बजेट अभाव र टुक्रे योजनाले पूर्वाधार विकासमा चुनौती


सागर परियार जुम्ला ।


कर्णालीको पूर्वाधार विकास अपेक्षित रुपमा नहुनुका विभिन्न कारण मध्य टुक्रे योजनामा बजेट छुटाउनु पनि एक कारण हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बजेट अभाव,टुक्रे योेजना निर्माण,निर्माण व्यवसायीको ढिलासुस्तीका कारण जुम्लाको पूर्वाधार विकास लक्ष्य अनुसार नभएको बताए ।

१०÷१५ किमी सडक निर्माण,ग्राभेल तथा कालोपत्रे गर्न करोडौ बजेट आबश्यक पर्छ । तर कहिले पनि आबश्यकता अनुसार बजेट आउदैन् । उनले भने,“ १०÷२० लाखका योजना पनि प्रदेशले पठाउँछ । कार्यान्वयनमा निकै चुनौती छन् । भने,चिसोका कारण हिउँदको ४ महिना काम गर्न सकिदैन् । अघिपछि निर्माण व्यवसायीको ढिलासुस्ती हुन्छ । कार्यालयको ताकेताले मात्रै कामहरु अघि बढ्छन् ।”

बहुवर्षिय योजना निर्माण गर्ने कार्यालयमा १०÷२० लाखका टुक्रे योजना पठाउने प्रबृत्तिले कर्णालीको पूर्वाधार विकास लक्ष्य अनुसार हुन सकेको छैन् । साथै ल्याब नहुँदा निर्माण भएकार संरचनाको गुणस्तर मापन गर्न पनि समस्या छ । भने,नियमित साईट हेर्न जानका लागि सवारी साधनको अभाव,सडक निर्माणमा घर जग्गा विवाद जस्ता थुप्रै चुनौतीको सामना गर्दै जुम्लाको पूर्वाधार विकास अघि बढेको छ ।

यदपी, अप्रयाप्त बजेटको समस्या त छदैछ । प्रमुख रावलले थपे,“नत माग स्टेमट भए अनुसार बजेट आउँछ । तर माग गरेको योजना छनौट हुन्छन् । बहुवर्षिय योजना झलझला छालाचौर सडक र भैसेडी लुममा पक्की पुल लु बारम्बार माग पेश गरेको तर स्वीकृत भएका छैनन् ।”

प्रदेशले माग अनुसार बजेट छुटाएर्मा, नागरिक अगुवाको साथ दिएमा, स्थानीय नागरिकले विकास हाम्रै लागी हो भन्ने सोचेर सहयोग गरेमा जुम्ला संगै कर्णालीको पूर्वाधार विकासले काँचुली फेर्न धेरै समय नलाग्ने समेत प्रमुख रावलको भनाई छ ।

भौतिक प्रगती ९४ प्रतिशत
पूर्वाधार विकास कार्यालय जुम्लाको भौतिक प्रगती ९४ प्रतिशत भएको छ । गत आर्थिक २०७७÷७८ मा कोरोना कहर,निर्माण व्यवसायीको ढिलासुस्तीका बीच पनि कार्यालयको सक्रियाताले पूर्वाधार विकासमा उल्लेखी रुपमा ९४ प्रतिशत भौतिक प्रगती भएको हो ।

जिल्लाका सबै विकासे कार्यालय भन्दा पूर्वाधार कार्यालयको भौतिक तथा वित्तिय प्रगती सन्तोषजन भएको पाइएको छ । भौतिक प्रगती तर्फ गत आवमा मात्रै पूर्वाधा कार्यालयले ७६ किमी नयाँ ट्रयाक सडक निर्माण गरेको छ ।

अन्तर जिल्ला देखि गाउँजोड्ने ७६ किमी नयाँ ट्रयाक सडक निर्माण गरेको हो । जसमा कार्यालयको नियमित कार्यक्रम अन्तरर्गत ९ किमी र पूर्वाधार विकास कार्यक्रम अन्तरगर्त ६७ किमी गरी जम्मा ७६ किमी नयाँ ट्रयाक सडक निर्माण भएको पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रुपक रावलले बताए ।

उनका अनुसार गत आवमा सडक स्तरबृद्धि तथा चौडा ३७ किमी,ड्रेन निर्माण १९ किमी,ग्राभेल ९ किमी भएको छ । त्यस्तै,त्रिवेणीमा कर्णाली प्रदेशकै पहिलो उच्च प्रविधिको पक्की पुल,चिउडी र मसानडाडामा भुलंगे पुल,तथा २ सय ५० जनता आवासका घर निर्माण भएको प्रमुख रावलको भनाई छ ।

पूर्वाधार विकास कार्यालयका प्राविधिक अधिकृत तथा सूचना अधिकारी टेक बहादुर हितानका अनुसार नयाँ ट्रयाक सडक निर्माण अन्तरर्गत ताचोपानीको टोल्पा हुदै इमिल्छा सम्म ३५ सय मिटर,तिलाको रासा हुदै मालापानी ३५ सय मिटर,सिंजाको गेरा हुदै भाडगाउँ २ किमी र कनकासुन्दीको जलजला हुदै छालाचौर सम्म साढे ४ किमी लगायत ७६ किमी नयाँ सडक निर्माण भएको छ ।

साथै,जुम्ला डोल्पा जोड्ने सडकको १० किमी ग्राभेल,जुम्ला उर्थु पटमारा हुदै मुगु जोड्ने सडकका प्याकेज १ मा नाला निर्माण, तथा प्याकेज २ मा ग्यामिन पर्खाल र मोड निर्माण,जिया चौथा सडक निर्माण,जनता माध्यम विद्यालयमा प्याराफिट निर्माण लगायतका विभिन्न पूर्वाधा विकासका काम भएको प्रमुख रावलले जानकारी दिए ।

सडक विकासले दुरदराजका बस्तीहरु, तथा जिल्लाहरु सदरमुकाम संग जोडिएका छन् । भने,रारा जाने छाटो पर्यटकिय मार्ग जुम्ला उर्थु पटमारा सडक निर्माणले पर्यटकलाई राहत पुराएको छ ।

बित्तिय प्रगती ८८ प्रतिशत
पूर्वाधार कार्यालय जुम्लाको वित्तिय प्रगती ८८ दशमलब ५ प्रतिशत भएको छ । गत आवमा विनियोजित कुल ५० करोड बजेट मध्य आवको अन्तिम सम्म ४५ करोड अर्थात ८८ प्रतिशत बजेट खर्च भएको प्रमुख रुपक रावलले बताए ।

उनले भने,“कोभिड लगायत अन्य कारणले ५ करोड मात्रै खर्च हुन सकेन् । तर निर्माण व्यवससायीलाई ताकेता दिएर,नियमित आफै फिल्डमा खटिएका कारण बजेट खर्चमा उल्लेखीय बृद्धि भएको हो ।”

साथै, कार्यालयको नियमित बजेट ३५ करोड,जनता आवास कार्यक्रमको ५ करोड, पूर्वाधार विशेष कार्यक्रममा ५ करोड र सांसद विकास कोषमा ५ करोड गरी ५० करोड विनियोजन भएको थियो ।

जुम्लाको विकासे कार्यालयमा उर्जाशिल जनशक्ति भएकोले पछिल्लो समय जुम्लाको पूर्वाधार विकासले गती लिएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ । उनका अनुसार जुम्लामा पूर्वाधार विकास कार्यालय, सडक डिभिजन,धौलिघाट खानेपानी लगायतका कार्यालयले उल्लेखीय काम गरेका छन् ।

तपाईको प्रतिक्रिया