इन्द्रेणीका चर्चित कलाकार छत्र शाहीको जन्मभूमि जुम्लामा विवाह



मानदत्त रावल, जुम्ला २५ असोज : लोकप्रिय कार्यक्रम इन्द्रेणीका चर्चित कलाकार छत्र शाही र काजल जोशीको हालै जुम्लामा विवाह भएको छ । इन्द्रेणीमा यूगल जोडीका रुपमा गायन क्षेत्रमा अघि बढेक शाही र जोशीले जन्मभुमि जुम्लामा विवाह गरेका हुन् ।
हिमा गाउँपालिका ६ महावैपाथरखोला विकट गाउँमा जन्मेका शाही अहिले गायन क्षेत्रमा चर्चा बटुका छन् । ईन्द्रेणी कार्यक्रम अहिले नेपालको एक लोकप्रिय रहेको छ । ईन्द्रेणी न हेर्ने सायद कोहि पनि छैनन् ।
लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार (भाइरल जोडी) छत्र शाही र काजल जोशीले बिहे गरेका छन् । छत्र र काजलले आज शुक्रबार टिकाटाला गरेको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने छत्रले आफ्नै जन्म घर जुम्लाको पाथरखोलामा टिकाटाला गरेका हुन् ।
पछिल्लो समय चर्चित कार्यक्रम इन्द्रेणीका छत्र शाही र काजल काजल जोशीको जोडी दर्शक श्रोताले निकै रुचाएका थिए । उक्त जोडी विवाह बन्धनमा बाधिएको हो । निकै संर्घषका बाबजुत उनी राष्ट्यि स्तरको कलाकारमा पुगेका हुन् । उनले गितबाटै जुम्लाको दुःख सुख्ख उजागर गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया