बढ्दो मनोसामाजिक समस्याप्रति उदासिन स्थानीयतह


सागर परियार जुम्ला ।

मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा स्थानीयतह उदासिन देखिएका छन् । समयको विकास संगै मनोसामाजिक समस्या पनि विकराल बन्दै गएको छ । तर मानसिक स्वास्थ्यमा हुने विभिन्न समस्याहरुको न्युनिकरणमा स्थानीयतह मौन देखिएका हुन् । गरिबी,अशिक्षा,द्धन्द्ध,आर्थिक,पारिवारिक तथा सामाजिक कारणले जुम्लामा मनोसामाजिक समस्याका विरामी बढ्दै गएका छन् । स्थानीय सरकार संचालनको साढे ४ वर्षभइसक्दा पनि उनिहरुलाई परामर्श दिने,उनिहरुका भावना बुझ्ने कुरा सुन्ने एक सहज माध्यम संयन्त्र समेत बन्न सकेका छैनन् ।

आईतबार विहान जुम्लामा टिपिओ नेपालद्धारा आयोजित पत्रकारहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बढ्दो मानसिक समस्या प्रति स्थानीयतह उदासिन रहेको पाइएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवसको अबसरमा टिपिओद्धारा आयोजित अभिमुखिकरण बाहेक अन्य जुम्लाका आठै स्थानीयतह,गैरसरकारी निकाय स्वास्थ्य कार्यालय लगायतका कुनै निकायले पनि औपचारिक कार्यक्रम गरेका छैनन् । स्वास्थ्य क्षेत्रको अभिन्न अंग मानिने मानसिक स्वास्थ्यलाई स्थानीयतहले उपेक्षा गर्दा गाउँगाउँमा मानसिक रोगी बढ्दै गएका छन् ।

अस्वस्थ्य जीवनशैली,आर्थिक,सामाजिक, पारिवारिक,बेरोजगारी,चेतनाको अभाव जस्ता थुप्रै कारणले पछिल्लो समय जुम्लामा आत्महत्या गर्नेको संख्या पनि उल्लेखीय रुपमा रहेको छ । तथ्यांक अनुसार गत दुई आवमा मात्रै जुम्लाका ३२ जनाले आत्महत्या गरेका छन् ।

मनोविमर्शकर्ता नन्दराज आर्चाय भन्छन,“समयको विकास संगै सबैका घरघरमा तनाव छ । एक आपसमा प्रतिष्प्रर्धाको भावना छ । यसले गर्दा मान्छे तनाव लिएर पनि काम गरिरहेका छन् । तर तनाव व्यवस्थापन गर्ने कुनै संरचना छैन् । यसमा स्थानीयतह निकै मौन छन् ।

उनका अनुसार जैविक कारण,मानव सृजित तथा प्राकृतिक विपद,बंशाणुगत,घरेलु हिंसा,बालबिवाह,यौन हिंसा,गरिबी,बेरोजगारी,राजनीतिक दन्दले मानसिक स्वास्थ्यमा समस्या देखिन्छन् ।
निद्रा नलाग्ने,खाना रुचि नलाग्ने,जाँगर नलाग्ने,आत्तिने,टोलाईरहने, लक्षण देखिन्छन । मानसिक स्वास्थ्य समस्याका कारण मधुमेह,उच्च रक्तचाप,मुटुरोग,क्यान्सर जस्ता शारिरिक समस्याको जोखिम बढेको आर्चायको भनाई छ ।

जिविडि नामक संस्थाकाले गरेको तथ्यांक अनुसार विश्वमा १४ प्रतिशत मानसिक स्वास्थ्य समस्याले ओगेटेको छ । भने,लागू पर्दाथको सेवनबाट सबैभन्दा बढी मानसिक रोगी हुने गरेको पाइएको छ । तर मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने बलियो संरचना नहुँदा हरकोहि ५ जना मध्य ४ जनाले उपचार पाएका छैनन् ।

मानसिक स्वास्थ्य तीनै तहका सरकारको प्रथामिकतामा नपर्दा पनि समस्या हुने गरेको छ । समयको विकास संगै मानसिक स्वास्थ्य समस्या पनि बढ्दै गएको छ । तर रोकथामका लागि नीतिगत तहमा कुनै नतिजामुखि काम हुन नसकेको विमर्शकता आर्चायलको भनाई छ । मानसिक स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन देखि मनोसामाजिक समस्या न्युनिकरणका लागि मिडियाकर्मीले प्रचार प्रशारमा जोड दिनुपर्ने बताइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक अनुप देवकोटाले जुम्लामा पनि दैनिक जसो २÷३ जना मनोसामाजिक समस्या भएका विरामी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“जुम्ला संगै नेपालभरीनै अधिकांश २० वर्ष मुनिका यूवायुवतीहरुमा मनोसामाजिक समस्या देखा पर्ने गरेको छ । आत्म हत्या गर्ने २० वर्षमुनिका धेरै छन् । एकातिर सरोकारवाला मौन रहने अर्को तर्फ करिब ९० प्रतिशत मानसिकरोगी उपचारबाट बन्चित रहेका तथ्यांक छन् ।”

जुम्लाभरी गरेर हाल ३÷४ जना मात्रै विमर्शकर्ता छन् । तर गाउँगाउँमा मनोसामाजिक समस्या छ । त्यसैले स्थानीय सरकारहरुले कम्तीमा एक गाउँमा एक विमर्शकर्ता नीति बनाउनु पर्नेमा मनोचिकित्सक देवकोटाको जोड छ । भुकम्पबाट प्रभावित जिल्लामा गरिएको अध्यायनले नेपालमा ३४ दशमलब ३५ प्रतिशत नागरिक एन्जाइटी,३३ दशमलब ८५ प्रतिशत नागरिकलाइ आघात हुने समस्या देखिएको छ ।

विगतको तुलनामा जुम्लामा मनोसाजिकका घटना बढ्दै गएकोले परामर्श दिने उपचार गर्ने संरचनाको विकासका लागि ठोस नीति सहित बजेट व्यवस्थापनका लागि दबाब दिनुपर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताउनुभयो । मनोसामाजिक समस्या सम्बन्धीको जनचेतना विद्यालय स्तरबाटै गर्नुपर्नेमा उनको जोड छ ।
यदपी,जुम्लामा हाल सम्म कति जना मनोसामाजिक समस्या भएका व्यक्ति रहेका छन् । कस्तो अबस्थामा छन् ? कतिले उपचार पाए पाएनन् भन्ने एकिन तथ्य छैन् । आज मानसिक स्वास्थ्य दिवशका अबसरमा टिपिओ नेपालको आयोजनामा मनोसामाजिक समस्या न्युनिकरणमा पत्रकारको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया