प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गा ठड्याइयो


सागर परियार जुम्ला ।

कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्परा अनुसार विहिबार चन्दननाथ भैरबनाथ मन्दिरका लिङ्गा फेरिएको हो । असोज १८ गते चन्दननाथ ३ को जंगलबाट ल्याइएको र विहिबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी तथा सयौ भक्तजनको सहभागितामा लिङ्गा खडा गरिएको चन्दननाथ भैरबनाथ गुठिले जनाएको छ ।

चन्दननाथ मन्दिरको लिङ्गामा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजा राखिएको छ । भने, भैरवनाथ मन्दिरको लिङ्गामा ४८ हातको लिङ्गा र ४८ हातकै ध्वजा राखिएको छ । साथै दुबै मन्दिरमा करिब ४२ हाले सहायक लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए ।

चन्दननाथ भैरबनाथ मन्दिरमा नयाँ लिङ्गा फेरीसकेपछि मात्र जुम्लाका घरघरमा घटस्थापना गर्ने चलन छ । अध्यक्ष कठायतले भने,“मन्दिरकै माटो लिएर जमरा राख्ने चलन छ । भने, १४९८ सालबाट यो मन्दिरमा लिङ्गा खडा गर्ने परम्परा रही आएको छ । मन्दिरमा विजय स्तम्भ सहित २ वटा लिङ्गा खडा गरिएको हो ।”

चन्दननाथ भैरबनाथ मन्दिरका नयाँ लिङ्गा फेरिए संगै जुम्लामा विधिवत रुपमा दशै शुरु भएको मानिन्छ । पछिल्लो समय भक्तजनहरुको संख्या भने घटेको देखिन्छ । सुरक्षाकर्मीकै भरमा लिङ्गा काटेर ल्याउने देखि ठडयाउने सम्म हुने गरेको छ ।

त्यस्तै घटस्थापनाकै दिन उत्पादन बृद्धि होस,भोकमरी नआवस भन्ने कामना सहित चन्दननाथ भैरबनाथ मन्दिरमा मार्सीधानको (सिक) चडाउने समत परम्परा रहेको जुम्लाका संस्कृत विद रमानन्द आर्चायले बताए । शताब्दी पहिलेनै चन्दननाथ बाबाले कास्मिरबाट मार्सीधानको विउ ल्याएका थिए । त्यसपश्चात जुम्लाकै तातोपानी २ मा पर्ने गुरु फोक्टो नामक खेतमा महापुरुष लछालकृत्ति पैकेलाले पहिलोटपकट मार्सी खेती शुरु भएको ऐतिहास रहेको छ । जसका कारण जुम्ली किसानले आफु खानुभन्दा पहिले मार्सी चामलको सिक चन्दननाथ मन्दिरमा चढाउने गर्छन् ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जुम्लाका बडिमालिका जानेदेखि घटस्थापनामा मन्दिरका लिङ्गा फेर्ने परम्परा संस्कृतिको आफ्नै विशेषता रहेको बताईन् । धार्मिक तथा प्राकृतिक पर्यटकिय सम्भावनाले भरिपुर्ण जुम्लाको विकासमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिईन् । जुम्लामा आउँदा यहाँका विभिन्न सांस्कृति परम्परा देखेर निकै खुसीसंगै देवभुमिमा आएको महशुस भएको समेत प्रजिअ प्रसाईले उल्लेख गरिन् । आफ्नो चिताएको पुरा हुने भन्दै मन्दिरमा करिब १ हजार बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया