जुम्ला काग्रेस अधिवेशन ः प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित


जुम्ला ः जुम्ला काग्रेस अधिवेशनको प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ । प्रदेशको मतगणना शनिबार विहान ५ वजेदेखि स्थगित भएको हो । मतदान गरेको मतपत्र गणना गर्ने क्रममा विवादित भएपछि मतगणना स्थगित गरिएको हो ।
प्रदेश (क) का मतदान अधिकृत हेमन्त महतका अनुसार तीन वटा पानाको मत थियो । मत पत्र मिलाउने क्रममा केही प्राविधिक त्रृटिले मतपत्र नमिल्दा केही समस्या आयो । त्यो मतपत्र बदर गर्ने र पुन ः मतगणना सुचारु गर्ने सल्लाह गर्ने भन्दा भन्दै सहमति नहुदा मत गणना कार्य सुचारु हुन सकेको छैन । उनले भने अन्य पदाधिकारीको दुई समुह बीच धेरै मतान्तर छ । सभापतिको भने २७ मतले मात्रै पौडेल समुहका सभापति उम्मेदवार लक्षिमन बोहरा अगाडी छन् ।
प्रदेश (क) मा ५०७ मत मतमध्ये ४९८ मत सखेको हो । ४२६ मत गणना भइसकेको पौडेल समुहका सचिव उम्मेदवार तिर्थराज न्यौपानेले बताए । उनले भने अव थोरै ७२ मात्रै मात गणना गर्न बाँकी थियो मत गणना नै स्थगित भयो ।
यस्तै प्रदेश (ख) को पनि मत गणना कार्य स्थगित भएको छ । मतगणना कार्यमा विवाद भएपछि स्थगित भएको भन्ने बुझिएको छ । ५१० मत मध्ये ४९० मत खसेको छ । कार्यसमितिको ११५ मत मात्रै गणना गर्न बाँकी रहेको जनाएको छ । यो क्षेत्रमा पनि पौडेल समुहको प्यालन अग्र स्थानमा रहेको काँगे्रेस जुम्लाले जनाएको छ ।
कांग्रेस जुम्लामा पौडेल समूहले प्रदेश (क) को सभापतिमा पातारासी गाउँपालिका अध्यक्ष लक्षीमन बोहरा, उपसभापतिमा रुपबहादुर रोकाया, तिलक न्यौपाने, सचिवमा तीर्थराज न्यौपाने र अर्जुनकुमार महतारा, सहसचिवमा बुद्धि तामाङ र छायादत्त बुढा उम्मेदवार हुन् ।
यस्तै, संस्थापनबाट सभापतिमा विष्णुबहादुर शाही, उपसभापतिमा रत्नचन्द्र उपाध्याय र दिलबहादुर बुढा, सचिवमा जनक खत्री र राज गिरी, सहसचिवमा नन्द बोहरा र धन बुढा उम्मेदवार रहेको कांग्रेस जुम्लाले जनाएको छ ।
प्रदेश (ख) को सभापतिमा देउवा समूहबाट भीमनिधि हमाल र पौडेल पक्षबाट कालीबहादुर बुढाले उम्मेदवार घोषणा गरेका छन् ।
स्थानीय तहमा पौडेल समूहको वर्चस्व
जिल्लाको एक नगरपालिका र ७ पालिकामध्ये दुई स्थानीय तहमा मात्र संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहले सभापति जितेको छ । अरू सबै स्थानीय तहमा पौडेल समूहका सभापतिका उम्मेदवारले बाजी मारेका हुन् ।
सभापतिमा चन्दननाथ नगरपालिकामा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, सिंजा गाउँपालिकामा गोविन्द शर्मा, हिमामा नरबहादुर शाही, तातोपानीमा धनकृष्ण चौलागाईं, तिलामा भक्तबहादुर रोकाया, पातारासीमा गोरखबहादुर बोहरा र गुठीचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन् ।
उनीहरूमध्ये सिंजाका शर्मा र गुठीचौरका भण्डारी देउवा खेमाबाट चुनिएका हुन् । अरू सबै वरिष्ठ नेता पौडेल समूहबाट निर्वाचित भएको जुम्ला कांग्रेसले बताएको छ ।

 

 

तपाईको प्रतिक्रिया