जुम्लाका कान्तिपुरकर्मी एलपी देवकाेटा यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत


कर्णाली पाेष्ट संबाददाता जुम्ला ।
कान्तिपुर राष्टि्य दैनिक पत्रिका तथा टेलिभिजनका जुम्ला संबाददाता एलपी देवकाेटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहाकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार देवकोटा प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका हुन ।

राष्ट्रपति कार्यालय सितल निवासमा बुधबार आयाेजित एक कार्यक्रमका बीच विद्यादेवी भण्डारीले देवकोटालाई युवा पत्रकारीता पुरस्कार प्रदान गरेकी हुन ।
गत भदौ ३० गते आफ्नो वार्षिक उत्सवको अवसरमा युवा पत्रकारीता पुरस्कार दिने घोषणा गरेको प्रेस काउन्सिल नेपालले आज एक समारोहको आयोजना गरी पुरस्कार वितरण गरेको हो ।

देवकोटाले प्राप्त गरेको युवा पत्रकारीता पुरस्कार १५ हजार राशीको रहेको छ । प्रेस काउन्सिलले प्रदान गरेको युवा पत्रकारीता पुरस्कार देवकोटा सँगै विभिन्न जिल्लाका १४ जना पत्रकारले पाएका छन् ।

पत्रकार देवकाेटाले पुरस्कार पेशा प्रति थप जिम्मेवार बनाएकाे बताए । जुम्लाकाे पत्रकारिताकाे विकास उन्नयनकन लागि सधै लागि पर्ने उनकाे भनाई छ ।                                              पुरस्कृत हुनु भएका देवकाेटालाई कर्णाली पाेष्ट दैनिक परिवारका तर्फबाट पनि उत्तर उत्तर प्रगतीकाे कामना गरिएकाे छ ।

तपाईको प्रतिक्रिया