जुम्लामा १८ वर्ष माथिका ४१ हजारलाई खाेप लगाईदैँ


सागर परियार जुम्ला ।
जुम्लाका ४२ हजार नागरिकलाई काेराेना विरुद्दकाे खाेप लगाईदै छ । आगामी असाेज ९ गतेबाट संक्रमणबाट जाेगिनका लागि जुम्लामा १८ वर्ष माथिका ४१ हजार ६ सय ७६ जनालाई खाेप लगाउने लक्ष्य रहेकाे जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए ।

उनका अनुसार जुम्लाकाे कुल जनसंख्याकाे ३३ प्रतिशतलाई खाेप लगाउने सरकारकाे निर्देशन अनुसार १८ वर्ष माथिका ४१ हजार बढीलाई खाेप लगाउने तयारी भएकाे हाे ।

पहिलाे खाेप लगाएका लाई दाेस्राे डाेज र खाेपनै नलगाएकालाई पहिलाे डाेज लगाईने छ । आबश्यकताका आधारमा स्वास्थ्यकर्मि,स्वयमसेविका,शिक्षक यूवालाई परिचालन गरिने छ ।

कार्यालय प्रमुख सापकाेटाले भने,”खाेप अभिायन जुम्लामा असाेज ९ गतेबाट शुरु हुने छ । यहाँका ८ तहमा दुईचरणमा खाेप लगाईने छ । भने तालिम प्राप्त स्वास्थ्यकर्मि सहित जुम्लामा ५ सय ४७ जना स्वयम् सेविका परिचालन हुने छन् ।प्रत्यक पालिकामा खाेप केन्द्र राखिदै छ ।”
जिल्लामा प्रतिष्ठानलाई खाेप केन्द्र ताेकिने छ ।
१८ वर्ष माथिका सबैले खाेप लगाउने भएकाेले काेहि नछुटुन काेहि नदाेहाेरिन भन्नका लागि प्रचार प्रशारमा जाेड दिन जरुरि रहेकाे जनाईएकाे छ ।  जिल्लाभरीका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चाैकी सहित ३२ खाेप केन्द्रबाट खाेप दिईने छ ।

प्रत्यक पालिकाकाे एक स्वास्थ्य चाैकीलाई व्यवस्थापन केन्द्रका रुपमा ताेकिने जनाईएकाे छ । खाेप लगाउन आउँदा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने,लगाउँदा संक्रमण हुने डर कम हुन्छ भनेर प्रचार प्रशार गर्न समेत मिडियालाई आग्रह गरिएकाे छ ।

हाल जुम्लामा ४१ हजार ७ सय ४० डाेज खाेप आईपुगेकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । खाेपकाे उचित भण्डारण गरिएकाे छ ।

भ्याक्सिन लगाउदैमा काेराेना नलाग्ने भन्ने नरहेकाे तर राेग प्रतिराेधात्मक क्षमता बढाउन खाेप अनिवार्य भएकाे चिकित्सकले बताका छन् ।

हाल सम्म जुम्लामा २४ हजार ६ सय ४८ जनाले खाेप लगाएका छन् । भने,१९ हजार ८ सय ४७ जनालाई पुर्ण खाेप अर्थात दाेस्राे खाेप समेत लगाईसकेका छन्।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले सबै नागरिकलाई खाेपकाे पहुँचमा पुराउने सरकारकाे लक्ष्य सफल पार्न सबै नागरिकलाई खाेप लगाउन आग्रह गरिन् । १८ वर्ष माथिका सबै नागरिक खाेपकाे पहुँचमा आउने गरि तयारी व्यापक गर्न समेत प्रअिज प्रसाईकाे अनुराेध छ ।

तपाईको प्रतिक्रिया