जुम्ला काग्रेसको जिल्ला अधिवेशन स्थगित



जुम्ला ः नेपाली काग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । असोज १८ गते हुने भनेको जिल्ला अधिवेशन स्थगित गरेको हो ।
नेपालीको महान चाँड विजया दसैं पनि जनिकिएको र अधिवेशनको अवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको घरयासी कामले समय नमिलेको जिल्ला अधिवेशन स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए । उनले भने आगामी कार्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकेका छौँ तर यसमा पार्टी केन्द्रले १÷२ दिन अघिपछि पनि हुन सक्छ ।
वडा, पालिका, प्रदेश क र ख सवै अधिवेशन सम्पन्न गरेका छौँ । अब जिल्ला अधिवेशन मात्रै बाँकी रहेको सभापति शाहीले बताए । उनले भने अधिकांस वडामा सर्वसहमतिमै नेतृत्व चयन गरेका छौँ । । दुई वटा पालिकामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको हो । चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन प्रर्णाली मार्फत नेतृत्व चयहन भएको हो ।
जिल्लाका ८ वटा स्थानीय तह मध्ये सिंजा र गुठीचौर गाउँपालिकामा देववा पक्षले पालिका सभापति पाएको छ । चन्दननाथ नगरपालिका, हिमा, कनकासुन्दरी, पातारासी, तातोपानी र तिलामा पौडेल समुहले नै पालिका सभापति प्राप्त गरेको हो ।
अधिकांस पालिका र वडामा सहमतिमा सभापति चयन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशनमा सहमति गर्न सकेन । लामो समयसम्म सहमतिको प्रयास गर्दा पनि नभएपछि निर्वाचन प्रणाली मार्फत नेतृत्व छनौट गरिएको पार्टी सचिव कार्मा बुढाले बताए । क्षेत्रिय अधिवेशन प्रदेश क्षेत्र क र ख को क्षेत्रीय निर्वाचनमा देउवा र पौडेल समुह बीच निर्वाचन भएको थियो । देउवा पक्षबाट विष्णुबहादुर शाही र पौडेल पक्षबाट लक्षिमन बोहरा प्रदेश क को उम्मेदवार बने । त्यस्तै प्रदेश ख मा देउवा समुहबाट भिमनिधि हमाल र पौडेल समुहबाट कालिबहादुर बुढा उम्मेदवार बने ।
दुवै क्षेत्रमा पौडेल पक्षको प्यानललै विजयी भएको हो । मतदान अधिकृत हेमन्त महतले बताए । उनले भने प्रदेश क का सभापति लक्षिमन बोहरा ४९८ मा २४९ मत ल्याएर विजयी भए । प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २३१ मत प्राप्त गरे । त्यस्तै, पौडेल पक्षकै उपसभापति रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए । प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनी पनि पौडेल समूहकै हुन् ।
विजयी उम्मेदवार बुढाले ४९० कुल मतमध्ये २४२ मत प्राप्त गरेको सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए । प्रतिस्पर्धी देउवा पक्षका भीमनिधि हमालले १९९ मत ल्याए । उपसभापति दानसिंह खत्रीले २६६ र कालीबहादुर बुढाले २५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले बताए । २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ ।
यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन्। कांग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जितसँगै संस्थापनलाई जुम्लामा झट्का लागेको छ ।
जिल्ला सभापतिमा पनि पौडेल समूहकै जित हुने नेताहरूले दाबी गर्दै आएका छन् । पौडेल समूहबाट जिल्ला सभापतिमा एक जना आकांक्षी देखिएका छन् भने देउवा समूहबाट पाँच जना आकांक्षी छन् ।
वर्तमान सभापति दीपबहादुर शाही पौडेल समूहका सभापति आकांक्षी हुन् भने देउवा समूहबाट सभापतिका लागि पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया