विद्यालयको अक्षयकोषमा जम्मा गरे नेता शाहीले डेढ लाख बढी रकम



जुम्ला ः नेपाली काग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले एक लाख ५१ हजार १५१ रुपियाँ विद्यालयको अक्षयकोषमा जम्मा गरेका छन् । हिमा गाउँपालिका – १ बड्की गाउँस्थित कालिका माध्यामिक विद्यालयको अक्षयकोषमा रकम जम्मा गरेका हुन् ।
यस अक्षयकोषले बालबालिकाको गुणस्तरिय शिक्षामा टेवा पुग्ने अपेक्षा गरिएको नेता शाहीले बताए । उनले भने एक महत्त्वपूर्ण, ऐतिहासिक र उल्लेखनीय भुमिका हामी सबैले गर्नुपर्छ भन्ने मनशायका साथ सहयोगी हात अगाडी बढाएको हो । अक्षयकोषको सही सदुपयोग होस भन्ने पनि अपेक्षा गरिएको छ ।
नेता शाहीले विद्यालयको ४९ औँ बार्षिक उत्सवको अवसरमा विद्यालयको अक्षयकोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै विभिन्न व्यक्तित्व तथा अभिभावकले विद्यालयको अक्षयकोषका लागि ६ लाख ३३ हजारको प्रतिभा पुरस्कार तथा अक्षयकोष’ स्थापना बार्षिक उत्वसमा घोषणा गरेपनि रकम जम्मा नभएको शिक्षक खाम्बा शाहीले बताए ।

तपाईको प्रतिक्रिया