुम्लाले जनाएको छ । यो अभियान देशभरका सवै स्थानीय तहमा एकैसाथ सञ्चालन भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया