चट्याङमा परेर जुम्लामा ४० भेडा मरेपछि कृषकको खोसियो आम्दानीको स्रोत



रामप्रकाश विक (गुठीचौर) जुम्ला : जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार राती चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करीब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् ।
गोठचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वन अन्तर्गतको चिमारा लेक नजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १० भेडा मरेको २ घाइते, मुन बहदुर भण्डारीका ४ मरेको २ घाइते, मुणि प्रसाद अधिकारीका १७ मरेको ७ घाइते र देबि प्रशाद अधिकारीको ९ मरेको ४ घाइते भएको इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए । उनले भने चट्याङ लागेर भेडाबाख्रा परेपछि करिव ६ लाख ५० हजारको बराबरको क्षति भएको छ ।
भेडा खर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै ध्वष्त भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । यो क्षेत्रको अधिकांश स्यानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । गिरीले भने, भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा गर्न सकिने छ ।
भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने स्थानीय बताउन्छन् । ठुलो मात्रमा क्षति भएपछि स्थानीयले राहतको माग गरेका छन् । जुम्लामा गएको ०७० सालमा निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ ।

 

तपाईको प्रतिक्रिया