सहज र नागरिकमैत्री बैंकिङ सेवामा राष्ट्यि बाणिज्य बैंकको जोड


सागर परियार ।

राष्ट्यि बाणिज्य बैंक शाखा जुम्लामा नयाँ प्रबन्धकले कार्यभार सम्हालेका छन् । सुर्खेतको मेहलकुना शाखाबाट सरुवा भइ आएका चिरञ्जीवि गिरीले जुम्ला शाखाको प्रबन्धकको जिम्मेवारी सम्हालेका हुन् । निवर्तमान शाखा प्रबन्ध ओम बहादुर शाहीको सरुवा भएर दैलेख गएपछि गिरी जुम्ला आएका हुन् ।

नयाँ शाखा प्रबन्धक गिरीले असोज ८ गतेदेखि कार्यभार ग्रहण गरेको राष्ट्यि बाणिज्य बैंकका सहायक प्रबन्धक हेमन्त न्यौपानेले बताए । उनका अनुसार सुर्खेत स्थायी घर भएका गिरीले जुम्ला आएर सेवा गर्न पाउँदा खुसी भएको उल्लेख गरे ।

नयाँ शाखा प्रबन्धक चिरञ्जीवि गिरीले सुर्खेत मेहलकुना शाखाबाट सरुवा भइ जुम्ला आएको बताए । उनले भने,“राष्ट्यि बाणिज्य बैंक पेन्सन खाने,नेपाली सेना, प्रहरी,सरकारी कर्मचारीले मात्रै सेवा लिने जस्तो छ । सबै नागरिकका लागि राष्ट्यि बाणिज्य बैंक बनाउनु छ । सेवालाई नागरिकमैत्री बनाउन प्रविधिमैत्री बैकिङ सेवा विस्तार गर्नु छ । अझै यहाँका सेवा प्रभावकारी बनाउन जुट्ने छु ।”

बैंकमा कार्यरत सबै यूवा जनशक्तिको साथ सहयोग,जिल्ला स्थित सरोकारवाला संगको समन्वयले राष्ट्यि बाणिज्य बैंक सेवा यूवा,महिला,बालबालिका,जेष्ठनागरिकमैत्री बनाउने समेत शाखा प्रबन्धक गिरीको भनाई छ ।

उनले भने,“अहिलेको समय प्रविधिको समय हो । जहाँ पनि छिटो काम चाहान्छन् । सबैभन्दा पुरानो बैंक भएपनि हाल सम्म एटिएम संचालन नहुनु मुख्य चुनौती हो । यूवा पुस्ता मोबाइल बैंकिङ देखि एटिएममा रुचि राख्नछन् । त्यसैले राष्ट्यि बाणिज्य बैंकले प्रविधिमैत्री,नागरिकमैत्री सेवामा जोड दिदै चाडै एटिएम सेवा संचालनको तयारी गरिरहेको छ ।”

बैंकको व्यवसायीक लक्ष्यलाई सफल बनाउन सहकार्य समन्वयका आधारमा काम गरिने उनको प्रतिबद्धता छ । आजभोली बैंकमा राजश्व बुझाउनेको संख्या अत्यधिक रहेको समेत जानकारी दिए । नेपाली सेनामा भर्ना खुलेका कारण दिनमा २ जना बढी राजश्व बुझाउने र अन्य सेवाग्राहिले बाक्लो भिडभाड हुने भएपनि सेवा प्रवाहलाई सहज बनाएको उनको भनाई छ

साथै यस वर्षको दशै तिहारका लागि नयाँ नोट फुलपाती भन्दा अघिल्लो दिनबाट मात्रै वितरण गरिने छ । नयाँ नोट नआएको र विगतकै नयाँ नोट मौज्दात रहेकोले फूलपातीको केहि दिन अगाडी वितरण गरिने शाखा प्रबन्धक गिरीले जानकारी दिए । उनले थपे,“जुम्लाको बजेट खर्च नभएरै होला । असारमा आएको बजेट ढुकुटीमा मौज्दात नै छ । आबश्यकता परेपछि मात्रै माग गर्ने । नभए मौज्दात नयाँ नोट वितरण गरिने छ ।”

 

तपाईको प्रतिक्रिया