डा.पुर्ण कँडेलः‘जो क्यानडाका घरघरमा जुम्ली‘मार्सी र सिमि’को स्वाद चखाउदैं छन्’


सागर परियार जुम्ला ।

चितवन जिल्ला स्थायी घर भएका डाक्टर पुर्ण कँडेल यतिबेला क्यानडाका घरघरमा जुम्ली मार्सी र सिमिको स्वाद चखाउन बेस्थ छन् । गोलोवल व्यापारीका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका डा. कँडेलले जुम्लाका कृषि विज्ञ राज शाही संगको सहकार्यमा पहिलो पटक क्यानडामा २० टन जुम्ली मार्सी,सिमि,कोदो निर्यात भएको थियो । त्यसपश्चात जुम्ली मार्सी र सिमिको बजारीकण क्यानडामा बढ्दै गएको छ । क्यानडाका घरघर,गल्ली गल्लीमा डा.कँडेलले जुम्लाको मार्सी सिमि पुराइरहेका छन् । पछिल्लो समय क्यानडामा रहेका नागरिकहरु आफै जुम्ली मार्सी सिमि खोज्दै आउन पनि थालेका छन् ।

जसरी नेपालमा प्रचण्ड केपीले मार्सी प्रयोग गरे संगै चर्चामा आयाृ,मुल्य बढ्यो माग बढ्यो । त्यसरीनै जुम्लाका राज शाही र गोलोवल व्यापारी डा.पुर्ण कँडेलका कारण जुम्ली मार्सी र सिमिले यतिबेला अन्तराष्ट्यि बजार पाएको छ । अन्तराष्ट्यि बजारमा जुम्ली मार्सी सिमिको माग बढ्नुमा डा. कँडेलको ठुलो योगदान भुमिका रहेको छ ।

जुम्लाको सिमि,मर्सीधानको चामल,कोदो लगायतका अन्य रैथानेबालीको अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको लायम कर्पोरेशन क्यानडाका प्रमुख डा.पुर्ण कँडेलले बताए । भने,“कर्णालीमा ठोस कृषि नीतिको अभाव,व्यवसायीक कृषि योजनाको अभाव,गुणस्तरी उत्पादन,लेवलिङ प्याकेजिङ तथा बजारीकरणको अभाव देखिन्छ । कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले कृषिमै लगानी गरे आर्थिक समृद्धी सम्भव छ ।”

करिब १५ वर्षदेखि क्यानडामा विभिन्न प्रकारका व्यापार व्यवसाय गर्दै आएका डा. कँडेलले नेपालबाट उच्च ओहोदाको सरकारी जागिर समेत छोडेर गएका हुन् ।
विषादी सहित गुणस्तरीय कृषि उत्पादनको स्वादले सबैको मन तान्छ । त्यसैले कर्णालीमा कृषि क्रान्तीनै ल्याउने गरी सरकारी था गैरसरकारी निकायबाट लगानी र विभिन्न कार्यक्रम हुनुपर्नेमा जोड दिए ।

अन्तराष्ट्यि बजारको माग अनुसार उत्पादन कर्णालीमा भएको खण्डमा त्यसको निर्यातका लागि प्रक्रियागत कुरामा आफुले सहयोग गर्ने समेत उहाँको भनाई छ । किसानलाई सम्मान,कृषि क्षेत्रलाई बढवा,गुणस्तरी उत्पादन, जस्ता कृषि नीति निर्माण बिना कृषि क्षेत्रबाट अपेक्षित उपलब्धी हुन अझै समय लाग्ने देखिन्छ ।
साथै,व्यवसायीक योजना बिना कुनै पनि व्यवसाय सफल नहुने भएकोले कर्णालीको रैथाने कृषि उत्पादनलाई विश्व बजारमा चिनाउन र आर्थिक आम्दानी संगै किसानको

जीविकोपार्जन सुधार गर्न स्पष्ट कृर्षि नीति र व्यवसायीक योजना आबश्यक रहेकोले यसमा सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ ।
पछिल्लो समय क्यानडा मात्र नभई विभिन्न देशमा जुम्ली मार्सी,सिमिको माग अत्यधिक बढेको भएपनि कर्णालीको उत्पादनले पुराउन सकेको छैन् । क्यानडामा डा.कँडेलले जुम्ली मार्सी सिमिको बजारीकरणमा दिएको योगदान र विदेशी नागरिकहरुको मार्सी,सिमिको माग हेर्दा हाम्रो सबै उत्पादन निर्यात गर्दा पनि पुग्ला जस्तो छैन् ।

 

तपाईको प्रतिक्रिया